

-
क्यानर्बेरा । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले देशमा भइरहेको आगलागीका कारण मृत्यु हुनेको संख्या २७ पुगेको बताउनु भएको छ । संसद भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मोरिसनले यो पछिल्लो विवरण सार्वजनिक गर्नुभएको हो ।
उहाँका अनुसार आगलागीका कारण २१ सय ३१ घरहरु क्षतिग्रस्त भएका छन् भने मृत्यु हुनेको संख्या अझ बढी हुन सक्ने अनुमान गरिएको छ । अष्ट्रेलियाको दक्षिणपूर्वी क्षेत्रको जंगलमा ठूलो आगलागी भएको छ तापक्रम बढेर अत्यधिक गर्मी हुदै गएको र तातो हावा चलेको अधिकारीहरुले जनाएका छन् ।
“यो भन्दा धेरै क्षति हुन नदिनका लागि हामीले प्रयास जारी राखेका छौँ, विषेश गरेर मृत्यु हुनेको संख्या नबढोस् भन्ने तर्फ हाम्रो विषेश ध्यान रहेको छ,” प्रधानमन्त्री मोरिसनले भन्नुभयो ।
उहाँले आगलागी नियन्त्रण गर्न र थप क्षति हुन नदिन सवैले आ–आफ्नो ठाँउबाट भूमिका खेल्न तथा उद्धारकर्ताहरुलाई सहयोग गर्न पनि आग्रह गर्नुभएको छ ।
प्रधानमन्त्री मोरिसनले अष्ट्रेलिया संकटमा परेको बेला सहयोग उपलब्ध गराएका सवै सहयोगलाई धन्यवाद ज्ञापन पनि गर्नुभएको छ ।अष्ट्रेलियामा भइरहेको आगलागीका उत्पन्न धुँवा देशका विभिन्न ठाउँमा फैलिएको छ भने, अन्य मुलुकहरुसम्म पनि पुगेको छ । गत सेप्टेम्बरदेखि सुरु भएको आगलागी अष्ट्रेलियामा अहिले पनि जारी छ । रासस/सिन्ह्वा
News Desk 0 response बिहिबार, पुस २४, २०७६


सम्बन्धित शीर्षकहरु

इन्डोनेसियाको मारापी पर्वतमा ज्वालामुखी विस्फोट, ११ जनाको मृत्यु, १२ जना वेपत्ता
सोमवार, मंसिर १८, २०८०-
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८० -
मिचाउङ सामुद्रिक आँधीको प्रभावले कोशी र मधेस..
बुधबार, मंसिर २०, २०८० -
एनसेल शेयर खरिद–बिक्री अध्ययन गर्न सरकारले छानबिन..
बुधबार, मंसिर २०, २०८० -
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
बुधबार, मंसिर २०, २०८०
-
कक्षा ११ मा भर्ना भएका विद्यार्थीको रजिस्ट्रेशन..
बुधबार, मंसिर २०, २०८० -
परराष्ट्र निमित्त सचिवमा सेवा लम्साल
बुधबार, मंसिर २०, २०८० -
मिचाउङ सामुद्रिक आँधीको प्रभावले कोशी र मधेस..
बुधबार, मंसिर २०, २०८० -
एनसेल शेयर खरिद–बिक्री अध्ययन गर्न सरकारले छानबिन..
बुधबार, मंसिर २०, २०८० -
रुसी सेनामा नेपाली युवा पठाउने गिरोह पक्राउ
बुधबार, मंसिर २०, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०