

-
भीमदत्तनगर । कञ्चनपुरको दक्षिणी क्षेत्रका महिलाहरु सामूहिक माछापालन व्यवसायमा अग्रसर भइरहेका छन् । बेलौरी नगरपालिका–६ मा २०६२ सालदेखि थारू महिलाहरु माछापालनमा संलग्न रहे पनि पछिल्लो समय व्यावसायिक बनाउँदै लगिरहेको स्थानीय वडा सदस्य भोजराज चौधरीले बताउनुभयो ।
स्थानीय ढक्का चादँर गाउँका ३० जना थारू महिलाले कोपिला माछापालन समूह गठन गरेर करिब डेढ बिघा पोखरीमा माछापालन गरिरहेका छन् । “माछापालन गरिरहेको दशक बितिसकेको भए पनि ताल व्यवस्थित गर्न सकिएको थिएन ।” कोपिला माछापालन समूहका अध्यक्ष सिद्धी चौधरीले भन्नुभयो, “दातृ निकाय र स्थानीय तहको सहयोगमा ताल व्यवस्थित गर्नेदेखि प्राविधिक सहयोग मिलेपछि व्यवसायमा लाग्न थप हौसला मिलेको छ ।
उहाँले माछापालनबाट वार्षिक रु दश लाखसम्मको कारोवार भइरहेको बताउँदै खपतका लागि बजारको समस्या नरहेको बताउनुभयो । “हामीले मागअनुसारको माछा बजारमा पु¥याउन सकेका छैनौँ,” उहाँले भन्नुभयो, “स्थानीय उत्पादनले बजार पाउँदा भारतबाट आयात हुने माछामा समेत कमी आएको छ ।” वडा सदस्य चौधरीले महिलाहरुले सञ्चालन गरेको माछापालन व्यवसायलाई बेलौरी नगरपालिकाले समेत पानीको निकास र अन्य व्यवस्थापनका लागि रु दुई लाख ५० हजार सहयोग गरेको बताउनुभयो ।
त्यसैगरी बेलौरी नगरपालिका–३ कर्णाली टोलमा पनि विगत तीन वर्षदेखि स्थानीय महिला सामूहिक माछापालनमा लागेका छन् । डेढ बिघा जमिनमा पोखरी निर्माण गरेर स्थानीय माछापालन गर्नाका साथै समूहमार्फत मासिक बचत र ऋण लगानीमा समेत जोड दिँदै आएका छन् । नेपाल राष्ट्रिय समाज कल्याण सङ्घ (एनएनएसडब्लुए) को जीविकोपार्जन कार्यक्रमअन्तर्गत कञ्चनपुरको दक्षिण क्षेत्रमा पाँचवटा स्थानमा माछापालन व्यवसाय भइरहेको छ ।
जीविकोपार्जन कार्यक्रका कार्यक्रम संयोजक राजकुमार सुनारले यहाँका पाँचवटा स्थानमा समूहलाई अनुदान रकम तथा अन्य प्राविधिक सहयोग गरेर आयमूलक काममा प्रेरित गर्दै आएको बताउनुभयो । “पाँचवटा समूहमा करिब रु ३५ लाख अनुदान सहयोगदेखि माछाका भूरासमेत उपलब्ध गराएका छौँ,” उहाँले भन्नुभयो, “धेरै समूह मुनाफा कमाएर व्यवसायको दायरा बढाइरहेका पनि छन् ।” यहाँको शोभाताल, बन्दाताल, बेलौरीको ढक्काचादँर, कर्णाली टोल र लालझाँडीको कसवा तालमा माछापालन भइरहेको बताउनुभयो ।
“पानीको सुविधाका लागि हामीले सोलार प्यानलसमेत जडान गरिदिएका छौँ,” सुुनारले भन्नुभयो, “विपन्न वर्ग र समुदायको आयस्तर बढोस् भन्ने उद्देश्यले ग्रामीण बस्तीसम्म कार्यक्रम पु¥याएका हौँ ।” उहाँले माछापालनमा लागेका कृषकहरुलाई पछिल्लो समय स्थानीय तहहरुले पनि प्राविधिक तथा माछाको आहारा सहयोग गर्दै आएको जानकारी दिनुभयो । यहाँको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र कञ्चनपुरले चालु आर्थिक वर्षमा माछापालन व्यवसायको दायरा बढाउन नयाँ पोखरी निर्माणका लागि अनुदान आएको जनाएको छ ।
केन्द्रका पशु विकास अधिकृत देवदत्त भट्टले प्रतिहेक्टर रु तीन लाखका दरले पोखरी निर्माणका लागि अनुदान आएको र त्यसका लागि सूचना गरिसकेको बताउनुभयो । “यहाँ ३५ हेक्टरमा नयाँ पोखरी निर्माणका लागि अनुदान आएको छ,” उहाँले भन्नुभयो, “आवेदनका लागि किसानलाई सूचना जारी गरिएको छ ।” रासस
News Desk 0 response शनिबार, पुस २६, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



