

-
सिञ्जा । तिला गाउँपालिकाको दुर्गम पुरुगाउँमा एउटै कुलोको पानीबाट घट्ट सञ्चालन, बिजुली बत्ती निकाल्न तथा सिँचाइमा प्रयोग गरिएको छ । बत्ती बलेपछि गाउँ झिलीमिली भएको छ ।
वन तथा बातावरण मन्त्रालय र विश्व खाद्य कार्यक्रमअन्तर्गत स्थानीय संस्था पेस नेपालले ‘खाद्य सुरक्षा र जलवायु अनुकूलताको क्याप्स कर्णाली’ परियोजनाअन्तर्गत सो कार्य सम्पन्न भएको हो । गाउँको १६ हेक्टर जमीनमा सिँचाइ सुविधा पुगेको वडा नं ७ का वडाध्यक्ष सन्तवीर रावतले जानकारी दिनुभयो । उहाँका अनुसार सोही कुलोबाट ११ किलोवाट बिजुलीसमेत निकालिएको छ ।
जम्मा ११८ घरधुरी रहेको सो गाउँमा पक्की कुलो निर्माणपछि बिजुली बत्ती निकालिएको लसुनडाँडी बहुउद्देश्यीय सिँचाइ योजनाका सचिव नरेन्द्र विकले जानकारी दिनुभयो । उहाँका अनुसार सिँचाइ, बत्तीसँगै घट्ट पनि सञ्चालनमा ल्याउने तयारी थालिएको बताउनुभयो । रु ५२ लाख लागतमा कुलोको निर्माण सम्पन्न भएको पेस नेपालका कार्यकारी अध्यक्ष किशोर न्यौपानले जानकारी दिनुभयो । गाउँपालिकाका अध्यक्ष रतननाथ योगीले सिँचाइ, बिजुली र घट्टले आर्थिक जीवन माथि उकास्ने बताउनुभयो । रासस
News Desk 0 response आइतवार, पुस २०, २०७६


सम्बन्धित शीर्षकहरु
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
काेशी प्रदेशकाे बजेट सर्वसम्मत पारित
बुधबार, मंसिर १३, २०८० -
व्यावसायिक उत्पादन गरेपछि ग्रेस अवधिको पूँजीकृत ब्याजलाई..
बुधबार, मंसिर १३, २०८० -
१८७६ विन्दुमा झर्यो सेयर बजार, कारोबार रकम..
बुधबार, मंसिर १३, २०८० -
रास्वपाका सबै सांसद बने केन्द्रीय सदस्य
बुधबार, मंसिर १३, २०८०
-
केपी ओली कप टी २० क्रिकेट प्रतियोगिता..
बिहिबार, मंसिर ७, २०८० -
सर्वोच्चमै सात न्यायाधीश रिक्त, साढे दुई वर्षदेखि..
मङ्लबार, मंसिर ५, २०८० -
७१ सहसचिवको सरुवा (सूचीसहित)
सोमवार, मंसिर ११, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
कसैले भन्दैमा राजतन्त्र आउनेवाला छैन : देउवा
सोमवार, मंसिर ११, २०८०