

-
काठमाडौँ । तेस्रो नेपाल रत्न तथा आभूषण प्रदर्शनी मेला २०२० आजदेखि शुरु भएको छ । राजधानीको सोल्टी क्राउन प्लाजामा भएको उक्त प्रदर्शनीको उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले उद्घाटन गर्नुभयो । नेपाल रत्न तथा आभूषण सङ्घद्वारा आयोजित उक्त प्रदर्शनीमा २६ ज्वेलर्स कम्पनीका उत्पादन समावेश गरिएको छ । सुनचाँदी, हीरा जवाहरात आदि बहुमूल्य धातु तथा रत्न पत्थर आदिका गहनाको कारोवारलाई व्यवस्थित गर्दै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्मको पहुँच बढाई निर्यात प्रवद्र्धन, आयात प्रतिस्थापन, रोजगारी सिर्जना, राजश्व आदिको माध्यमबाट अर्थतन्त्रमा सकारात्मक योगदान पुर्याउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताइएको छ ।
व्यावसायिक हक, हितको संरक्षण गर्ने, स्वदेशी रत्न पत्थर एवं खनिज पदार्थको उत्खनन, प्रशोधन गर्न पनि योगदान पुग्ने विश्वास गरिएको छ । बृहत् र आधुनिक उद्यम, व्यवसायको आकार लिइसकेको ज्वेलरी क्षेत्रले मुलुकमा ठूलो रोजगारी सिर्जना गर्नुका साथै राजश्वमा वार्षिक करिब रु आठ अर्बको योगदान पुर्याउँदै आएको छ ।
सङ्घले आभूषणको कच्चा पदार्थको सहज आपूर्ति एवं वितरणमा सरकार, नेपाल राष्ट्र बैंक, वाणिज्य बैंक एवं आभूषण क्षेत्रका सङ्घ र व्यवसायीसँग सहकार्य गर्दै आएको छ । कारोवार सञ्चालन नियम, मापदण्ड एवं व्यावसायिक सुरक्षाको अभावले यो क्षेत्र जोखिममा पर्दै आएको र भविष्य अन्योलमा पर्न गएको सो अवसरमा जानकारी दिइयो ।
नेपाली उत्पादन बहुमूल्य गरगहनाको निर्यात बढाउन सके मुलुकको ठूलो व्यापार घाटालाई कम गर्न योगदान पुग्नका साथै अन्तर्राष्ट्रिय बजारमा ज्वेलरीको हिस्सा तीव्र गतिमा बढिरहेको परिप्रेक्षमा नेपालले लाभ लिन सक्ने प्रशस्तै सम्भावना रहेको बताइएको छ ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली मौलिक गहनाप्रति ठूलो आकर्षण रहेको हुँदा न्यूनतम सुविधा र प्रोत्साहनले मुलुकको अर्थतन्त्रको महत्वपूर्ण अङ्गका रूपमा रहेको रत्न तथा आभूषणबाट १५ प्रतिशतसम्म योगदान पुग्ने अपेक्षा गरिएको छ ।
सो अवसरमा मन्त्री भट्टले नेपाली मौलिक गरगहनालाई अन्तर्राष्ट्रिय जगत्मा आकर्षणका रूपमै लिने गरिएकाले यसको प्रवद्र्धन र विस्तारलाई सरकारले सहयोग पु¥याउने विश्वास दिलाउनुभयो ।
उहाँले भन्नुभयो, “मुलुकमा श्रमका लागि आवश्यक पर्ने बलिया पाखुरा विदेश पलायन भएकाले विगतमा हामीले निर्यात गर्दै आएका कृषिजन्य वस्तुसमेत आयात गर्नुपरेको अवस्था छ, यसका लागि हामीले कृषिप्रतिको सोचाइको मानसिकता बदल्नुपर्छ, स्वदेशी उद्योगलाई प्रोत्साहन गर्न मन्त्रालयले कुनै पनि फाइल एक साताभित्र टुङ्ग्याइसक्ने नीति कडाइका साथ लागू गरिएको छ ।”
नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष पशुपति मुरारकाले रत्न तथा गरगहना निकासीजन्य वस्तुका रूपमा रहे पनि यसको कच्चा पदार्थ आयातमा सहुलियत र छुटको व्यवस्था नभएकाले अन्तर्राष्ट्रिय बजारमा प्रतिस्पर्धा गर्न चुनौती भइरहेको बताउनुभयो ।
नेपाल चेम्बर्स अफ कमर्शका उपाध्यक्ष दीपक मलहोत्राले रत्न तथा आभूषणलाई प्रोत्साहन गर्न सरकारले दिनुपर्ने सहयोग र सहुलियत यथाशीघ्र कार्यान्वयन गर्न माग गर्नुभयो । आयोजक संस्था नेपाल रत्न तथा आभूषण सङ्घका अध्यक्ष ज्योत्सना श्रेष्ठले नेपालका मौलिक र अत्याधुनिक गरगहनाबारे विस्तृत जानकारी गराई आन्तरिक तथा बाह्य बजार प्रवद्र्धन गर्ने, अन्तर्राष्ट्रिय बजारमा पहुँच बढाउने प्रदर्शनीको उद्देश्य रहेको जानकारी दिनुभयो । रासस
News Desk 0 response शनिबार, पुस २६, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



