

-
काठमाडौँ । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिताअन्तर्गत आज भएको पहिलो खेलमा न्युरोड टिम (एनआरटी)ले सशस्त्र प्रहरी बल (एपिएफ) लाई पराजित गर्दै विजयी भएको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा एनआरटीले विभागीय टोली एपिएफलाई ३–२ गोलअन्तरले पराजित गर्दै विजयी भएको हो । एनआरटीलाई जीत दिलाउन आन्द्रे थेरी, जोर्डन एनडेम्बा र दर्शन गुरुङले एक/एक गोल गरे ।
एनआरटीका खेलाडी आन्द्रे थेरीले खेलको २४औँ मिनेटमा पहिलो गोल गरे । खेलमा एक शून्य गोलको अग्रता बनाएको एनआरटी खेलको ४१औँ मिनेटमा एक गोल खान पुग्यो । जसमा एपिएफका आशिष लामाले गोल गरे । खेलको पहिलो हाफसम्म एक एक गोलको बराबरीमा टुङ्गिएको खेल दोस्रो हाफमा भने एनआरटीले दुई गोल थप्दा एपिएफले एक गोल थप्यो । खेलको ५३औँ मिनेटमा एपिएफका आशिष लामाले व्यक्तिगत दुई गोल गर्दै एपिएफलाई २–१ को अग्रता दिलाए । त्यो दुई एक गोलको अग्रता लामो समयसम्म टिक्न सकेन ।
एनआरटीका खेलाडी जोर्डन एनडेम्बाले खेलको ८०औँ मिनेटमा एक गोल थप्दै खेललाई २–२ गोलको बराबरीमा ल्याए । त्यसपछि एनआरटीका अर्का खेलाडी दर्शन गुरुङले खेलको ८५औँ मिनेटमा एक गोल थपेपछि एनआरटीले एपिएफमाथि ३–२ को जीत हात पार्यो । जीतसँगै एनआरटी लिगको छैटौँ स्थानमा उक्लिएको छ । एनआरटीले सात खेलमा ११ अङ्क जोडेको छ भने एपिएफले समान सात खेलमा पाँच अङ्क जोडेर लिगको १२औँ स्थानमा रहेको छ ।
News Desk 0 response आइतवार, माघ ५, २०७६


सम्बन्धित शीर्षकहरु
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ संभावित कार्यसूची
आइतवार, चैत्र २, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
पाँच वटा प्रदेशका केही ठाउँमा आज हावाहुरी..
आइतवार, चैत्र २, २०८१ -
आज दिउँसो काठमाडौंका यी स्थानमा काटिंदैछ बिजुली
शनिबार, चैत्र १, २०८१ -
दुना–टपरी उद्योगले प्लाष्टिकजन्य वस्तु विस्थापित
शनिबार, चैत्र १, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१ -
बाजुरामा भीरमा अड्किएका ८ जनाको उद्धार
सोमवार, फाल्गुन २६, २०८१ -
युक्रेन र अमेरिकाबीच ३० दिने अस्थायी युद्धविरामको..
बुधबार, फाल्गुन २८, २०८१