

-
गलकोट । गाउँमा सम्भावना देख्ने युवा निकै कम देखिन थालेका छन् । गाउँघरमा रहेका युवा पनि अवसर नभएको भन्दै निराशाबाट ग्रसित छन् तर, दुर्गम गाउँमा यस्ता युवा पनि छन् जो युवाहरूको तीव्र विदेश पलायन देखेर पनि गाउँमै केही गर्ने दृढ अठोटमा छन् ।
तीनैमध्येका एक उदाहरणीय पात्र हुन् बागलुङको गलकोट नगरपालिका–१ दुदिलाभाटीका कुँवर दम्पती । यो जोडीले गाउँमै करोड लगानी गरेर बाख्रापालन गरेको छ । दुदिलाभाटीका गमबहादुर कुँवर र निरु कुँवर अहिले यस व्यवसायमा लागेर मनग्य आम्दानी गर्न थालेका हुन् । विसं २०७४ देखि पाँच/छ वटा बाख्राबाट शुरु गरेको व्यवसाय बढेर अहिले १०० को हाराहारीमा पु-याएका छन् ।
बाउबाजेको पालादेखि नै बाख्रा पाल्दै आएकाले निर्वाहमुखीलाई आफूले व्यावसायिक पेशा बनाएको कुँवर दम्पती बताउँछ । आर्थिक अवस्था कमजोर भएकै कारण कृषि पढेर कोरिया पुगेका गमबहादुरले पाँच वर्ष विदेशमै बिताउनुभयो । कोरियामा रहँदा सिकेको सीपलाई नेपालमै प्रयोग गर्ने उद्देश्यका साथ नेपाल आएका कुँवर अहिले यस पेशामा नै रमाउनु भएको छ । विदेशमा स्रोत साधनको अभाव भए पनि करोडौँ कमाएको देखेकाले नेपालमा भएका स्रोत साधनको प्रयोग मात्रै गरेको कुँवरले बताउनुभयो । गाउँमा घर पातलो हुने र जग्गा जमीन धेरै भएपछि पशुपालन गर्न समस्या नहुने भएकाले पनि यस व्यवसायमा लागेको उहाँले बताउनुभयो । “जागीर खान पनि भौँतारिएँ, पछि विदेश पनि गएँ, त्यहाँ पुगेपछि धेरै देखेँ भोगेँ”, कुँवरले भन्नुभयो, “कृषि पढेकाले जागीरमा भन्दा व्यवसाय गर्न मन लाग्यो, गाउँघरमा घाँसको समस्या छैन, चरन र स्रोत साधनको ठूलो समस्या भएकाले गाउँमै केही उदाहरण देखाउँछु भनेर बाख्रापालनमा लागेको हूँ ।”
अहिले कुँवरको फार्ममा १०० भन्दा बढी बाख्रा छन् । दुई वटा बोयर जातको बोका पनि छन् । एउटा बोकालाई मात्रै चितवनबाट रु दुई लाख ५० हजारमा किनेर ल्याएका कुँवरले स्थानीय खरी जातका बाख्रालाई बोयर क्रस गर उन्नत जातको बाख्रा उत्पादन गर्ने गरेको बताउनुभयो । उत्पादित बाख्रा एवं मासुको बजारीकरणका लागि कुनै पनि समस्या नभएको कुँवरले बताउनुभयो । कुँवरकी श्रीमती निरुले पनि उहाँलाई सघाउनुहुन्छ । “बाख्रा उत्पादन भएपछि यहाँ बजारको पनि समस्या छैन”, निरुले भन्नुभयो, “बरु काम गर्ने जनशक्ति र इच्छाशक्तिको अभाव देखिन्छ ।”
गाउँमा नै कुँवर दम्पतीले छ जनालाई आकर्षक तलबसहित रोजगारी दिएको छ । घाँस काट्ने एवं बाख्राको स्याहारसुसार गर्ने कामदारलाई मात्रै रु २० हजारभन्दा बढी मासिक तलब दिइरहनुभएको छ । कुँवरको फार्ममा काम गर्दै आएका वेदबहादुर भुजेलले आफू यही काम गर्दा सन्तुष्ट रहेको बताउनुहुन्छ । “विदेश जान परेको छैन, गाउँमै रोजगारी पाउँदा खुशी छु”, भुजेलले भन्नुभयो, “अर्काको देशमा गाली अपमान सहनुभन्दा गाउँ सेरोफेरोमै यसरी काम गरेर घर परिवारमा दुःख बिरामी पर्दासमेत सहयोग गर्न सकिन्छ, खान बस्नसहित रु २० हजार तलब बुझ्ने गरेको छु ।”
विदेश नभई नेपालमा पनि मनग्य आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण अहिले कुँवर दम्पती बनेको छ । यसका लागि गलकोट नगरपालिका–१ दुदिलाभाटीको वडा कार्यालयले पनि विभिन्न समयमा सहयोग गर्दै आएको छ । दुदिलाभाटीका वडाध्यक्ष नेत्रबहादुर बुढाथोकीले दुदिलाभाटीमा हरेक परिवारले बाख्रापालन गरेकाले हरेक फार्मलाई दर्ता प्रक्रियामा लग्ने बताउनुभयो । रासस
News Desk 0 response शनिबार, पुस २६, २०७६

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
समुद्रको सतह बढ्दै गएपछि नाइजेरियाको तटीय बस्तीको..
सोमवार, भदौ १, २०८३ -
किशोर श्रेष्ठलाई हाजिरी जमानीमा छाड्न आदेश
सोमवार, भदौ १, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



