

-
धनगढी । वर्षापछिको शीतलहरसँगै लामो समयसम्म भएको चिसो मौसमका कारण कैलाली र कञ्चनपुर जिल्लाको आलु, गोलभेँडा खेतीमा डढुवा रोगको सङ्क्रमण भई नष्ट हुन थालेको छ । बालीमा डढुवाको सङ्क्रमण फैलिएर बाली नष्ट हुन थालेपछि किसान चिन्तित बनेका छन् ।
कैलालीका किसान नारायण चौधरीले डढुवाको समस्याले आलु र गोलभेँडा बाली नोक्सान पु-याएको गुनासो गर्नुभयो । उहाँले भन्नुभयो, “पाँच कठ्ठामा आलुखेती गरिएको थियो, अहिले चिसोका कारण रोग लागेर नोक्सान पु¥याएको छ ।”
कृषि ज्ञान केन्द्र कञ्चनपुरका प्रमुख रामचन्द्र भट्टले थौरै जग्गामा खेती गर्ने किसानको आलु र गोलभेँडामा डढुवाको सङ्क्रमण फैलिई नोक्सान पुगेको भए पनि ठूलो क्षेत्रफलमा व्यावसायिक खेती गर्नेको बालीमा त्यति क्षति नपुगेको बताउनुभयो ।
“ढुसीनाषक विषादी छर्केर बाली बचाउने ज्ञान भएका किसानको बाली जोगिएको छ, विषादी नछर्किनेहरुको बालीमा डढुवाको सङ्क्रमण देखिँदा नोक्सान भएको छ”, भट्टले भन्नुभयो ।
रातिको तापक्रम तीन डिग्री सेल्सियसभन्दा तल जाने र आद्रता बढ्न गई शीत पर्ने अवस्थाको चिसो मौसममा सुषुुप्त अवस्थामा रहेको ढुसी सक्रिय हुन गई डढुवाको सङ्क्रमण देखिने गरेको कृषि प्रविधिकको भनाइ छ । डढुवा रोगले गोलभेँडाको तुलनामा आलुबालीमा बढी नोक्सान पु-याएको छ । डढुवा रोगका कारण यी दुवै जिल्लाको झण्डै १५ प्रतिशत आलु र गोलभेँडा बालीमा नोक्सान पु-याएको बताइएको छ ।
भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका प्रवक्ता खगेन्द्रप्रसाद शर्मा डढुवाको सङ्क्रमणबाट आलु र गोलभेँडा बाली जोगाउन क्रिनोक्सिल, मेटाल्याक्सिल समूहको विषादीका साथै एक्रोप्याट वा सेन्टिन प्रतिलिटर पानीमा डेढ ग्राम मिसाएर बनाइएको झोल एक हप्ताको फरकमा छर्किनुपर्ने सुझाव दिनुहुन्छ । टिप्न तयार भइसकेको आलु र गोलभेँडा बालीको हकमा भने यो विषदी छर्किनु नपर्ने सल्लाह उहाँको छ । हिउँदे आलु कैलाली जिल्लामा पाँच हजार २३० हेक्टर र कञ्चनपुर जिल्लामा एक हजार ५०० हेक्टर जग्गामा खेती गर्ने गरिएको छ । रासस
News Desk 0 response मङ्लबार, पुस २२, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



