

-
काठमाडौँ । सगरमाथाको सफल आरोहण गरेका पर्वातारोहीहरू र ३२५ पटक नेपाल भ्रमण गर्नुभएका बर्मेली पर्यटकलाई सम्मान गरी म्यान्मामा नेपाल भ्रमण वर्ष २०२० को प्रचार गरिएको छ ।
म्यान्माबाट अहिलेसम्म दुईजनाले मात्र सगरमाथाको सफल आरोहण गरेका छन् । सगरमाथा आरोहीहरू पे फ्यो आङ र विन को कोले नेपाल साहसिक पर्यटनका लागि संसारकै उत्कृष्ट स्थान भएको बताउनुभयो । “म्यान्मामा नेपाललाई बुद्ध जन्मस्थल भनेर बढी प्रचार गरिन्छ । तर त्यहाँका पहाड र हिमाल हाम्रा लागि रहस्य र रोमाञ्चकले भरिएका छन्”, पे फ्यो आङले भन्नुभयो, “वर्षैभरि गर्मीमा बस्ने र कहिले हिउँ नदेखेका बर्मेलीका लागि नेपालका पहाड नजीकको आकर्षक गन्तव्य हो ।”
तीन सय २५ पटक नेपाल पुगेकी ड थाजिन मिन्ट आईले बुद्ध जन्मस्थल नेपालमा जाँदा प्राप्त हुने आध्यात्मिक शान्तिले आफूलाई पटकपटक नेपाल लगिरहेन बताउनुभयो । “म्यान्मामा चार करोड ५० लाखभन्दा धेरै बौद्धमार्गी छौँ”, थाजिन मिन्ट आईले भन्नुभयो, “हाम्रो भगवान् बुद्धको जन्मस्थान लुम्बिनी नेपालमा पर्छ भनेर जानकारी दिन सके धेरैभन्दा धेरैलाई नेपाल पुर्याउन सकिन्थ्यो ।”
याङ्गुनस्थित प्रसिद्ध कान्डावजी तालको छेउमा आइतबार बिहान एक हजारभन्दा धेरै बर्मेलीमाझ नेपाल भ्रमण वर्षको प्रचार गरिएको हो । म्यान्माका लागि नेपाली राजदूत भीमकृष्ण उदासले पर्यटन वर्षसँगै यो वर्ष नेपाल र म्यान्माबीच दौत्य सम्बन्ध स्थापना भएको ६० वर्ष पुगेको उपलक्ष्यमा वर्षभरि नै विभिन्न कार्यक्रम भइरहने जानकारी दिनुभयो ।
याङ्गुनका मुख्यमन्त्री फ्यो मिन थेंले दौत्य सम्बन्ध स्थापना भएको ६० वर्षमात्र भए पनि गोर्खालीहरूले सयौँ वर्षअगाडिदेखि बर्मा आएर म्यान्मा निर्माणमा सहयोग पु¥याइरहेको बताउनुभयो । “आजको म्यान्मा निर्माणमा गोर्खालीहरूको योगदान कसैको भन्दा कम छैन”, फ्यो मिन थेंले भन्नुभयो, “नेपाल र म्यान्माबीच नागरिकस्तरमा पनि राम्रो सम्बन्ध छ । अब भ्रमण वर्षले त्यसमा थप योगदान दिन सक्छ ।”
उहाँले भ्रमण वर्षको उपलक्ष्यमा नेपाल सरकारले म्यान्मा नागरिकहरूलाई भिसा शुल्क मिनाहा गरेर थप आकर्षित गर्नसक्ने बताउनुभयो । कार्यक्रममा मुख्यमन्त्री फ्यो मिन थेंले नेपाल भ्रमण वर्षका सद्भावना राजदूत म्यान्मारी अभिनेत्री उन उन, उद्योगपति अएक टुन र समाजसेवी ड नी नीलाई सम्मानपत्र प्रदान गर्नुभएको थियो ।
नेपाली दूतावासले कार्यक्रममा उपस्थित सात सयभन्दा धेरैलाई भ्रमण वर्ष अङ्कित टिसर्ट निःशुल्क उपलब्ध गराएको थियो । कार्यक्रमको सञ्चालन नेपाली मूलका बर्मेली प्रवीणहरि प्रधानले गर्नुभएको थियो । रासस
News Desk 0 response आइतवार, पुस २७, २०७६

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
काठमाडौं महानगरका लेखा अधिकृत २१ हजार घुससहित..
शुक्रबार, साउन ८, २०८३ -
बाल मन्दिरको जग्गा र बजेट हिनामिना प्रकरणमा..
शुक्रबार, साउन ८, २०८३ -
बङ्गलादेशका राष्ट्रपति शाहबुद्दिनद्वारा राजीनामा
शुक्रबार, साउन ८, २०८३ -
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ..
बिहिबार, साउन ७, २०८३ -
७ दिनभित्र लगत कट्टा कानुनी व्यवस्था कार्यान्वयनमै..
बुधबार, साउन ६, २०८३
-
उच्चका ५० र जिल्लाका १५७ न्यायाधीशको सरूवा
बिहिबार, असार ३२, २०८३ -
सार्वजनिक बिदा पुनरावलोकन गर्न कार्यदल गठन गर्ने..
सोमवार, साउन ४, २०८३ -
संविधान संशोधन बहसपत्र कार्यदलले प्रतिवेदन बुझायो
बिहिबार, असार ३२, २०८३ -
लोकप्रिय रक्षामन्त्रीलाई हटाएपछि युक्रेनमा जेलेन्स्की विरुद्ध प्रदर्शन
बिहिबार, असार ३२, २०८३ -
मितव्ययिताका लागि अर्थको नयाँ मार्गदर्शन : गाडी..
मङ्लबार, साउन ५, २०८३



