

-
मिक्लाजुङ । पाँचथरमा गत वर्षको तुलनामा यस वर्ष ३०० मेट्रिक टन बढी सुन्तला उत्पादन भएको छ । गत वर्ष सात हजार ३७५ मेट्रिक टन उत्पादन भएकोमा यस वर्ष सात हजार ६७५ मेट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख सागर विष्टले बताउनुभयो । यस वर्ष सुन्तला उत्पादन हुने क्षेत्रफल बढेको छ ।
गत आर्थिक वर्षमा ९३१ हेक्टरमा भएको सुन्तला चालु आर्थिक वर्षमा ९४४ हेक्टर क्षेत्रफलमा विस्तार भएको छ । गत आवमा उत्पादनशील क्षेत्रफल ६६९ हेक्टर रहेकोमा यस आवमा ६९१ रहेको छ । जिल्लाको दक्षिणी भेग कुम्मायक गाउँपालिका–४ रानीगाउँका कृषकले लगाएको सुन्तला यतिखेर बारीमा लटरम्मै फलेपछि बगानमै सुन्तलाको मोलमोलाई गरेर ब्यापारीले सुन्तला किन्ने गरेका छन् । यहाँको सुन्तला तराईको विभिन्न बजारमा पुग्छ । यहाँका कृषकले सुन्तलासहित बारीमा अदुवा, कोदो, मकैलगायतका बालीबाट पनि राम्रो आम्दानी गर्दे आएका छन् ।
सुक्खाग्रस्त क्षेत्र भए पनि पारिलो ठाउँमा राम्रो उत्पादन हुने सुन्तला बिक्री गरेर रानीगाउँ साविक वडा नम्बर ६ र ८ का स्थानीयले आयआर्जन गरेका छन् । स्थानीय कृषकले वार्षिक प्रतिपरिवार रु दुई लाखदेखि चार लाखसम्म आम्दानी गर्दे आएका छन् । सुन्तला बिक्री गरेरै अहिले जीविकोपार्जन, घर खर्च चलाएका छन् भने छोराछोरी सुन्तला बिक्रीकै आम्दानीले पढाएका छन् ।
साविकको रानीगाउँ वडा नम्बर ६ र ८ मा सुन्तला बिक्री गरेर रु एक करोड बढी रकम भित्र्याउने गरेको सुन्तला कृषक सूर्यदीप सम्हाफे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुन्तलाको उर्वरभूमि यहाँ स्थानीय तह तथा कृषि ज्ञान केन्द्रले पकेट क्षेत्र बनाउने विषयमा कुनै पहल गरेको छैन, हामीलाई पकेट क्षेत्र बनाइदिए सुन्तलाखेतीतर्फ उत्साहित भएर लाग्ने थियौँ ।”
कुम्मायक गाउँपालिका–४, मिक्लाजुङ गाउँपालिकाको कुरम्बा, लिम्बा, दूरदिम्बा, तुम्वेवाको हाङगुम, फाल्गुनन्दको आङसराङ, याङवरकको थर्पु, नाँगी, फिदिम नगरपालिकाको रानीटार, माथिल्लो गाउँमा कृषकले व्यावसायिक सुन्तलाखेती गर्दे आएका छन् । यस वर्ष सुन्तला उत्पादन बढेको कृषक नरेन्द्र सम्हाफे बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “सुन्तलाखेती हुने बारीमा सुन्तलाबाट राम्रो आम्दानी हुँदैछ, अझ सुन्तलाको साथमा हामीले अदुवा, कोदो, जौँ, फापर, खुर्सानीलगायतका बाली लगाएर झनै राम्रो आम्दानी गर्ने गरेका छौँ ।”
सुन्तला खेती गरेर कमाएको आम्दानीले अहिले सन्तानलाई काठमाडौँमा पढाउँदै आएको सुन्तला कृषक राजु खतिवडा बताउनुहुन्छ । उहाँ भन्नुहुन्छ, “हाम्रो मुख्य पेशा भनेकै सुन्तला हो, सुन्तला बिक्री गरेरै वार्षिक रु तीनदेखि चार लाख कमाइ हुन्छ, यसैबाट एउटा छोरालाई काठमाडौँ चार्टर एकाउन्टेन्ट र अर्को छोरालाई आइएस्सी एजी पढाउँदैछु ।”
पाँचथरका अधिकांश सुन्तला कृषकले सम्बन्धित निकाय स्थानीय पालिका तथा पालिकाअन्तर्गत कृषि शाखा, कृषि ज्ञान केन्द्रलगायतले सुन्तलाको पकेट क्षेत्रको कार्यक्रम ल्याएर प्रवद्र्धन गर्न तथा कृषकलाई उत्साहित हुने किसिमका कार्यक्रम ल्याउन नसकेको गुनासो गरो छन् । केन्द्रका प्रमुख विष्ट भन्नुहुन्छ, “अब पाँचथरमा चाँडै पकेट क्षेत्र कार्यक्रम घोषणा गर्ने तयारीमा छौँ ।” कृषकलाई प्रोत्साहित गर्दे सुन्तलाखेतीलाई प्रवद्र्धन गर्न पकेट क्षेत्रलगायत अन्य विविध कार्यक्रम ल्याउन सम्बन्धित निकायको पनि ध्यान पुग्न जरुरी रहेको किसान महासङ्घका केन्द्रीय सदस्य गणेश पोख्रेल बताउनुहुन्छ । रासस
News Desk 0 response मङ्लबार, पुस २२, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



