

-
पोखरा । पोखरा उद्योग वाणिज्य सङ्घद्वारा पोखराको प्रदर्शनी केन्द्र नयाँ बजारमा आजदेखि आयोजना हुने व्यापार मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका उत्पादन पाइने भएको छ । मेलामा पूर्व मेचीदेखि पश्चिम महाकालीसम्मका औद्यौगिक तथा घरेलु उत्पादनका स्टल रहेको जानकारी दिँदै सङ्घका महासचिव तथा मेला प्रचारप्रसार समितिका संयोजक अर्जुन पोखरेलले दैनिक उपभोग्य वस्तु, लत्ताकपडादेखि गाडी र फूलहरु पनि मेलामा प्रदर्शन तथा बिक्रीका लागि राखिएको बताउनुभयो ।
चालीसको दशकमै पहिलो पटक पोखरामा व्यवस्थितरूपमा मेला आयोजना गरेको भन्दै सङ्घले २०५२ सालमा आयोजित पोखरा महोत्सव तथा राष्ट्रिय औद्योगिक व्यापार मेलाका पछिल्ला संस्करणबाट उद्यमशीलता वृद्धि तथा आर्थिक गतिविधि चलायमान बनाउन महत्वपूर्ण योगदान गरिरहेको जिकिर गरेको छ । देशभर मेला र महोत्सव आयोजना गर्ने लहर चले पनि पोखरामा आयोजना हुने व्यापार मेला तीभन्दा फरक रहेको दावी गर्दै महासचिव पोखरेलले मेला नाफामूलक नभई सहभागितामूलक भएको बताउनुभयो ।
मेलाको प्रवेश टिकट सर्वसाधारणका लागि ६० र विद्यार्थीका लागि ४० रुपैयाँ राखिएको छ । टिकट काटेबापत नेपाल टेलिकमसँगको सहकार्यमा ५० रुपैयाँ ब्यालेन्स भएको नेपाल टेलिकमको प्रिपेड सिम दिइने व्यवस्था मिलाइएको सङ्घका उपाध्यक्ष तथा प्रायोजन व्यवस्थापन उपसमिति संयोजक पवनकुमार प्रजापतिले जानकारी दिनुभयो । सिमकार्डका लागि एउटा फोटो र नागरिकताको फोटोकपी पनि साथै ल्याउन आग्रह गर्दै उहाँले यो योजनालाई टिकटमा खर्चेको पैसा फिर्ता भएको मान्दा पनि हुने उल्लेख गर्नुभयो । प्रवेश टिकटमा दैनिक एकजनालाई भाग्यशाली चिठ्ठामार्फत प्याराग्लाइडिङको व्यवस्थासहित अन्य आकर्षक उपहार र बम्पर उपहार पनि राखिएको आयोजकले जनाएको छ । रासस
News Desk 0 response शुक्रबार, पुस १८, २०७६

सम्बन्धित शीर्षकहरु
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
प्रधानमन्त्रीले बोलेको विषय निन्दनीय र घोर आपत्तिजनक..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३
-
रविले मोदीलाई बुधबार भेट्ने
सोमवार, जेष्ठ १८, २०८३ -
इरानी आक्रमणबाट अमेरिकाका २० वटा सैन्य स्थलमा..
सोमवार, जेष्ठ १८, २०८३ -
कृष्णबहादुर महरासँग १ लाख धरौटी माग्ने विशेष..
सोमवार, जेष्ठ १८, २०८३ -
श्रीलङ्कालाई हराउँदै नेपाल साफ महिला च्याम्पियनशिपको सेमिफाइनलमा
आइतवार, जेष्ठ १७, २०८३ -
धवलशमशेरले छाडे राप्रपा, नयाँ अभियानमा सहभागी हुन..
आइतवार, जेष्ठ १७, २०८३
-
सरकारी कर्मचारीको तलब बढाउने तयारी, ३५ देखि..
आइतवार, जेष्ठ १०, २०८३ -
उच्च विषादी प्रयोग गरिएको भन्दै जापानद्धारा भारतबाट..
आइतवार, जेष्ठ १०, २०८३ -
देउवा दम्पतीलाई पक्राउ नगर्न सर्वोच्चको आदेश
सोमवार, जेष्ठ ११, २०८३ -
तराईमा तातो हावाको लहर, सतर्कता अपनाउन आग्रह
शनिबार, जेष्ठ ९, २०८३ -
जेनजी आन्दोलनलाई हिंसात्मक बनाउन टिओबीको मुख्य भूमिका..
बुधबार, जेष्ठ १३, २०८३



