-
धनगढी । वर्षापछिको शीतलहरसँगै लामो समयसम्म भएको चिसो मौसमका कारण कैलाली र कञ्चनपुर जिल्लाको आलु, गोलभेँडा खेतीमा डढुवा रोगको सङ्क्रमण भई नष्ट हुन थालेको छ । बालीमा डढुवाको सङ्क्रमण फैलिएर बाली नष्ट हुन थालेपछि किसान चिन्तित बनेका छन् ।
कैलालीका किसान नारायण चौधरीले डढुवाको समस्याले आलु र गोलभेँडा बाली नोक्सान पु-याएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पाँच कठ्ठामा आलुखेती गरिएको थियो, अहिले चिसोका कारण रोग लागेर नोक्सान पु¥याएको छ ।”
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले थौरै जग्गामा खेती गर्ने किसानको आलु र गोलभेँडामा डढुवाको सङ्क्रमण फैलिई नोक्सान पुगेको भए पनि ठूलो क्षेत्रफलमा व्यावसायिक खेती गर्नेको बालीमा त्यति क्षति नपुगेको बताउनुभयो ।
“ढुसीनाषक विषादी छर्केर बाली बचाउने ज्ञान भएका किसानको बाली जोगिएको छ, विषादी नछर्किनेहरुको बालीमा डढुवाको सङ्क्रमण देखिँदा नोक्सान भएको छ”, भट्टले भन्नुभयो ।
रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने अवस्थाको चिसो मौसममा सुषुुप्त अवस्थामा रहेको ढुसी सक्रिय हुन गई डढुवाको सङ्क्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ । डढुवा रोगले गोलभेँडाको तुलनामा आलुबालीमा बढी नोक्सान पु-याएको छ । डढुवा रोगका कारण यी दुवै जिल्लाको झण्डै १५ प्रतिशत आलु र गोलभेँडा बालीमा नोक्सान पु-याएको बताइएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्मा डढुवाको सङ्क्रमणबाट आलु र गोलभेँडा बाली जोगाउन क्रिनोक्सिल, मेटाल्याक्सिल समूहको विषादीका साथै एक्रोप्याट वा सेन्टिन प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किनुपर्ने सुझाव दिनुहुन्छ । टिप्न तयार भइसकेको आलु र गोलभेँडा बालीको हकमा भने यो विषदी छर्किनु नपर्ने सल्लाह उहाँको छ । हिउँदे आलु कैलाली जिल्लामा पाँच हजार २३० हेक्टर र कञ्चनपुर जिल्लामा एक हजार ५०० हेक्टर जग्गामा खेती गर्ने गरिएको छ । रासस
News Desk 0 response मङ्लबार, पुस २२, २०७६
सम्बन्धित शीर्षकहरु
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र सापकोटासहित सर्वसम्मत
शुक्रबार, पुस २६, २०८१पेट्रोल र डिजेलको मूल्य बढ्दा हवाई इन्धनको घट्यो
मङ्लबार, पुस १६, २०८१अमेरिकी डलरमा नयाँ रेकर्ड : नेपाली रुपैयाँ अहिलेसम्मकै कमजोर
आइतवार, पुस १४, २०८१-
अन्तरिक्षमा रहेको चिनियाँ टोलीले गरेको नयाँ परीक्षण..
मङ्लबार, माघ १, २०८१ -
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१
-
आज माघे सक्रान्ति : यी ठाउँमा विशेष..
मङ्लबार, माघ १, २०८१ -
आज नुवाकोटको तारुकामा गोरु जुधाउने दिन
मङ्लबार, माघ १, २०८१ -
चीन केन्द्रबिन्दु भएर भूकम्प, नेपालमा पनि धक्का
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिले रोके भूमि अध्यादेश
सोमवार, पुस २९, २०८१ -
राष्ट्रपतिद्वारा ४ वटा अध्यादेश जारी
सोमवार, पुस २९, २०८१
-
भूकम्प पीडित चिनियाँ नागरिकलाई महावाणिज्य दूतावासको सहजिकरणमा..
शुक्रबार, पुस २६, २०८१ -
मेरो नेतृत्वको सिन्धु युएसए वेलफेर सोसाइटी र..
शनिबार, पुस २०, २०८१ -
नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनको अध्यक्षमा राजेन्द्र..
शुक्रबार, पुस २६, २०८१ -
कुश्माको ‘द क्लिफ’ मा विश्वकै लामो र..
बिहिबार, पुस २५, २०८१ -
एकैपटक तीनवटा अध्यादेश ल्याउने सरकारको निर्णय
शनिबार, पुस २७, २०८१