

-
दमौली । मेयर र उपमेयर कप फुटबल प्रतियोगितामा छात्रमा व्यास नगरपालिका–२ सत्यवती माध्यमिक विद्यालय र छात्राको उपाधि व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालयले हात पारेको छ ।
व्यास नगरपालिकाद्वारा पहिलोपटक आयोजित सो प्रतियोगितामा मेयर कप छात्रतर्फ निर्मल माध्यमिक विद्यालयलाई हराउँदै सत्यवतीले र उपमेयर कप छात्रातर्फ सत्यवतीलाई हराउँदै निर्मल माध्यमिक विद्यालयले उपाधि जितेको हो ।
मेयरकप छात्रतर्फ व्यास नगरपालिका–१ भादगाउँस्थित निर्मल माध्यमिक विद्यालय द्धितीय र व्यास नगरपालिका–६ शिशाघाटस्थित महेन्द्रज्योति माध्यमिक विद्यालय तृतीय हुन सफल भएको छ ।
उपमेयर कप छात्रातर्फ व्यास नगरपालिका–२ स्थित सत्यवती माध्यमिक विद्यालय द्वितीय र व्यास नगरपालिका–१४ केशवटार माध्यमिक विद्यालय तृतीय स्थान प्राप्त गरेका थिए । प्रतियोगितामा प्रथम, द्धितीय र तृतीय हुने विद्यालयले क्रमशः नगद रु ३० हजार, रु २० हजार र रु १० हजारका साथै कप र प्रमाणपत्र प्राप्त गरेका छन् । मेयर कप छात्र फुटबलतर्फ १४ र उपमेयर कप छात्रा फुटबल तर्फ ४ वटा विद्यालयको सहभागिता रहेको थियो ।
छात्रतर्फ उत्कृष्ट खेलाडीमा सत्यवतीका अनिष आले, सर्वाधिक गोलकर्ता सत्यवतीकै सफल मल्ल र उत्कृष्ट गोलरक्षक निर्मलका पुजन गोशली घोषित हुनुभएको छ । अनुशासित टिमको उपाधि बालमन्दिर माविले हात पारेको थियो । छात्रातर्फ उत्कृष्ट खेलाडीमा निर्मलकी अस्मि दुलाल, सर्वाधिक गोलकर्तामा निर्मलकै शिला कार्की र उत्कृष्ट गोलरक्षकमा निर्मलकै रेजिना राई घोषित हुनुभयो । अनुशासित टिमको उपाधि बाराही आवासीय माध्यमिक विद्यालयले जितेको छ ।
विजेतालाई बिहीबार गण्डकी प्रदेशसभा सदस्य सरिता गुरुङले पुरस्कार वितरण गर्नुभयो । कार्यक्रममा व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने र उपप्रमुख मीरा जोशीले खेल क्षेत्रको विकासका लागि नगरपालिका क्रियाशील रहेको बताउनुभयो । रासस
News Desk 0 response शुक्रबार, माघ ३, २०७६

सम्बन्धित शीर्षकहरु
-
शेरबहादुर देउवाले चुनाव नलड्ने
मङ्लबार, माघ ७, २०८२ -
आज दिनभरको मौसम कस्तो रहला ?
मङ्लबार, माघ ७, २०८२ -
प्रतिनिधिसभा सदस्य चुनाव लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता..
मङ्लबार, माघ ७, २०८२ -
ग्रीनल्याण्ड विवादपछि युरोपेली सङ्घ (ईयू)को प्रतिक्रिया
मङ्लबार, माघ ७, २०८२ -
चीनको अर्थतन्त्र सन् २०२५ मा ५ प्रतिशतले..
सोमवार, माघ ६, २०८२
-
आज दिनभरको मौसम कस्तो रहला ?
मङ्लबार, माघ ७, २०८२ -
प्रतिनिधिसभा सदस्य चुनाव लागि प्रत्यक्षतर्फको उम्मेदवारी दर्ता..
मङ्लबार, माघ ७, २०८२ -
ग्रीनल्याण्ड विवादपछि युरोपेली सङ्घ (ईयू)को प्रतिक्रिया
मङ्लबार, माघ ७, २०८२ -
निर्वाचनको तयारी र दलहरूको सक्रियताले देश नै..
सोमवार, माघ ६, २०८२ -
निर्वाचन आयोगलाई गम्भीर आरोप लगाएका दुर्गा प्रसाईं..
सोमवार, माघ ६, २०८२
-
कांग्रेसमा विवाद मिलाउने प्रयास चल्दै
मङ्लबार, पुस २९, २०८२ -
त्रिशूलीमा बालुवामा पुरिएको अवस्थामा डेढ वर्षपछि भेटियो..
मङ्लबार, पुस २९, २०८२ -
फागुन २१ गते हुने चुनावका लागि भारतले..
मङ्लबार, पुस २९, २०८२ -
अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने..
सोमवार, पुस २८, २०८२ -
आज रातिदेखि निर्वाचन आचारसंहिता– २०८२ लागू हुने
आइतवार, माघ ५, २०८२



