

-
काठमाडौँ । संसदीय समितिले वीरगञ्जमा रहेको जगदम्बा स्टिलमा नेपाली कामदार कम रहेको भन्दै आगामी दिनमा नेपाली कामदारको सङ्ख्या बढाउन निर्देशन दिएको छ । प्रतिनिधिसभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति मातहतको उपसमितिले वीरगञ्ज औद्योगिक करिडोरमा रहेको उद्योगको स्थलगत अनुगमन गरी नेपाली कामदार कम रहेको भन्दै तत्काल नेपाली कामदार बढाउन निर्देशन दिएको हो ।
आज समितिमा पेश गरिएको प्रतिवेदनअनुसार उद्योगमा रहेका कर्मचारी तथा कामदारमध्ये ५८ प्रतिशतमात्र नेपाली रहेको पाइएकाले आउँदा दिनमा नेपाली कामदारलाई प्राथमिकता र प्रोत्साहन दिनेगरी आवश्यक कार्य गर्न उपसमितिले निर्देशन दिएको छ । औद्योगिक क्षेत्रको सञ्चालनमा पर्याप्त स्थानको कमी देखिएकाले थप जग्गाको व्यवस्था गर्नेतर्फ पहल गर्ने र भूमिगत भण्डारणको व्यवस्था गर्ने, उद्योगबाट गरिने कार्य अत्यन्त जोखिम र संवेदनशील रहेको हुँदा कामदारको सुरक्षाका लागि टोपी, जुत्ता र सुरक्षा कवच अनिवार्य रुपमा प्रयोग गर्नेतर्फ ध्यान दिन पनि उद्योगलाई उपसमितिले निर्देशन दिएको छ ।
समितिले गत मङ्सिर १९ देखि २१ गतेसम्म सभापति विमलप्रसाद श्रीवास्तवको नेतृत्वमा औद्योगिक क्षेत्रको स्थलगत अनुगमन गरेको थियो । अनुमगनका क्रममा संसदीय समितिले याक ब्रुअरी, सूर्य नेपाल, जगदम्बा स्टिलमा गई उद्योगको उत्पादनको अवस्था, कर्मचारीलगायत समग्र व्यवस्थापकीय पक्षमा रहेको कार्य व्यवस्था, समस्या एवम् चुनौतीका विषयमा छलफल गरेको थियो ।
अनुगमनका क्रममा जगदम्बा स्टिलमा ४० प्रतिशतभन्दा बढी कामदार विदेशी रहेको पाइएको थियो । नेपाली कामदारलाई सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रममा समावेश गरेको तथा श्रमिकको जोखिमको सुरक्षालाई भने उद्योगबाट ध्यान दिइएको पाइएको थियो ।
स्थलगत अनुगमनका आधारमा उपसमितिले प्रकाश रसाइलीको संयोजकत्वको टोलीले तयार पारेको प्रतिवेदन आज पेश गरेको हो । समिति सभापति श्रीवास्तवले उद्योगको समग्र अवस्थाको अध्ययनपछि केही सुरक्षात्मक विषयमा ध्यान दिन गरेको सिफारिसलाई कार्यान्वयन गर्न सम्बन्धित निकायलाई निर्देशन दिइने जानकारी दिनुभयो । रासस
News Desk 0 response आइतवार, माघ ५, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



