

-
पोखरा । मुस्ताङ र आसपासमा परेको हिमपातसँगै यतिखेर चिसोकोे प्रवाह नगरी आन्तरिक पर्यटक पुग्न थालेसँगै त्यस क्षेत्रमा चहलपहल बढेको छ । विगतमा चिसो छल्न पोखरा, काठमाडौँलगायतका स्थानमा जाने गरेका मुस्ताङका स्थानीयवासी पर्यटकको आगमन बढेपछि अहिले भने होटेल तथा व्यवसाय सञ्चालन गरी बसेका छन् । चिसो छल्न विगतमा बेँसीतिर झनुपर्ने बाध्यता रहेकोमा अहिले हिमपात हेर्न र हिउँ खेल्न आउने पर्यटकले उनीहरू पनि उतै रोकिएका हुन् ।
हिउँका कारण सेताम्य भएका भूभाग हेर्नुका साथै हिमपात भइरहेकोे रमणीय दृश्य अवलोकन गर्न चाहनेका कारण मुस्ताङका होटेलमा पर्यटक आउने र बस्ने क्रम नरोकिएको कालापानीस्थित होटल सियु लजका सञ्चालक अमित तुलाचनले जानकारी दिनुभयो । पछिल्ला समयमा मुस्ताङसम्मको सडक मार्ग सहज बन्नुका साथै ठाउँठाउँमा सुविधा सम्पन्न होटेल सञ्चालनमा आएकाले यो क्षेत्रमा बाह्रैमास पर्यटकको चहलपहल हुने गरेको उहाँले जानकारी दिनुभयो ।
पर्यटकीय नगरी पोखरा आएका पर्यटक हिमाली दृश्य अवलोकनकै लागि मुस्ताङसम्म पुग्ने गरेका छन् । यातायात सहज भएकोले बेमौसममा पनि पर्यटकको आगमन नरोकिएको स्थानीयवासी बताउँछन् । मुस्ताङ पुग्ने पर्यटक धार्मिक पर्यटकीय तीर्थस्थल मुक्तिनाथसम्म पुगेर फर्कन्छन् । कतिपय उपल्लो मुस्ताङको लोमन्थाङ हुँदै कोराला नाकासम्म पुग्छन् ।
यसपटक हिमपात भएसँगै हिउँ खेल्न पोखरालगायतका स्थानबाट पर्यटक आउने गरेको थकाली सामुदायिक ‘होमस्टे’ ठिनीका सचिव जुना थकालीले जानकारी दिनुभयो । “ हिमपातका कारण हिउँ खेल्नकै लागि पर्यटक आएका छन्, हिमपातले यस क्षेत्रमा पर्यटकको बसाइ लम्ब्याउन सहयोग पु¥याएको छ”, उहाँले भन्नुभयो ।
ठिनी पुग्नेहरु नजिकैको ढुम्बा ताल, हिउँले ढाकिएका डाँडा, गाउँ माथिको हिउँ चितुवा गुफा अवलोकन गर्न पुग्छन् । मुस्ताङ पुग्ने पर्यटकमध्ये कतिपय पोखराबाट सिधै हवाइजहाज मार्फत जोमसोम विमानस्थल झर्छन् । कतिपय पोखराबाट पर्वत, म्यादी हुँदै सवारीसाधन लिएर पुग्छन् ।
पर्यटक पुग्ने क्रम बढेसँगै अचेल मुस्ताङमा होटल व्यवसायमा लगानी बढिरहेको मुक्तिनाथको रानीपौवास्थित होटेल ग्रान्ड साम्बालाका सञ्चालक सुरज गुरुङले बताउनुभयो । सुविधा सम्पन्न होटेल थपिनाले पर्यटकलाई सजिलो भएको छ । विगतमा जाडोमा पर्ने हिउँले यहाँकोे जनजीवन कष्टकर हुने गरेकोमा पछिल्ला वर्ष त्यो हिमपात आयआर्जनको माध्यम बन्न थालेको उहाँले बताउनुभयो ।
“हिमाली क्षेत्रमा हिमपात भएपछि उवालगायतका कृषिजन्य बाली फस्टाउने भएकाले स्थानीयमा खुसी छाउँथ्यो”, उहाँले भन्नुभयो, “ अचेल हिमपातसँगै हिउँ खेल्न पर्यटक आउन थालेकाले आम्दानी बढाएको छ ।” सरकारले नेपाल भ्रमण वर्ष २०२० मनाइरहेको यस वर्ष मुस्ताङमा आन्तरिक तथा बाह्य पर्यटक बढ्ने विश्वास लिइएको छ । रासस
News Desk 0 response मङ्लबार, पुस २२, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



