

-
अबुदाबी । संयुक्त अरब इमिरेट्स (युएई) का युवराज शेख मोहम्मद बिन जायद अल नाह्यानले विभिन्न देशका नेताहरुसँग कुराकानी गर्नुभएको छ । उहाँले इन्डोनेसियाका राष्ट्रपति जोको विडोडोसँग युएईको राजधानी अबुदाबीमा भेटेर आइतबार कुराकानी गर्नुभएको हो ।
भ्रमणका लागि आउनु भएका विडोडोलाई स्वागत गर्दै उहाँले विभिन्न विषयमा कुराकानी गर्नुभएको अधिकारीहरुले जनाएका छन् । “आज मैले इन्डोनेसियाका राष्ट्रपति तथा मेरा साथी जोको विडोडोलाई स्वागत गर्दै दुई पक्षीय कुराकानी गरेका छौँ,” युवराज शेख मोहम्मदले सामाजिक सञ्जाल ट्वीटरमा लेख्नु भएको छ ।
उहाँले साझा चासो र दुई पक्षीय हितका बारेमा पनि कुराकानी गरेको सामाजिक सञ्जालमार्फत् नै जानकारी दिनुभएको छ । विषेशगरेर अर्थतन्त्र, लगानी, व्यापार र विकासका क्षेत्रका साथै दुई देशको मित्रतालाई थप मजबुद बनाउने बारेमा कुराकानी भएको उहाँले बताउनु भएको छ ।
त्यसैगरी उहाँले फ्रान्सका राष्ट्रपति एम्यानुएल मार्कोनसँग पनि आइतबार नै कुराकानी गर्नुभएको छ । फ्रान्सका राष्ट्रपतिसँग भने उहाँले टेलिफोनमा कुराकानी गर्नुभएको हो । “मैले फ्रान्सका राष्ट्रपति एम्यानुएल मार्कोनसँग फोनमा कुराकानी गरेको छु, मलाई उहाँले फोन गर्नुभएको थियो,” उहाँको आधिकारिक ट्वीटर हेन्डलमा लेखिएको छ ।
उहाँले फ्रान्सका राष्ट्रपतिसँग पनि सहकार्यमा जोड दिदै आपसी सहयोग र सम्वन्ध विस्तारकै बारेमा कुराकानी भएको बताउनुभयो । साथै महत्वपूर्ण क्षेत्रीय विषय, अन्तर्राष्ट्रिय विकासलगायतका विषयमा पनि आफूहरुले छलफल गरेको युएईका युवराजले उल्लेख गर्नुभएको छ ।
“हामीले हाम्रा साझा चासो र सरोकारका विषयसँगै क्षेत्रीय सुरक्षा र स्थायित्वका बारेमा कुराकानी गरेका छौँ,” युएईको सुरक्षा निकायको सर्वोच्च उपकमाण्डर समेत रहनु भएका शेख मोहम्मदले ट्वीटरमा लेख्नु भएको छ ।उहाँले यसअघि गत शनिबार नै रुसका राष्ट्रपति भ्लादिमिरि पुटिनसँग पनि विविध विषयमा छलफल गर्नुभएको थियो । उहाँहरुका बीचमा पनि विकसित पछिल्लो घटनाक्रम, दुई पक्षीय सम्वन्ध र सरोकारका विषयसँगै क्षेत्रीय सुरक्षा तथा चासोका विषयमा कुराकानी भएको हो । रासस/सिन्ह्वा
News Desk 0 response सोमवार, पुस २८, २०७६

सम्बन्धित शीर्षकहरु
-
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आइतवार, जेष्ठ १०, २०८३ -
बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले..
आइतवार, जेष्ठ १०, २०८३ -
इरानविरुद्ध नयाँ सैन्य आक्रमणको गर्ने तयारीमा ट्रम्प
शनिबार, जेष्ठ ९, २०८३
-
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
रास्वपाको पहिलो राष्ट्रिय महाधिवेशनको तयारी कार्यतालिका सार्वजनिक
आइतवार, जेष्ठ १०, २०८३ -
बाजुरा र हुम्लाको सीमा अध्ययन गर्न सरकारले..
आइतवार, जेष्ठ १०, २०८३ -
इरानविरुद्ध नयाँ सैन्य आक्रमणको गर्ने तयारीमा ट्रम्प
शनिबार, जेष्ठ ९, २०८३ -
तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह
शनिबार, जेष्ठ ९, २०८३
-
काठमाडौंका ९५ शैक्षिक कन्सल्टेन्सीमाथि प्रहरी छापा, ६९..
शुक्रबार, जेष्ठ १, २०८३ -
लगातार ३ दिन घटेको शेयर बजार साताको..
शुक्रबार, जेष्ठ १, २०८३ -
नेपालको शानदार जित : कुशल भुर्तेलको शतकमा..
शनिबार, जेष्ठ २, २०८३ -
प्रधानमन्त्रीले गरे डीडीसी चिजको प्रमोशन
शनिबार, जेष्ठ २, २०८३ -
बालेनले संसदमा नबोलेसम्म विरोध जारी राख्ने हर्कको..
बुधबार, जेष्ठ ६, २०८३



