

-
लमजुङ । विश्व पर्यटन बजारमा खुम्बुपछि महत्वपूर्ण मानिने अन्नपूर्ण पदमार्गमा आउने पर्यटक घट्दा पदमार्ग आसपासका होटल व्यवसायी मर्कामा परेका छन् । पर्यटक बढी आउने याममा दैनिक तीन/चार सयभन्दा बढी पर्यटक आउने यस पदमार्गमा यतिबेला चिसो बढेसँगै पर्यटक घट्न थालेपछि होटल व्यवसाय मर्कामा परेका हुन् ।
अत्यधिक चिसोले पर्यटक आगमनमा कमी हुँदा पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर पदमार्ग आसपासमा दर्जनौं होटल व्यवसाय सञ्चालन गरेका व्यवसायी यतिबेला मर्कामा परेको पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो,“पर्यटकको चाप हुँदा दैनिक रु ५०/६० हजार आम्दानी हुन्थ्यो, तर अहिले पाँच/दश हजार पनि आम्दानी हुन सकेको छैन ।” त्यस्तै, पर्यटन व्यवसायी नरबहादुर गुरुङले भन्नुभयो,“केही समयसम्म पर्यटकलाई खाना खुवाउनदेखि सेवा गर्नका लागि भ्याइनभ्याइ हुन्थ्यो, अहिले पर्यटक नआउँदा फुर्सदिला भएका छौँ, आम्दानी समेत हुन छोडेको छ ।”
मनाङका पर्यटन व्यवसायी विनोद गुरुङका अनुसार यस जिल्लामा चिसो बढ्दै पर्यटक घट्दै गएपछि अधिकांश होटल बन्द गरेर जिल्ला बाहिर गएका छन् । यतिबेला यस पदमार्गमा दैनिक १५/२० जना पर्यटक आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।
“भ्रमण वर्ष २०२० मा आउने तथा पदमार्गमा आउने पर्यटक वृद्धि हुने अपेक्षा गरेका छौँ तर चिसोका कारणले पर्यटक कम भएकाले पदमार्गदेखि होटल व्यवसायसमेत सुनसान बनेको छ” एक्याप मनाङका कैलाशबाबु तिवारीले भन्नुभयो । “अत्यधिक चिसो भए पनि हिउँ तथा चिसोमा रमाउने विदेशी पर्यटक भने अलिअलि आइरहेको उहाँको भनाइ छ ।”
पर्यटक हिमाली, पहाड दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङमा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, मस्ताङ, कास्की र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । रासस
News Desk 0 response आइतवार, पुस २७, २०७६


सम्बन्धित शीर्षकहरु
-
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८० -
मिचाउङ सामुद्रिक आँधीको प्रभावले कोशी र मधेस..
बुधबार, मंसिर २०, २०८० -
एनसेल शेयर खरिद–बिक्री अध्ययन गर्न सरकारले छानबिन..
बुधबार, मंसिर २०, २०८० -
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
बुधबार, मंसिर २०, २०८०
-
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८० -
मिचाउङ सामुद्रिक आँधीको प्रभावले कोशी र मधेस..
बुधबार, मंसिर २०, २०८० -
एनसेल शेयर खरिद–बिक्री अध्ययन गर्न सरकारले छानबिन..
बुधबार, मंसिर २०, २०८० -
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
बुधबार, मंसिर २०, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०