

-
दमौली । मेयर र उपमेयर कप फुटबल प्रतियोगितामा छात्रमा व्यास नगरपालिका–२ सत्यवती माध्यमिक विद्यालय र छात्राको उपाधि व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले हात पारेको छ ।
व्यास नगरपालिकाद्वारा पहिलोपटक आयोजित सो प्रतियोगितामा मेयर कप छात्रतर्फ निर्मल माध्यमिक विद्यालयलाई हराउँदै सत्यवतीले र उपमेयर कप छात्रातर्फ सत्यवतीलाई हराउँदै निर्मल माध्यमिक विद्यालयले उपाधि जितेको हो ।
मेयरकप छात्रतर्फ व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालय द्धितीय र व्यास नगरपालिका–६ शिशाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालय तृतीय हुन सफल भएको छ ।
उपमेयर कप छात्रातर्फ व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालय द्वितीय र व्यास नगरपालिका–१४ केशवटार माध्यमिक विद्यालय तृतीय स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयले क्रमशः नगद रु ३० हजार, रु २० हजार र रु १० हजारका साथै कप र प्रमाणपत्र प्राप्त गरेका छन् । मेयर कप छात्र फुटबलतर्फ १४ र उपमेयर कप छात्रा फुटबल तर्फ ४ वटा विद्यालयको सहभागिता रहेको थियो ।
छात्रतर्फ उत्कृष्ट खेलाडीमा सत्यवतीका अनिष आले, सर्वाधिक गोलकर्ता सत्यवतीकै सफल मल्ल र उत्कृष्ट गोलरक्षक निर्मलका पुजन गोशली घोषित हुनुभएको छ । अनुशासित टिमको उपाधि बालमन्दिर माविले हात पारेको थियो । छात्रातर्फ उत्कृष्ट खेलाडीमा निर्मलकी अस्मि दुलाल, सर्वाधिक गोलकर्तामा निर्मलकै शिला कार्की र उत्कृष्ट गोलरक्षकमा निर्मलकै रेजिना राई घोषित हुनुभयो । अनुशासित टिमको उपाधि बाराही आवासीय माध्यमिक विद्यालयले जितेको छ ।
विजेतालाई बिहीबार गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङले पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र उपप्रमुख मीरा जोशीले खेल क्षेत्रको विकासका लागि नगरपालिका क्रियाशील रहेको बताउनुभयो । रासस
News Desk 0 response शुक्रबार, माघ ३, २०७६


सम्बन्धित शीर्षकहरु

प्रधानमन्त्री कप क्रिकेटमा पुलिसको लगातार सातौं जीत, कर्णालीले लुम्बिनीलाई ५ रनले हरायो
बिहिबार, चैत्र ६, २०८१-
सिद्धार्थनगर देशभरकै उत्कृष्ट पालिका
शुक्रबार, चैत्र ७, २०८१ -
आज मेघगर्जन र चट्यासहितको पानी पर्ने सम्भावना
शुक्रबार, चैत्र ७, २०८१ -
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
शुक्रबार, चैत्र ७, २०८१ -
जापान आठौंपल्ट विश्वकपमा छनोट
शुक्रबार, चैत्र ७, २०८१ -
अमेरिकामा सङ्घीय शिक्षा विभागलाई हटाउने तयारी
शुक्रबार, चैत्र ७, २०८१
-
सिद्धार्थनगर देशभरकै उत्कृष्ट पालिका
शुक्रबार, चैत्र ७, २०८१ -
आज मेघगर्जन र चट्यासहितको पानी पर्ने सम्भावना
शुक्रबार, चैत्र ७, २०८१ -
नेपालले आज सिंगापुरसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबल खेल्दै
शुक्रबार, चैत्र ७, २०८१ -
विपिन जोशीको सुरक्षित रिहाइको पहलस्वरुप टर्कीका राष्ट्रपतिलाई..
बिहिबार, चैत्र ६, २०८१ -
८ महिनामा नेपालको व्यापार घाटा ९ खर्ब..
बिहिबार, चैत्र ६, २०८१
-
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१