

-
वालिङ । यहाँका पुराना सुन्तला व्यवसायी फणिनारायण अर्यालले यसवर्ष सुन्तला बिक्री गरेर रु २५ लाख आम्दानी गर्नुभएको छ । सुन्तला ब्यवसाय सञ्चालन गर्ने जिल्लाकै पुराना तथा धेरै मात्रामा सुन्तला उत्पादन गर्ने अर्जुनचौपारी गाउँपालिका–१ थापाथोकका अर्याल जिल्लामै धेरै आर्थिक लाभ लिने सुन्तला व्यवसायीमध्ये हुनुहुन्छ ।
अर्यालले यसवर्ष सुन्तला बिक्रीबाट रु २५ लाख आम्दानी गर्नुभएको छ भने गतवर्ष रु ३६ लाख आम्दानी गर्नुभएको थियो । “गतवर्ष सुन्तला बिक्री गरेर रु ३६ लाख आम्दानी गर्न सफल भएको थिएँ” व्यवसायी अर्यालले भन्नुभयो, “एकवर्ष धेरै उत्पादन हुने र अर्को वर्ष कम उत्पादन हुने कारणले गर्दा पनि यसवर्ष सुन्तला उत्पादनमा कमी भई गतवर्षको जस्तो आम्दानी भएन ।”
अर्यालले आजभन्दा ४० वर्ष अघि २०३६ सालमा विद्यालयमा पढ्दै गर्दा २५ वटा सुन्तलाका विरुवाबाट व्यवसायको थालनी गर्नुभएको थियो । “कृषि विषय अध्ययन गर्दा व्यवहारिकतालाई पनि जोड दिइन्थ्यो,” व्यवसायी अर्यालले भन्नुभयो, “सोही समयमा सारेको बिरुवा राम्रो हुँदै गएपछि २०४२ र २०५० सालमा थप सुन्तलाका बोट लगाएको हुँ ।”
अस्सी रोपनी क्षेत्रफलमा फैलिएको अर्यालको सुन्तला बगैँचामा एक हजार ६०० वटा सुन्तलाका बोट छन् । अर्यालको मुख्य आम्दानीको स्रोत सुन्तला र दोस्रोमा कफी हो । सुन्तला र कफीखेतीबाट नै आठ जनाको परिवारको शिक्षा दीक्षा तथा घरखर्च चलाउँदै आउनुभएका अर्यालय यो व्यवसायबाट पूर्णरुपमा सन्तुष्ट भएको बताउनुहुन्छ । रासस
News Desk 0 response सोमवार, माघ ६, २०७६


सम्बन्धित शीर्षकहरु
-
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१ -
आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा
सोमवार, चैत्र १०, २०८१ -
ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बाँकेको..
सोमवार, चैत्र १०, २०८१
-
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१ -
आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा
सोमवार, चैत्र १०, २०८१ -
ट्याङ्करको ठक्करबाट दुई बालकको मृत्यु भएपछि बाँकेको..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१