

-
चितवन । जिल्लाका पहाडी क्षेत्रमा लगाईएको सुन्तलामा जरा कुहिने समस्या देखा परेको छ । त्यसका कारण उत्पादनमा कमी आउने कृषि ज्ञानकेन्द्र भरतपुरले जनाएको छ ।
ज्ञानकेन्द्रका प्रमुख राजन ढकालका अनुसार जिल्लाका अधिकांश सुन्तला बारीमा जरा कुहीने समस्या देखिएको हो । जिल्लामा २१५ हेक्टर क्षेत्रफलमा सुन्तला खेती गरिँदै आएको छ । उहाँका अनुसार बिजु बिरुवामा (सुन्तलाको बीउबाट उम्रिएको) कारण यस्तो समस्या आएको हो । लामो समयदेखि एउटै खेती गरिरहँदा माटोमा हुने ढुसीका कारण यस्तो समस्या आउने उहाँले बताउनुभयो । इच्छाकामना गाउँपालिका–६ मा यो समस्या धेरै देखिएको उहाँले जानकारी दिनुभयो ।
सुन्तलामा जरा कुहिने समस्या देखिएपछि कार्यालयले आकस्मिक बाली संरक्षण सेवासमेत शुरु गरेको उहाँले जानकारी दिनुभयो । बिजु बिरुवाको ठाउँमा तीनपाते रुट स्टकमा कलमी गरिएका बिरुवाको प्रयोग गर्दा समस्यामा कमी आउने उहाँको भनाइ छ । कार्यालयले सुन्तलाको बिरुवामा समस्या देखिएपछि किसानलाई सुन्तला काँटछाँट गर्न, सुन्तलामा प्रयोग हुने बिषादी बोडोमिक्चर र बोडोपोष्ट बनाउने र प्रयोग गर्ने विधिबारे जानकारी दिने काम गरिरहेको छ ।
सुन्तलामा जरो कुहिने समस्या देखिएपछि तीनदेखि पाँच वर्ष अन्य नगदे बाली लगाएर माटोलाई पुरानो अबस्थामा ल्याउनुपर्ने ढकालले जानकारी दिनुभयो । यसले गर्दा माटोमा देखिएका समस्या समाधान हुने उहाँको भनाइ छ । गत वर्ष एक हजार ६२५ मेट्रिक टन सुन्तला उत्पादन भएको यस जिल्लामा यस वर्ष भने यही समस्याका कारण उत्पादनमा धेरै कमी आउने उहाँले जानकारी दिनुभयो । अहिले कृषकले सुन्तला टिप्ने काम गरिरहेका कारण यतिनै घट्छ भन्न नसकिने उहाँले बताउनुभयो ।
News Desk 0 response बिहिबार, माघ २, २०७६


सम्बन्धित शीर्षकहरु
-
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१ -
आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा
सोमवार, चैत्र १०, २०८१
-
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१ -
आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१