

-
सुर्खेत । वीरेन्द्रनगरमा सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकको प्रादेशिक कार्यालयको स्थापना गरिएको छ । कर्णाली प्रदेशभित्रका शाखा कार्यालयको अनुगमन, निरीक्षण तथा सुपरिवेक्षण गर्ने उद्देश्यले बैंकको प्रादेशिक कार्यालय स्थापना गरिएको हो ।
वीरेन्द्रनगर नगरपालिका–८ मा अवस्थित कार्यालयको शुक्रबार मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले उद्घाटन गर्दै वाणिज्य बैंकलाई निजी बैंकभन्दा छिटोछरितो र विश्वसनीय सेवा दिनुपर्ने चुनौती रहेको बताउनुभयो । साथै उहाँले कर्णालीवासीको आम्दानीको अवस्थालाई मध्यनजर गरेर सहुलियतपूर्ण कर्जा उपलब्ध गराउन आग्रह गर्नुभयो ।
बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले प्रादेशिक कार्यालयबाट रु एक करोड २५ लाखको ऋण स्वीकृत तथा रु दुई करोड ५० लाखसम्मको कर्जाको नवीकरण गर्न सकिने जानकारी दिनुभयो । मुलुकभर बैंकका झण्डै ३० लाख निक्षेपकर्ता, ग्राहक कर्जा रु दुई लाख र शाखा २२८ छन् । त्यस्तै, एटिएम शाखा २०५, शाखारहित बैंकिङ ९५, एटिएम ग्राहक चार लाख ५० हजार र मोबाइल बैंकिङका १० लाख ग्राहक छन् । रासस
News Desk 0 response शनिबार, पुस १९, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
देशभरका २६ लाख किसानको सूचीकरण
बिहिबार, असार ११, २०८३ -
माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रमा..
बिहिबार, असार ११, २०८३ -
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३
-
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
१४ हजार कर्मचारीहरुलाई ‘अनिवार्य अवकाश’मा पठाउने गृहकार्य
मङ्लबार, असार २, २०८३ -
गण्डकी प्रदेशकै आकर्षक पर्यटकीय गन्तव्य बन्दै तनहुँको..
बिहिबार, असार ४, २०८३



