

-
बागलुङ । भलिबल खेलको विकास र खेलाडी उत्पादनको लक्ष्यसहित काठेखोला गाउँपालिकामा अध्यक्षकप भलिबल प्रतियोगिता हुने भएको छ । यही माघ १५ देखि १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको तयारी तीव्र पारिएको गाउँपालिकाले जनाएको छ ।
प्रतियोगितामा गाउँपालिकाभित्रका प्रत्येक वडाबाट बढीमा दुई समूहले सहभागिता जनाउने छन् । गाउँपालिकामा आठ वडा छन् । प्रतियोगिताको विजेताले नगद रु एक लाख ३२ हजार र उपविजेताले रु ८० हजार पुरस्कार पाउने गाउँपालिकाका अध्यक्ष अमर थापाले जानकारी दिनुभयो । “राष्ट्रिय खेल भलिबलको प्रवद्र्धनसँगै खेलाडी पहिचानका लागि प्रतियोगिता राखिएको हो”, उहाँले भन्नुभयो । गाउँपालिकाले भलिबलसँगै साङ्गीतिक प्रतियोगताका लागि चालु आर्थिक वर्षमा रु १५ लाख बजेट छुट्टाएको थियो । प्रतियोगिता गाउँपालिकाको वडा नं ३ धम्जामा हुने जनाइएको छ ।
सोही अवसरमा गायन प्रतियोगिता काठेखोला लोकतारा–२०७६ समेत आयोजना गरिएको गाउँपालिकाले जनाएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेले रु ३० हजार, ‘फस्ट रनरअप’ले रु २० हजार, ‘सेकेण्ड रनरअप’ले रु १० हजार र सान्त्वना हुनेले रु २५ सय पुरस्कार प्राप्त गर्ने जनाइएको छ ।
यस्तै साहित्यको लोकप्रिय विधा गजलको पनि प्रतियोगिता राखिएको छ । गजलमा प्रथम हुनेलाई रु १० हजार, द्धितीयलाई रु सात हजार र तृतीय हुनेलाई रु पाँच हजारको पुरस्कार व्यवस्था गरिएको छ । सोही अवसरमा आयोजित सोरठी गीत प्रतियोगितामा प्रथम हुनेले रु ३० हजार, द्धितीय हुनेले रु २० हजार र तृतीयले रु १० हजार पुरस्कार पाउने गाउँपालिकाले जनाएको छ ।
कक्षा १० सम्मका विद्यार्थीबीच वक्तृत्वकला प्रतियोगितासमेत आयोजना गरिएको छ । उक्त प्रतियोगितामा प्रथम हुनेलाई रु १० हजार, द्धितीय हुनेलाई रु सात हजार र तृतीय हुनेलाई रु पाँच हजार पुरस्कारको प्रदान गरिने छ । रासस
News Desk 0 response आइतवार, माघ ५, २०७६


सम्बन्धित शीर्षकहरु

१९ वर्षमुनिको पुरुष क्रिकेट विश्वकप एशिया छनोट आजदेखि, नेपालले यूएईसँग खेल्दै
आइतवार, चैत्र ३०, २०८१-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
पुटिन युद्ध अन्त्य गर्न चाहेका छैनन् :..
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२
-
रवीन्द्र मिश्र र दुर्गा प्रसाईंलाई थप ७..
आइतवार, बैशाख १४, २०८२ -
स्वर्णलक्ष्मी सहकारी ठगीमा कांग्रेस सांसद माया राई..
आइतवार, बैशाख १४, २०८२ -
डोल्पा केन्द्रबिन्दु भएर एकाबिहानै भूकम्प
आइतवार, बैशाख १४, २०८२ -
देशभरको तापक्रम बढ्दै, केही स्थानमा वर्षाको संभावना
आइतवार, बैशाख १४, २०८२ -
आज मातातीर्थ औंशी अर्थात् आमाको मुख हेर्ने..
आइतवार, बैशाख १४, २०८२
-
आफ्नै निर्देशनमा टीका लाईदिएकै बाट पनि ओलीलाई..
आइतवार, बैशाख ७, २०८२ -
संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालयमा यसरी..
शुक्रबार, बैशाख ५, २०८२ -
सडक उद्घाटन गर्न प्रधानमन्त्रीसहित ५ भीआईपीको हानाथाप
शुक्रबार, बैशाख ५, २०८२ -
परराष्ट्रमन्त्री डा. आरजु राणा आज बैंकक जाँदै
आइतवार, बैशाख ७, २०८२ -
रुसद्वारा युक्रेनमा अस्थायी युद्धविराम घोषणा
आइतवार, बैशाख ७, २०८२