

-
काठमाडौँ । राष्ट्रिय घोडचढी प्रतियोगिता एक सातापछि हुने भएको छ । काठमाडौँको टुँडिखेलमा यही पुस २५ गतेदेखि नेपाल घोडचढी सङ्घको आयोजनामा छैटौँ राष्ट्रिय घोडचढी प्रतियोगिता हुन लागेको हो ।
आयोजक सङ्घका अध्यक्ष रवि राजकर्णिकारका अनुसार एकदिने प्रतियोगितामा हाइजम्प, टेन्ट पेगिङ र शो जम्पतर्फ २० पुरुष र छ महिला राइडरले प्रतिस्पर्धा गर्नेछन् । घोडचढीप्रति आकर्षित गर्न महिला स्पर्धा राखिएको उहाँले बताउनुभयो । पुरुषतर्फ पहिलो हुनेले रु २० हजार, दोस्रो हुनेले रु १५ हजार र तेस्रो हुनेले रु १० हजार पुरस्कार प्राप्त गर्नेछन् । महिला सहभागी सबैलाई जनही रु पाँच हजार पुरस्कार दिइनेछ ।
प्रतियोगिता आयोजनाका लागि सङ्घका अध्यक्ष कर्णिकार, टिभीएसका ब्यापार तथा बिक्री वितरण महाप्रबन्धक दीपकप्रसाद रौनियार, कतार एयरवेजका सेल्स म्यानेजर सारिका बोगटी तथा मित्सुविसी र लिओन मोटर्सका प्रतिनिधि निभा सिंहबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ । अध्यक्ष कर्णिकारले प्रतियोगितामा हालसम्म नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलसम्म मात्र सीमित रहेकाले अबका दिनमा जनस्तरमा लगिने बताउनुभयो । रासस
News Desk 0 response शनिबार, पुस १९, २०७६


सम्बन्धित शीर्षकहरु
-
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो
सोमवार, चैत्र १०, २०८१ -
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१
-
नेपालमा बाघको सङ्ख्या बढ्दै, बासस्थानको समस्या बढ्यो
सोमवार, चैत्र १०, २०८१ -
आज विश्व क्षयरोग दिवस : विभिन्न सचेतनामूलक..
सोमवार, चैत्र १०, २०८१ -
प्रमुख तीन दलबिच आज छलफल हुँदै, टीआरसीमा..
सोमवार, चैत्र १०, २०८१ -
आजको मौसम कस्तो रहला ?
सोमवार, चैत्र १०, २०८१ -
दाङमा प्लाई उद्योगमा लागेको आगो नियन्त्रण बाहिर,..
सोमवार, चैत्र १०, २०८१
-
गृह मन्त्रालय अन्तर्गतका ९ उपसचिवको सरुवा (सूचीसहित)
शुक्रबार, चैत्र ७, २०८१ -
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
काठमाडौं विश्वविद्यालयको उपकुलपतिमा अच्युत वाग्ले नियुक्त
मङ्लबार, चैत्र ४, २०८१ -
प्रतिनिधिसभा बैठक बस्दै, सांसदले उठाएका प्रश्नको प्रधानमन्त्रीले..
बिहिबार, चैत्र ६, २०८१ -
राष्ट्रियसभा बैठक आज बस्दै, यस्तो छ संभावित..
आइतवार, चैत्र ९, २०८१