

-
कावासोती । नवलपुरको कावासोतीमा रु २१ करोडको लागतमा तीन हजार मेट्रिक टन क्षमताको चिस्यान केन्द्र निर्माण हुने भएको छ । ‘प्रवासबाट आर्जित सीप, ज्ञान र पूँजी स्वादेशका लागि’भन्ने नारा लिएर फर्किएका १०१ युवाको पहलमा कावासोती नगरपालिका–१४ अग्यौलीमा चिस्यान केन्द्र निर्माण हुन लागेका हो । ती युवाले रिटर्नी कृषि तथा पशुपालन समूह स्थापना गरेर संस्थामार्फत केन्द्र बनाउन लागिएको समूहका अध्यक्ष नेत्रनारायण थनेतले जानकारी दिनुभयो ।
उहाँका अनुसार केन्द्र सरकारको ५० प्रतिशत, गण्डकी प्रदेश सरकारको २० र समूहको ३० प्रतिशत लगानी केन्द्रमा हुनेछ । कृषिउपजको वृद्धिका लागि किसानलाई अत्याधुनिक तालीम र बीउबिजन चिस्यान केन्द्रले नै उपलब्ध गराउने अध्यक्ष थनेतको बताउनुभयो । परियोजना संयोजक युवराज पाठकका अनुसार अहिले चिस्यान केन्द्रको अन्तिम मस्यौदा पूरा भएको र आवश्यक पर्ने सामग्री सम्बन्धित कम्पनीसँग जानकारी काम जारि रहेको छ ।
करिब दुई वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको केन्द्र जर्मन प्रविधिबाट बन्ने छ । फलफूल, तरकारी र मासु भण्डारण गरिनेछ । किसानले केन्द्रलाई आफ्ना उत्पादन बेच्न सक्नेछन् र भाडामा लिएर आफ्ना सामान राख्न चाहनेका लागि पनि सेवा उपलब्ध हुने छ । केन्द्र स्थापना अगाडि बढेपछि कृषक खुशी भएका छन् ।
जिल्लामा उत्पादन हुने सुन्तला, अमिलो, आलु, प्याजलगायतका कृषिउपज यहाँ भण्डारण गरेर बेमौसममा बिक्री गरी अम्दानीमा वृद्धि गर्न सकिने प्रधानमन्त्री आधुनिकीकरण परियोजना नवलपुरका वरिष्ठ कृषि विकास अधिकृत विष्णुप्रसाद शर्माले बताउनुभयो । रासस
News Desk 0 response सोमवार, माघ ६, २०७६


सम्बन्धित शीर्षकहरु
-
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो
सोमवार, चैत्र १०, २०८१ -
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१
-
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो
सोमवार, चैत्र १०, २०८१ -
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले..
बिहिबार, चैत्र ६, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१