

-
परासी । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले औद्योगिक क्षेत्रको विद्युत् माग पूरा गर्न सवस्टेशन निर्माणलाई जोड दिएको जानकारी दिनुभएको छ ।
पश्चिम नवलपरासीस्थित नेपाल विद्युत् प्राधिकरण परासी वितरण केन्द्रको नवनिर्मित कार्यालय भवनको शनिबार उद्घाटन गर्दै उहाँले परासी–भैरहवा औद्योगिक क्षेत्रमा सवस्टेशन बनाउन लागिएको बताउनुभयो ।
पश्चिम नवलपरासीको हकुईमा सवस्टेशन बन्ने जानकारी दिँदै कार्यकारी निर्देशक घिसिङले भन्नुभयोे, “परासी–भैरहवा क्षेत्र औद्योगिक क्षेत्रको रूपमा विकास भइरहँदा विद्युत्को माग बढिरहेको छ, उद्योगलाई विद्युत् माग पूरा गर्न हामीले नवलपरासीकै हकुईमा १३२ केभीएको सवस्टेशन बनाउँदैछौँ, त्यहाँबाट उद्योगलाई पर्याप्त विद्युत् आपूर्ति हुन्छ ।”
उक्त क्षेत्रमा उद्योगीले लामो समयदेखि सवस्टेशन बनाउन माग गर्दै आएका थिए । नवलपरासीकै सुनवलमा पनि न्यू बुटवल–गोरखपुर प्रसारण लाइनअन्तर्गत ४०० केभीएको सवस्टेशन बन्ने प्रक्रियामा छ ।
परासी वितरण केन्द्रको भवन रु ९० लाख निर्माण भएको केन्द्र प्रमुख विजय महतोले जानकारी दिनुभयो । कार्यकारी निर्देशक घिसिङले शनिबार नै नवलपरासीमा निर्माण हुनलागेको न्यू बुटवल सवस्टेशन, भरतपुर–बर्दघाट ट्रान्समिसन लाइन र होङ्सी सिमेन्ट ट्रान्समिसन लाइनको पनि निरीक्षण गर्नुभयो । रासस
News Desk 0 response आइतवार, पुस २०, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



