

-
काठमाडौँ । छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता सम्पन्न भएको छ । काठमाडौँको टुँडिखेलमा शुक्रबार भएको उक्त प्रतियोगिताको हाइजम्पतर्फ खिलध्वज खड्का पहिलो, रामबहादुर दाहाल दोस्रो तथा सविनकुमार पोखरेल तेस्रो हुनुभयो । यस्तै शो जम्पतर्फ योगबहादुर बस्नेत पहिलो, लालबहादुर कुँवर दोस्रो र रामबहादुर दाहाल तेस्रो हुनुभयो । प्रतियोगिताको टेन पेकिङतर्फ रुद्रबहादुर कार्की पहिलो, गोविन्दबहादुर खड्का दोस्रो तथा लक्ष्मण तेस्रो हुनुभयो । उहाँहरुले जनही रु २० हजार, रु १५ हजार तथा रु १० हजार पुरस्कार प्राप्त गर्नुभयो ।
प्रदर्शन खेलअन्तर्गत महिला राइडरलाई प्रोत्साहनवापत जनही रु पाँच हजार पुरस्कार प्रदान गरिएको थियो । पुरस्कृत हुनेमा हरिमाया गुरुङ, शारदा केएम, कविता थापा र सरिता श्रेष्ठ रहनुभएको छ । प्रतियोगितामा २६ राइडरको सहभागिता थियो । नेपाली सेना र राष्ट्रिय खेलकूद परिषद्ले प्रतियोगिता सञ्चालन गर्न सहयोग गरेको आयोजक सङ्घका अध्यक्ष रवि राजकर्णिकारले जानकारी दिनुभयो ।
यस्तै कतार एयरवेज, लिओन मोटर्स, टिभिएस मोटर्सलगायतले प्रतियोगिताको प्रायोजन गरेका थिए । विजेता खेलाडीलाई नेपाली सेनाका प्रधानसेनापति पूर्णचन्द्र थापाले पुरस्कार वितरण गर्नुभयो । घोडचढी हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्म मात्र सीमित रहेकाले जनस्तरमा यस खेललाई लैजान प्रतियोगिता आयोजना गरिएको अध्यक्ष राजकर्णिकारले बताउनुभयो । रासस
News Desk 0 response शनिबार, पुस २६, २०७६

सम्बन्धित शीर्षकहरु
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



