

-
कास्की । नेपाल क्योकुशिन कान कराँते सङ्घ कास्की शाखाको आयोजनामा १९औँ माछापुच्छ्रे गण्डकी प्रदेशस्तरीय फुल कन्ट्रयाक्ट तथा प्रथम नेपाल क्योकुशिन कान कराँते प्रतियोगिता सम्पन्न भएको छ ।
‘स्वास्थ्यका लागि खेलकूद, राष्ट्रका लागि खेलकूद’ भन्ने नारासहित यही पुस २९ गते पोखरा रङ्गशाला तथा ढुङ्गेसाँघुमा बुधबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ २५ तौल समूहमा शालिन केसी प्रथम, सत्कार प्रत्येल द्वितीय, प्रमेश मगर र नसिब थापा मगर तृतीय भए । ३० केजी तौल समूहमा रोहन आचार्य प्रथम, अविशेक तामाङ द्वितीय, सोबिन प्रत्येल र प्रनिल श्रेष्ठ तृतीय भएका छन् ।
यसैगरी ३५ केजी तौल समूहमा रोशन गुरुङ प्रथम, रकान्त मगर द्वितीय, विद्यान घिमिरे र निशेष थापामगर तृतीय भए । ४० केजी तौल समूहमा राजन पोखरेल प्रथम, सुदीप तिमिल्सिना द्वितीय, आदित्य मल्ल र निराजन खत्री तृतीय भएका छन् । ४५ केज तौल समूहमा राजेश गौतम प्रथम, राजन विक द्वितीय, मिराज परियार र शीतल कुमाल तृतीय भएका छन् । ५० केजी तौल समूहमा युवराज गुरुङ प्रथम, सुमित सिग्देल द्वितीय, सम्राट सेन र सङ्गम श्रेष्ठ तृतीय भएका छन् । ५५ तौल समूहमा सुमन बराम प्रथम, दिपेश गुरुङ द्वितीय, अङ्कित गुरुङ र ह्ुमन मस्र्याङदी तृतीय भएका छन् ।
खुला तौल समूहमा गोविन्द रोका प्रथम, सङ्गम गुरुङ द्वितीय, गणेश अधिकारी र नवराज गुरुङ तृतीय भए । महिलातर्फको खेलमा ४० केजी तौल समूहमा मातृका शाही प्रथम, ज्याक्सिना क्षेत्री द्वितीय, ललिता छत्याल र अंशु कार्की तृतीय भएका छन् । ४५ केजी तौल समूहमा मनिषा तामाङ प्रथम, सर्वधा पौडेल द्वितीय, सिम्रन खत्री र पुष्पा बिसीले तृतीय स्थान प्राप्त गरे । ५० तौल समूहमा सरगम कुमाल प्रथम, सदीक्षा कुमाल द्वितीय, सीता विक र ममत पौडेल तृतीय भएका छन् । खुला तौल समूहमा युनिका शेरचन प्रथम, रचना मगर द्वितीय सृजना पुन र रुवि क्षेत्रीले तृतीय स्थान प्राप्त गरे ।
प्रतियोगितामा विजयी खेलाडीलाई युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्मा, नेपाल क्योकुशिन कान कराँते सङ्का केन्द्रीय अध्यक्ष विनय मल्ल, नेपाल क्योकुशिन कान कराँते सङ्घ केन्द्रीय प्रशिक्षण प्रमुख राजेन्द्र सुवेदी, सङ्घ कास्कीका अध्यक्ष बेलबहादुर थापा, गण्डकी प्रदेश प्रमुख दीपकबहादुर गोदार, प्रतियोगिता संयोजक दानबहादुर क्षेत्रीलगायतले विजयी खेलाडीलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभएको थियो । प्रतियोगितामा १५० खेलाडीले स्पर्धा गरेका थिए । रासस
News Desk 0 response बिहिबार, माघ २, २०७६

सम्बन्धित शीर्षकहरु
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



