

-
काठमाडौँ । ललितपुर महानगरपालिका र चौतारा नगरपालिका यहाँ जारी महानगर कप पुरुष तथा महिला भलिबलअन्तर्गत पुरुषतर्फको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।
ललितपुरको जाउलाखेलस्थित जाउलाखेल भलिबल प्रशिक्षण केन्द्रमा सोमबार भएको खेलमा चौतारा नगरपालिकाले भक्तपुर नगरपालिकालाई ३–० सेटले पराजित गर्यो । चौताराले भक्तपुरलाई २५–१४, २५–२१ र २५–२१ अङ्कले हराएको हो । समूह ‘ए’ मा रहेको चौतारा पहिलो भई छ अङ्कसहित क्वाटरफाइनलमा प्रवेश गरेको छ । यस्तै समूह ‘ए’बाट चार अङ्कसहित दोस्रो भएको ललितपुरसमेत क्वाटरफाइनलमा पुगेको छ । सो समूहमा रहेको भक्तपुर नगरपालिका प्रतियोगिताबाट बाहिरिएको प्रतियोगिता प्रचारप्रसार उपसमितिकी संयोजक निलम बज्राचार्यले जानकारी दिनुभयो ।
यस्तै समूह ‘सी’बाट महालक्ष्मी तथा पनौती नगरपालिका पुरुषतर्फको खेलमा क्वाटरफाइनलमा पुगेका छन् । उक्त समूहबाट टोखा नगरपालिका बाहिरिएको छ । समूह ‘डी’अन्तर्गतको खेलमा पुरुषतर्फ गोकर्णेश्वर तथा कमलामाई नगरपालिका आ–आफ्नो खेलमा विजयी भएका छन् । गोकर्णेश्वरले धुलिखेल नगरपालिकालाई २५–२३, २५–१४ र २५–१९ अङ्कले हरायो । यस्तै कमलामाईले गोदावरी नगरपालिकालाई २५–१३, २५–१८ र २५–१८ अङ्कले पराजित गर्यो ।
यसैगरी महिलातर्फको खेलमा विदुर, गोकर्णेश्वर र चन्द्रागिरि नगरपालिका विजयी भएका छन् । विदुरले टोखा नगरपालिकालाई २५–२२, २५–५, २३–२५ र २५–९ अङ्कले हरायो । गोकर्णेश्वरले हेटाँैडालाई २५–१६, २५–११ र २५–२२ अङ्कले तथा चन्द्रागिरिले बनेपा नगरपालिकालाई २५–७, २५–९ र २५–५ अङ्कले पराजित गर्यो । ललितपुर महानगरपालिकाले आफ्नो १०१औँ स्थापना दिवसका अवसरमा उक्त प्रतियोगिता आयोजना गरेको हो । प्रतियोगितामा पुरुषतर्फ १३ तथा महिलातर्फ आठ नगरपालिका सहभागी रहेको संयोजक बज्राचार्यले बताउनुभयो ।
पुरुष तथा महिला भलिबलका विजेताले रु दुई लाख, उपविजेताले रु एक लाख, तेस्रो हुनेले रु ५० हजार र चौथो हुनेले रु २५ हजार पुरस्कार प्राप्त गर्नेछन् । पुरुष र महिलातर्फ सर्वोकृष्ट हुने खेलाडीलाई रु १० हजार तथा उत्कृष्ट स्पाइकर, ब्लकर, सेटर, डिफेन्स, सर्भर र प्रशिक्षकले जनही रु पाँच हजार पुरस्कार प्रदान गरिनेछ । रासस
News Desk 0 response मङ्लबार, पुस २२, २०७६

सम्बन्धित शीर्षकहरु
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



