

-
रुकुमपूर्व । महको पकेट क्षेत्र घोषणा गरिएको रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–३ मा मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् ।
प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगको कारण मह उत्पादनमा कमि जनाइएको छ । यस पटक मह उत्पादनका लागि धैरे अपेक्षा गरे पनि अप्रत्यासित ढङ्गले गिरावट आएको सिस्ने गाउँपालिका–३ पोखराका मौरीपालक किसान ओमप्रकाश खड्काले बताउनुभयो ।
एक सय ६० भन्दा बढी घार मौरी पाल्नुभएका सिस्ने–३ पोखराका ओमप्रकाशले गत वर्ष एकपटकमा महबाट करिब रु पाँच लाख आम्दानी गर्नुभएको थियो । उहाले भन्नुभयो “पोहोरसाल मैलै २५० धार्नी मह बिक्री गरेँ र यसपटक मुस्किले १२५ धार्नी बिक्री गरेँ ।
सिस्ने गाउँपालिका–३ का कृषक कमला खड्काले पनि यस वर्ष मह उत्पादनमा कमी आएको बताउनुभयो । उहाँले गत वर्ष १३० धार्नी मह बिक्री गरेर रु दुई लाख ६० हजार आम्दानी गर्नुभएको थियो तर यस वर्षमा भने ६५ धार्नी मात्रै मह बिक्री गरेको जानकारी दिनुभयो ।
यहाँको मह प्रतिधार्नी रु दुई हजार २०० मा बिक्री गर्दै आएको छ । पछिल्लो समय माहुरीको चरण क्षेत्र मासिनु, जथाभावी विषादी प्रयोग, प्राविधिक ज्ञानको कमी र विभिन्न किसिमका रोगको संक्रमण लगायतका कारणले मह उत्पादनमा कमी आएको जनाइएको छ ।
यहाँको मह रुकुमपूर्व, रुकुम पश्चिमसहित दाङसम्म बिक्री हुने गर्दछ । सिस्ने गाउँपालिका–३ पोखरामा उत्पादन भएको महले बजारको माग धान्न सकिराखेको छैन । बजारको चिन्ता नहुने तथा सजिलै बजार पाउँदा माहुरीपालक कृषक उत्साहित छन् । मह उत्पादनमा कमी आउँदा उनीहरु चिन्तित बनेका छन् । रासस
News Desk 0 response सोमवार, पुस २१, २०७६


सम्बन्धित शीर्षकहरु
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८०