

-
रुकुमपूर्व । महको पकेट क्षेत्र घोषणा गरिएको रुकुम (पूर्व) को सिस्ने गाउँपालिका–३ मा मह उत्पादनमा कमी आएको छ । गत वर्षको तुलनामा यस वर्ष मह उत्पादनमा कमी आएको मौरीपालक कृषक बताउँछन् ।
प्रतिकूल मौसम, शीतलहरका साथै विभिन्न रोगको कारण मह उत्पादनमा कमि जनाइएको छ । यस पटक मह उत्पादनका लागि धैरे अपेक्षा गरे पनि अप्रत्यासित ढङ्गले गिरावट आएको सिस्ने गाउँपालिका–३ पोखराका मौरीपालक किसान ओमप्रकाश खड्काले बताउनुभयो ।
एक सय ६० भन्दा बढी घार मौरी पाल्नुभएका सिस्ने–३ पोखराका ओमप्रकाशले गत वर्ष एकपटकमा महबाट करिब रु पाँच लाख आम्दानी गर्नुभएको थियो । उहाले भन्नुभयो “पोहोरसाल मैलै २५० धार्नी मह बिक्री गरेँ र यसपटक मुस्किले १२५ धार्नी बिक्री गरेँ ।
सिस्ने गाउँपालिका–३ का कृषक कमला खड्काले पनि यस वर्ष मह उत्पादनमा कमी आएको बताउनुभयो । उहाँले गत वर्ष १३० धार्नी मह बिक्री गरेर रु दुई लाख ६० हजार आम्दानी गर्नुभएको थियो तर यस वर्षमा भने ६५ धार्नी मात्रै मह बिक्री गरेको जानकारी दिनुभयो ।
यहाँको मह प्रतिधार्नी रु दुई हजार २०० मा बिक्री गर्दै आएको छ । पछिल्लो समय माहुरीको चरण क्षेत्र मासिनु, जथाभावी विषादी प्रयोग, प्राविधिक ज्ञानको कमी र विभिन्न किसिमका रोगको संक्रमण लगायतका कारणले मह उत्पादनमा कमी आएको जनाइएको छ ।
यहाँको मह रुकुमपूर्व, रुकुम पश्चिमसहित दाङसम्म बिक्री हुने गर्दछ । सिस्ने गाउँपालिका–३ पोखरामा उत्पादन भएको महले बजारको माग धान्न सकिराखेको छैन । बजारको चिन्ता नहुने तथा सजिलै बजार पाउँदा माहुरीपालक कृषक उत्साहित छन् । मह उत्पादनमा कमी आउँदा उनीहरु चिन्तित बनेका छन् । रासस
News Desk 0 response सोमवार, पुस २१, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



