

-
काठमाडौँ । ललितपुर महानगरपालिका र चौतारा नगरपालिका यहाँ जारी महानगर कप पुरुष तथा महिला भलिबलअन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भएको खेलमा चौतारा नगरपालिकाले भक्तपुर नगरपालिकालाई ३–० सेटले पराजित गर्यो । चौताराले भक्तपुरलाई २५–१४, २५–२१ र २५–२१ अङ्कले हराएको हो । समूह ‘ए’ मा रहेको चौतारा पहिलो भई छ अङ्कसहित क्वाटरफाइनलमा प्रवेश गरेको छ । यस्तै समूह ‘ए’बाट चार अङ्कसहित दोस्रो भएको ललितपुरसमेत क्वाटरफाइनलमा पुगेको छ । सो समूहमा रहेको भक्तपुर नगरपालिका प्रतियोगिताबाट बाहिरिएको प्रतियोगिता प्रचारप्रसार उपसमितिकी संयोजक निलम बज्राचार्यले जानकारी दिनुभयो ।
यस्तै समूह ‘सी’बाट महालक्ष्मी तथा पनौती नगरपालिका पुरुषतर्फको खेलमा क्वाटरफाइनलमा पुगेका छन् । उक्त समूहबाट टोखा नगरपालिका बाहिरिएको छ । समूह ‘डी’अन्तर्गतको खेलमा पुरुषतर्फ गोकर्णेश्वर तथा कमलामाई नगरपालिका आ–आफ्नो खेलमा विजयी भएका छन् । गोकर्णेश्वरले धुलिखेल नगरपालिकालाई २५–२३, २५–१४ र २५–१९ अङ्कले हरायो । यस्तै कमलामाईले गोदावरी नगरपालिकालाई २५–१३, २५–१८ र २५–१८ अङ्कले पराजित गर्यो ।
यसैगरी महिलातर्फको खेलमा विदुर, गोकर्णेश्वर र चन्द्रागिरि नगरपालिका विजयी भएका छन् । विदुरले टोखा नगरपालिकालाई २५–२२, २५–५, २३–२५ र २५–९ अङ्कले हरायो । गोकर्णेश्वरले हेटाँैडालाई २५–१६, २५–११ र २५–२२ अङ्कले तथा चन्द्रागिरिले बनेपा नगरपालिकालाई २५–७, २५–९ र २५–५ अङ्कले पराजित गर्यो । ललितपुर महानगरपालिकाले आफ्नो १०१औँ स्थापना दिवसका अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ आठ नगरपालिका सहभागी रहेको संयोजक बज्राचार्यले बताउनुभयो ।
पुरुष तथा महिला भलिबलका विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार र चौथो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरुष र महिलातर्फ सर्वोकृष्ट हुने खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । रासस
News Desk 0 response मङ्लबार, पुस २२, २०७६


सम्बन्धित शीर्षकहरु
-
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो
सोमवार, चैत्र १०, २०८१ -
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१
-
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो
सोमवार, चैत्र १०, २०८१ -
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले..
बिहिबार, चैत्र ६, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१