

-
बेझाड । पाल्पामा यस वर्ष सुन्तला उत्पादन बढेको छ । अनुकूल मौसम, खेती विस्तार र बगैँचा सुधार गरेका कारण सुन्तलाको उत्पादन बढेको हो । उत्पादन बढेपछि कृषक यो व्यवसायमा हौसिएका छन् । जिल्लामा २० हजार ८०० रोपनी क्षेत्रफलमा सुन्तला खेती गरिएको छ । यस वर्ष छ हजार ९७५ मेट्रिक टन सुन्तला उत्पादन भउको कृषि ज्ञान केन्द्र पाल्पाले जनाएको छ ।
खेर गइरहेको पाखो पखेराका जमिन, फुर्सदको समय र थोरै लगानीमा पनि सुन्तला खेतीबाट राम्रो आम्दानी लिन यहाँका कृषक सफल भएका छन् । सुन्तलाबाट राम्रो आम्दानी हुने भएपछि शिक्षण पेशा छाडेर रैनादेवी छहराका कमल घिमिरे अहिले सुन्तला खेती गर्दै हुनुहुन्छ । सुन्तला बिक्रीबाट वार्षिक रु १० लाख देखि १५ लाखसम्म आम्दानी गर्दै आएको उहाँले बताउनुभयो ।
“सुन्तलाको बजार मूल्य पनि राम्रो छ, धेरै रेखदेख गर्न नपर्ने, खाली रहेका जग्गामा सुन्तला लगाएर मनग्य आम्दानी गर्न सकिँदो रहेछ”, घिमिरेले भन्नुभयो । शिक्षण पेशाभन्दा सुन्तला व्यवसाय नै राम्रो लागेको उहाँको भनाइ थियो । जिल्लाको रैनादेवी छहराको अमलाबास, पूर्वखोलाको जल्पा, निस्दीको गल्धा, बगनासकालीको खानिछाप, रिब्दीकोटको मैनादी सुन्तलाका मुख्य पकेट क्षेत्र हुन् । एउटै टोलबाट रु ७० देखि ८० लाखको सुन्तला बिक्री हुने गरेको छ ।
सुन्तलाको बजार सहज र लगानी पनि धेरै गर्न नपर्ने, सानो लगानीमा एउटै बोटमा राम्रो उत्पादन लिन पाइने भएपछि गाउँघरमा सुन्तला खेतीमा युवाको आकर्षण बढ्दो रहेको कृष्णविष्णु कोइराला बताउनुहुन्छ । पछिल्लो समय पाल्पामा प्रमुख नगदेबालीको रुपमा सुन्तला खेती स्थापित हुँदै गएको छ ।
जिल्लामा विभिन्न स्थानमा सुन्तला पकेट क्षेत्र कायम गरी सुन्तलाको व्यावसायिक उत्पादन भइरहेको छ । स्थानीय तहका कृषि शाखा, कृषि ज्ञानकेन्द्र र सुन्तला जात फलफूल विकास केन्द्रको सहयोग पाएपछि वर्षेनी सुन्तला उत्पादक कृषक थपिँदै जाँदा उत्पादन बढेको हो ।
गुणस्तरीय बिरुवा, कृषकलाई समय समयमा तालीम, प्राविधिक सहयोग गरेपछि उत्पादन बढेको सुन्तला जात विकास केन्द्र पाल्पाका प्रमुख बोमबहादुर थापाले बताउनुभयो । “कृषकको बगँैचामा पुगेर प्राविधिक सेवालगायतका विभिन्न सहयोग गरिरहेका छौँ, हिजोआज कृषकले आम्दानीतर्फ ध्यान दिन थालेकाले उत्पादन बढ्दैछ”, थापाले भन्नुभयो । कृषि ज्ञानकेन्द्र पाल्पाले जिल्लामा सुन्तला कागतीको मिसन कार्यक्रम शुरु गर्दैछ । सुन्तला खेतीलाई विस्तार गरी कृषकको आयस्रोत बढाउन सुन्तला कागती मिसन कार्यक्रम शुरु गरेपछि उत्पादन झन बढ्ने कृषि ज्ञानकेन्द्र पाल्पाका प्रमुख शिवप्रसाद अर्याल बताउनुहुन्छ ।
“सुन्तलाको लागि राम्रो क्षेत्र रहेकाले कृषकले व्यावसायिक खेती गरेर राम्रो कमाइ गर्न सक्छन्, सुन्तला मिसन कार्यक्रम शुरु भएपछि कृषकको आयस्रोत अझ बढ्नेछ”, प्रमुख अर्यालले भन्नुभयो । जिल्लामा उत्पादन भएको सुन्तला सदरमुकाम तानसेन, बुटवल, पोखरालगायतका ठाउँमा बिक्री हुँदै आएको छ । कृषकले प्रतिकिलो रु ६० देखि ७० को हाराहारीमा सुन्तला बिक्री गरिरहेका छन् । रासस
News Desk 0 response शनिबार, पुस १९, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



