

-
काठमाडौँ । वीर गणेशमान सिंह स्मृति तेस्रो राष्ट्रिय खुला किक बक्सिङ प्रतियोगिता शुरु भएको छ । ललितपुर जिल्ला किक बक्सिङ सङ्घको आयोजनामा ललितपुरको चापागाउँस्थित प्याङगाउँमा बिहीबारदेखि उक्त प्रतियोगिता शुरु भएको हो ।
पहिलो दिन सम्पन्न खेलमा पुरुष ५० किलोतर्फ एपीएफका सञ्जय राई र नरेन्द्र कुँवर, मुवाँथाईका रामबहादुर रानामगर र निखिल श्रेष्ठ, बयमान्डुका अनुज कार्की, नेपाल पुलिस क्लबका धनबहादुर तामाङ, सो क्योकुसिनका धीरज परियार, त्रिभुवन आर्मी क्लबका यमराज थापामगर र आशिष राई, मकवानपुरका सफल विक तथा दी गोर्खाका सन्तोष सिलवाल आआफ्नो खेलमा विजयी भई अर्को चरणमा प्रवेश गर्नुभएको छ ।
यस्तै पुरुष ५५ किलोतर्फ रेजका मदनकृष्ण डङ्गोल, मकवानपुरका सागर राई, मुवाँथाईका दावा फुञ्जो शेर्पा, सो क्योकुसिनका मनिष दर्लामी, उसुका जीवन विष्ट, नेपाल प्रहरीका दीपेन्द्र सिञ्जाली मगर, त्रिभुवन आर्मीका तारा तामाङ र एपीएफका फुर्वा शेर्पा क्वाटरफाइनलमा प्रवेश गर्नुभयो । पुरुष ६० किलोतर्फ रोशन अछामी, त्रिभुवन आर्मीका सुनिल सिरिश मगर, चोपबहादुर बुढाथोकी, तेक्वान्दोका विमल रोकाया, नेपाल पुलिस क्लबका मुकेश पण्डित, सो क्योकुसिनका एलिश आचार्य, मकवानपुरका उत्तम स्याङताङ र मुवाँथाईका विजय रसाइली आआफ्नो खेलमा विजयी भई अर्को चरणमा प्रवेश गर्नुभएको छ ।
यसैगरी महिला ५० किलोतर्फ त्रिभुवन आर्मी क्लबकी रुविका खड्का र शान्ति थापामगर, आइकेकेएफकी करिष्मा कार्की, सो क्योकुसिनकी दीपा शाही, एपीएफकी सञ्जुमाया थिङ, मुवाँथाइकी डेनिका राई तथा अञ्जना ढुङ्गेल क्वाटरफाइनलमा पुग्नुभएको छ । तीन दिनसम्म चल्ने सो प्रतियोगितामा १२२ खेलाडी सहभागी रहेको आयोजक सङ्घका अध्यक्ष विनोद महर्जनले जानकारी दिनुभयो ।
पुरुषतर्फ छ तथा महिलातर्फ पाँच स्पर्धा समावेश छन् । प्रत्येक स्पर्धामा पहिलो हुनेले रु ३० हजार, दोस्रोले रु १५ हजार तथा तेस्रो हुने दुई खेलाडीले जनही रु आठ आठ पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको विजेता टोलीले रु एक लाख, उपविजेताले रु ५० हजार तथा उत्कृष्ट पुरुष र महिला खेलाडीले जनही रु २५ हजार पुरस्कार प्राप्त गर्नुहुनेछ । प्रतियोगिताको नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले उद्घाटन गर्नुभएको हो ।
सो अवसरमा १३औँ दक्षिण एशियाली खेलकूद (साग) मा दोहोरो स्वर्ण जितेका आयशा शाक्य र मन्डेकाजी श्रेष्ठ, स्वर्ण विजेता विप्लवलाल श्रेष्ठ, रजत विजेता दिवस श्रेष्ठ, कास्य विजेता विनोद शाक्य गुभाजु, मुकुन्द्र महर्जन र निकेश श्रेष्ठलाई सम्मान गरिएको थियो । आयशा तेक्वान्दो र निकेश उसुका हुन् भने बाँकी सबै करातेका खेलाडी हुन् । सो अवसरमा सागमा प्रशिक्षकको भूमिका निर्वाह गर्नुभएका करातेका गङ्गाराम महर्जन र दीपक श्रेष्ठलाई समेत सम्मान गरिएको थियो । रासस
News Desk 0 response शुक्रबार, माघ ३, २०७६

सम्बन्धित शीर्षकहरु
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
गगन थापाले विश्वप्रकाशलाई भेटेरे भने, ‘म राजीनामा..
सोमवार, फाल्गुन २५, २०८२ -
मध्यपूर्व युद्धबाट प्रभावित तेल बजार स्थिर बनाउन..
सोमवार, फाल्गुन २५, २०८२ -
इरानमा सरकार ढाल्न कठिन हुने अमेरिकी गुप्तचरको..
आइतवार, फाल्गुन २४, २०८२ -
प्रत्यक्षमा १२२ सिट जितिसकेको रास्वपालाई समानुपातिकतर्फ पनि..
आइतवार, फाल्गुन २४, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२
-
इजरायल–इरान तनाव : खाडी मुलुकले बन्द गरे..
शनिबार, फाल्गुन १६, २०८२ -
इजरायल र इरानको यात्रा नगर्न नेपाल सरकारको..
शनिबार, फाल्गुन १६, २०८२ -
रास्वपालाई १०० भन्दा बढी क्षेत्रमा अग्रता
शुक्रबार, फाल्गुन २२, २०८२ -
इजरायलमाथि ‘ध्वंसात्मक’ जवाफी हमला गर्ने इरानको चेतावनी
शनिबार, फाल्गुन १६, २०८२ -
उच्चस्तरीय छानबिन प्रतिवेदनमा ओली, लेखक र खापुङलाई..
आइतवार, फाल्गुन २४, २०८२



