

-
कावासोती । नवलपुरको कावासोतीमा रु २१ करोडको लागतमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण हुने भएको छ । ‘प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वादेशका लागि’भन्ने नारा लिएर फर्किएका १०१ युवाको पहलमा कावासोती नगरपालिका–१४ अग्यौलीमा चिस्यान केन्द्र निर्माण हुन लागेका हो । ती युवाले रिटर्नी कृषि तथा पशुपालन समूह स्थापना गरेर संस्थामार्फत केन्द्र बनाउन लागिएको समूहका अध्यक्ष नेत्रनारायण थनेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार केन्द्र सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको २० र समूहको ३० प्रतिशत लगानी केन्द्रमा हुनेछ । कृषिउपजको वृद्धिका लागि किसानलाई अत्याधुनिक तालीम र बीउबिजन चिस्यान केन्द्रले नै उपलब्ध गराउने अध्यक्ष थनेतको बताउनुभयो । परियोजना संयोजक युवराज पाठकका अनुसार अहिले चिस्यान केन्द्रको अन्तिम मस्यौदा पूरा भएको र आवश्यक पर्ने सामग्री सम्बन्धित कम्पनीसँग जानकारी काम जारि रहेको छ ।
करिब दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको केन्द्र जर्मन प्रविधिबाट बन्ने छ । फलफूल, तरकारी र मासु भण्डारण गरिनेछ । किसानले केन्द्रलाई आफ्ना उत्पादन बेच्न सक्नेछन् र भाडामा लिएर आफ्ना सामान राख्न चाहनेका लागि पनि सेवा उपलब्ध हुने छ । केन्द्र स्थापना अगाडि बढेपछि कृषक खुशी भएका छन् ।
जिल्लामा उत्पादन हुने सुन्तला, अमिलो, आलु, प्याजलगायतका कृषिउपज यहाँ भण्डारण गरेर बेमौसममा बिक्री गरी अम्दानीमा वृद्धि गर्न सकिने प्रधानमन्त्री आधुनिकीकरण परियोजना नवलपुरका वरिष्ठ कृषि विकास अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । रासस
News Desk 0 response सोमवार, माघ ६, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



