

-
काठमाडौँ । छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँको टुँडिखेलमा शुक्रबार भएको उक्त प्रतियोगिताको हाइजम्पतर्फ खिलध्वज खड्का पहिलो, रामबहादुर दाहाल दोस्रो तथा सविनकुमार पोखरेल तेस्रो हुनुभयो । यस्तै शो जम्पतर्फ योगबहादुर बस्नेत पहिलो, लालबहादुर कुँवर दोस्रो र रामबहादुर दाहाल तेस्रो हुनुभयो । प्रतियोगिताको टेन पेकिङतर्फ रुद्रबहादुर कार्की पहिलो, गोविन्दबहादुर खड्का दोस्रो तथा लक्ष्मण तेस्रो हुनुभयो । उहाँहरुले जनही रु २० हजार, रु १५ हजार तथा रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो ।
प्रदर्शन खेलअन्तर्गत महिला राइडरलाई प्रोत्साहनवापत जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत हुनेमा हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठ रहनुभएको छ । प्रतियोगितामा २६ राइडरको सहभागिता थियो । नेपाली सेना र राष्ट्रिय खेलकूद परिषद्ले प्रतियोगिता सञ्चालन गर्न सहयोग गरेको आयोजक सङ्घका अध्यक्ष रवि राजकर्णिकारले जानकारी दिनुभयो ।
यस्तै कतार एयरवेज, लिओन मोटर्स, टिभिएस मोटर्सलगायतले प्रतियोगिताको प्रायोजन गरेका थिए । विजेता खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गर्नुभयो । घोडचढी हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्म मात्र सीमित रहेकाले जनस्तरमा यस खेललाई लैजान प्रतियोगिता आयोजना गरिएको अध्यक्ष राजकर्णिकारले बताउनुभयो । रासस
News Desk 0 response शनिबार, पुस २६, २०७६


सम्बन्धित शीर्षकहरु
-
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१ -
आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा
सोमवार, चैत्र १०, २०८१
-
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१ -
आर्थिक विश्वव्यापीकरणलाई अगाडि बढाउने चीनको घोषणा
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले..
बिहिबार, चैत्र ६, २०८१ -
पोखरा महानगरका अधिकृत ५ हजार घुससहित पक्राउ
बिहिबार, चैत्र ६, २०८१