

-
लमजुङ । विश्व पर्यटन बजारमा खुम्बुपछि महत्वपूर्ण मानिने अन्नपूर्ण पदमार्गमा आउने पर्यटक घट्दा पदमार्ग आसपासका होटल व्यवसायी मर्कामा परेका छन् । पर्यटक बढी आउने याममा दैनिक तीन/चार सयभन्दा बढी पर्यटक आउने यस पदमार्गमा यतिबेला चिसो बढेसँगै पर्यटक घट्न थालेपछि होटल व्यवसाय मर्कामा परेका हुन् ।
अत्यधिक चिसोले पर्यटक आगमनमा कमी हुँदा पदमार्गमा आउने पर्यटकलाई लक्षित गरेर पदमार्ग आसपासमा दर्जनौं होटल व्यवसाय सञ्चालन गरेका व्यवसायी यतिबेला मर्कामा परेको पर्यटन व्यवसायी पञ्चबहादुर गुरुङले बताउनुभयो । उहाँले भन्नुभयो,“पर्यटकको चाप हुँदा दैनिक रु ५०/६० हजार आम्दानी हुन्थ्यो, तर अहिले पाँच/दश हजार पनि आम्दानी हुन सकेको छैन ।” त्यस्तै, पर्यटन व्यवसायी नरबहादुर गुरुङले भन्नुभयो,“केही समयसम्म पर्यटकलाई खाना खुवाउनदेखि सेवा गर्नका लागि भ्याइनभ्याइ हुन्थ्यो, अहिले पर्यटक नआउँदा फुर्सदिला भएका छौँ, आम्दानी समेत हुन छोडेको छ ।”
मनाङका पर्यटन व्यवसायी विनोद गुरुङका अनुसार यस जिल्लामा चिसो बढ्दै पर्यटक घट्दै गएपछि अधिकांश होटल बन्द गरेर जिल्ला बाहिर गएका छन् । यतिबेला यस पदमार्गमा दैनिक १५/२० जना पर्यटक आउने गरेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) पर्यटक जाँच केन्द्र धारापानीले जनाएको छ ।
“भ्रमण वर्ष २०२० मा आउने तथा पदमार्गमा आउने पर्यटक वृद्धि हुने अपेक्षा गरेका छौँ तर चिसोका कारणले पर्यटक कम भएकाले पदमार्गदेखि होटल व्यवसायसमेत सुनसान बनेको छ” एक्याप मनाङका कैलाशबाबु तिवारीले भन्नुभयो । “अत्यधिक चिसो भए पनि हिउँ तथा चिसोमा रमाउने विदेशी पर्यटक भने अलिअलि आइरहेको उहाँको भनाइ छ ।”
पर्यटक हिमाली, पहाड दृश्य, उच्च पहाड, मनाङवासीको रीतिरिवाज, प्राकृतिक सुन्दरता हेर्नलाई साथै मनाङबाट थुम्रापास गरी मुस्ताङ कोही पोखरा जानका लागि अन्नपूर्ण पदमार्गमा पर्यटक आउने गर्छन् । अन्नपूर्ण पदमार्गको प्रवेशद्वार लमजुङमा पर्दछ । अन्नपूर्ण पदमार्गमा लमजुङ, मनाङ, मस्ताङ, कास्की र म्याग्दी गरी पाँचवटा जिल्ला जोडिएको छ । रासस
News Desk 0 response आइतवार, पुस २७, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



