

-
काठमाडौँ । अष्ट्रेलियाको सिड्नीमा नेपाल भ्रमण वर्ष २०२० को अन्तरराष्ट्रिय शुभारम्भ गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराई र न्यू साउथ वेल्स राज्य संसद्का सभामुख जोनाथन ओडीले संयुक्तरुपमा सिड्नीमा आयोजित एक कार्यक्रममा भ्रमण वर्षको शुभारम्भ गर्नुभएको हो ।
कार्यक्रममा त्यहाँका विपक्षी दलका नेता, नगरपालिका प्रतिनिधिलगायतले शुभकामना दिनुभएको थियो । पर्यटनमन्त्री भट्टराईले अष्ट्रेलियामा डढेलोका कारण भएको क्षतिप्रति दुःख व्यक्त गर्दै सहानुभूति प्रकट गर्नुभएको थियो । उहाँले नेपाल र नेपाली जनता अष्ट्रेलियाको दुःखमा साथमा रहेको बताउँदै आफ्ना कूटनीतिक नियोग तथा नेपालीलाई सहयोगमा जुट्न आग्रह गर्नुभएको थियो ।
सोही कार्यक्रममा नेपाली समुदायले डढेलो पीडितका लागि सहयोग सङ्कलनका साथै केहीबेर मौन ¥यालीसमेत निकालेको थियो । सर्कुलर किस्थित कस्टम हाउसदेखि ओपेरा हाउससम्म निकालिएको -यालीमा नेपाली आआफ्नो सांस्कृतिक पहिरन र पहिचानसहित सहभागी भएका पर्यटन मन्त्रालयले जनाएको छ ।
-यालीमा पर्यटनमन्त्री भट्टराईसँगै अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहाल, कन्सुलर दीपक खड्का र चन्द्र योन्जनसहित १०० भन्दा बढी सहभागी हुनुहुन्थ्यो । सोही क्रममा ओपेरा हाउस पुगेपछि सुरक्षाकर्मीले सहभागीलाई व्यवसायिक ब्यानरसहित नजान अनुरोध गरेका थिए । सहभागी ब्यानर हटाएर ओपेरा हाउस पुगेका थिए ।
यसैबीच अष्ट्रेलियाको सिड्नीमा पर्यटनमन्त्री भट्टराईको उपस्थितिमा भएको ‘नेपाल भ्रमण वर्ष–२०२०’ शुभारम्भका बिषयमा आएका समाचार तथ्यहीन रहेको भन्दै पर्यटनमन्त्रीको निजी सचिवालयले खण्डन गरेको छ । कार्यक्रममै अवरोध जस्ता काल्पनिक समाचारमा आएका विषय तथ्यभन्दा धेरै टाढा रहेका र यसको भ्रममा नपर्न पनि सचिवालयले सम्बन्धित सबैमा अनुरोध गरेको छ । रासस
News Desk 0 response मङ्लबार, पुस २२, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



