

-
लुम्बिनी । कृषि प्रधान देश भनेर चिनिने नेपालमा अन्नबाली, नगदेबाली, फलफूल खेती, पशुपालन मात्रै होइन, मत्स्य व्यवसाय पनि फस्टाउँदै गएको छ । पछिल्लो समय सरकारले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर विभिन्न कार्यक्रम घोषणा गरिरहेको बेला रुपन्देहीमा दुई हजारभन्दा बढी किसान मत्स्य व्यवसायमा लागेको पाइएको छ ।
सरकारले जिल्लाको केही क्षेत्रलाई ‘सुपर जोन’ घोषणा गरेर प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना पनि सञ्चालन गरेको छ । सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका, गैँडहवा गाउँपालिका र मायादेवी गाउँपालिका क्षेत्रमा उक्त परियोजना सञ्चालित छ । यहाँका अधिकांश किसान धान, गहुँखेती छाडेर माछापोखरी निर्माण र माछापालनमा लागेका छन् । उक्त क्षेत्रमा मात्रै ८०५ हेक्टरमा किसानले पोखरीमा माछा उत्पादन गरिरहेका छन् । जिल्लाभरि एक हजार १५० हेक्टरमा माछा व्यवसाय सञ्चालन भएका छन् । जिल्लाभरिको तथ्याङ्क हेर्दा दुई हजारभन्दा बढी किसान मत्स्य व्यवसायमा संलग्न रहेको नेपाल मत्स्य व्यवसायी महासङ्घ रुपन्देही अध्यक्ष दिवाकर भुसाल बताउनुहुन्छ ।
छपिया सिद्धपुरमा जिउँदो माछा पसल सञ्चालन गर्दै आउनुभएका तारा पाण्डेले दैनिक आठ क्विन्टल माछा बिक्री गर्नुहुन्छ । विसं २०५८ देखि उक्त पेशा गर्दै आउनुभएको उहाँले भन्नुभयो, “बजारको दिनमा आठ क्विन्टलसम्म सजिलै जान्छ, अन्य दिन पाँच क्विन्टल जान्छ”, पाण्डेले केही माछा आफ्नै पोखरीबाट निकालिरहेको त केही छिमेकीको पोखरीबाट खरीद गरेर बेच्ने गरेको बताउनुभयो ।
पाण्डेजस्तै स्थानीय किसान गणेशबहादुर शाहीले माछा व्यवसायबाट आफू सन्तुष्ट रहेको बताउनुभयो । उहाँले भन्नुभयो, “बिक्रीका लागि समस्या नै छैन, घरघरमा व्यापारी आउँछन्, उत्पादन राम्रै भएको छ ।”
माछा व्यवसायीलाई थप उत्साहित र हौसला प्रेरणा प्रदान गर्ने उद्देश्यले आगामी पुस २६ गतेदेखि रुपन्देहीमा मत्स्य महोत्सव पनि हुँदैछ । ‘सुपर जोन’अन्तर्गतका चार गाउँपालिकाको संयुक्त आयोजनामा हुने मत्स्य महोत्सवमा प्रदर्शनीका लागि १० किलोसम्मका माछा राखिने, बल्छी प्रतियोगिता तथा एउटा पोखरीमा मान्छे आफँै पोखरीमा पसेर समाउने कार्यक्रम पनि राख्ने तयारी भएको महोत्सव मूल आयोजक समिति संयोजक दिवाकर भुसालले बताउनुभयो ।
भुसालले भन्नुभयो, “माछाका लागि सरकारले गरेको लगानीलाई अझै प्रवद्र्धन गर्दै भारतीय माछालाई पूर्णरूपमा विस्थापित गर्न पनि महोत्सवले सघाउनेछ ।” जिल्लाका सियारी गाउँपालिका, शुद्धोधन गाउँपालिका, गैँडहवा गाउँपालिका र मायादेवी गाउँपालिकाको संयुक्त आयोजनामा हुन थालेको पाँचदिने रुपन्देही मत्स्य कृषि तथा माघी महोत्सव २०७६ को तयारी तीव्र गतिमा भइरहेको आयोजकले बताएका छन् । प्रदेशमै पहिलोपटक हुन थालेको उक्त कार्यक्रम सियारी गाउँपालिका वडा नं ७ मा हुन थालेको हो ।
महोत्सवमा ३० साना स्टल र १५ ठूला स्टल रहनेछन् । महोत्सव सफल बनाउन २१ सदस्यीय सचिवालय र आठ सदस्यीय सल्लाहकार समिति गठन गरिएको छ । रासस
News Desk 0 response शनिबार, पुस १९, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



