

-
बागलुङ । भलिबल खेलको विकास र खेलाडी उत्पादनको लक्ष्यसहित काठेखोला गाउँपालिकामा अध्यक्षकप भलिबल प्रतियोगिता हुने भएको छ । यही माघ १५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा गाउँपालिकाभित्रका प्रत्येक वडाबाट बढीमा दुई समूहले सहभागिता जनाउने छन् । गाउँपालिकामा आठ वडा छन् । प्रतियोगिताको विजेताले नगद रु एक लाख ३२ हजार र उपविजेताले रु ८० हजार पुरस्कार पाउने गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । “राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनसँगै खेलाडी पहिचानका लागि प्रतियोगिता राखिएको हो”, उहाँले भन्नुभयो । गाउँपालिकाले भलिबलसँगै साङ्गीतिक प्रतियोगताका लागि चालु आर्थिक वर्षमा रु १५ लाख बजेट छुट्टाएको थियो । प्रतियोगिता गाउँपालिकाको वडा नं ३ धम्जामा हुने जनाइएको छ ।
सोही अवसरमा गायन प्रतियोगिता काठेखोला लोकतारा–२०७६ समेत आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेले रु ३० हजार, ‘फस्ट रनरअप’ले रु २० हजार, ‘सेकेण्ड रनरअप’ले रु १० हजार र सान्त्वना हुनेले रु २५ सय पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
यस्तै साहित्यको लोकप्रिय विधा गजलको पनि प्रतियोगिता राखिएको छ । गजलमा प्रथम हुनेलाई रु १० हजार, द्धितीयलाई रु सात हजार र तृतीय हुनेलाई रु पाँच हजारको पुरस्कार व्यवस्था गरिएको छ । सोही अवसरमा आयोजित सोरठी गीत प्रतियोगितामा प्रथम हुनेले रु ३० हजार, द्धितीय हुनेले रु २० हजार र तृतीयले रु १० हजार पुरस्कार पाउने गाउँपालिकाले जनाएको छ ।
कक्षा १० सम्मका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरिएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार, द्धितीय हुनेलाई रु सात हजार र तृतीय हुनेलाई रु पाँच हजार पुरस्कारको प्रदान गरिने छ । रासस
News Desk 0 response आइतवार, माघ ५, २०७६

सम्बन्धित शीर्षकहरु
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



