

-
काठमाडौँ । शहीद स्मारक ए डिभिजन लिगको चौथो चरणका खेल सकिँदासम्म मनाङ मस्र्याङ्दी क्लब शीर्ष स्थानमा छ । चार खेलमा तीनमा जीत तथा एक खेल बराबरी खेल्दै मनाङ १० अङ्कका साथ शीर्ष स्थानमा रहन सफल भएको हो । तेस्रो चरण सकिँदासम्म शत प्रतिशत नतिजा निकालेको मनाङ चौथो चरणमा फ्रेन्डस् क्बलसित १–१ को बराबरी खेल्न पुगेको थियो ।
तीन खेलमा जीत तथा एकमा बराबरी खलेको मछिन्द्र क्लब दोस्रो स्थानमा छ । मछिन्द्रले चौथो चरण सकिँदा नौ अङ्क जोडेको छ । यस्तै तीन खेलमा जीत तथा एकमा हार बेहोरेको त्रिभुवन आर्मी क्लब नौ अङ्कसहित लिगको तेस्रो स्थानमा छ । दुई खेलमा जीत तथा दुईमा बराबरी खेल्दै आठ अङ्कका साथ जावलाखेल चौथो स्थानमा छ । नेपाल पुलिस क्लब दुई खेलमा जीत, एउटामा हार तथा एउटामा बराबरी खेल्दै सात अङ्क जोडेर पाँचौँ स्थानमा पुग्न सफल भएको छ ।
यसैगरी दुई खेलमा जीत, एकमा हार र एउटामा बराबरी खेलेको थ्री स्टार सात अङ्कसहित लिगको छैटौँ स्थानमा छ । ब्रिगेड ब्वाइज क्लब दुईटामा जीत र दुई खेलमा हार बेहोर्दै छ अङ्कसहित सातौँ स्थानमा, न्यूरोड टिम दुई खेलमा जीत र दुई पराजित हुँदै चार अङ्कका साथ आठौँ, च्यासल युथ क्लब एक खेलमा जीत, दुईमा हार र एउटामा बराबरी खेल्दै चार अङ्कसहित नवौँ स्थानमा छ । सशस्त्र प्रहरी बलको एपीएफ क्लब चार खेलमा एउटामा जीत, दुईमा हार र एकमा बराबरी खेल्दै चार अङ्कसहित दशौँ स्थानमा र सङ्कटा क्लब एउटा खेलमा जीत, दुईमा हार तथा एउटामा बराबरी खेल्दै चार अङ्कसहित एघारौँ स्थानमा छ । उनीहरू समान अङ्क भए पनि गोल अन्तरका आधारमा दशौँ र ११औँ भएका हुन् ।
हिमालयन शेर्पा क्लब दुई खेलमा हार तथा दुईमा बराबरी खेलेर दुई अङ्क जोडेर १२औँ स्थानमा रहेको छ । चार खेलमा तीनमा हार तथा एकमा बराबरी खेल्दै एक अङ्क बटुलेको फ्रेन्डस् क्लब १३औँ स्थानमा छ । तेस्रो चरणको खेल सकिँदा फ्रेन्डस् क्लब अङ्कबिहीन थियो । तेस्रो चरणमा अङ्कविहीन अवस्थामा रहेको सरस्वती युथ क्लबको अवस्था चौथो चरणको खेल सकिँदा पनि उस्तै छ । ऊ चार खेलमै हार बेहोर्दै अङ्कविहीन नै छ ।
पाँचौँ चरणका खेल शनिबारदेखि
शहीद स्मारक ए डिभिजन लिगअन्तर्गत पाँचौँ चरणका खेल शनिबारदेखि हुनेछन् । पाँचौँ चरणका खेल दशरथ रङ्गशाला र सातदोेबाटोस्थित अखिल नेपाल फुटबल सङ्घ (एन्फा) कम्प्लेक्सको खेल मैदानमा खेलाइनेछ । यसअघि दशरथ रङ्गशालमा नेपाल भ्रमण वर्ष २०२० को उद्घाटन कार्यक्रम राखिएका कारण चौथो चरणका खेल सातदोबाटोमा खेलाइएको थियो । शनिबार सातदोबाटोमा न्यूरोड टिम र जावलाखेल युथ क्लबबीच तथा अर्को खेल दशरथ रङ्गशालामा मनाङ मस्र्याङ्दी क्लब र मछिन्द्र क्लबबीच हुनेछ ।
News Desk 0 response शुक्रबार, पुस १८, २०७६


सम्बन्धित शीर्षकहरु
-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
अमेरिकाद्वारा भेनेजुएलाका आपराधिक गिरोह सदस्यहरूलाई देश निकाला
सोमवार, चैत्र ३, २०८१
-
प्रहरी महानिरीक्षकमा दीपक थापा नियुक्त
सोमवार, चैत्र ३, २०८१ -
गणतन्त्र उल्ट्याउने कुनै पनि प्रयास सफल हुन..
सोमवार, चैत्र ३, २०८१ -
धनुषामा गोली चल्यो, एक जना घाइते
सोमवार, चैत्र ३, २०८१ -
एसइई परीक्षाको सम्पूर्ण तयारी पूरा, यस बर्ष..
सोमवार, चैत्र ३, २०८१ -
स्ववियु चुनाव शान्तिपूर्ण रुपमा गराउन शिक्षा मन्त्रालयको..
सोमवार, चैत्र ३, २०८१
-
वुमन्स डे कप टी–२० क्रिकेटमा नेपालले तेस्रो..
आइतवार, चैत्र २, २०८१ -
विपन्न समुदायका लागि कोहलपुरमा नमूना बस्ती निर्माण
शुक्रबार, फाल्गुन ३०, २०८१ -
जनकपुरधाममा महामूर्ख साबित गर्न तछाडमछाड
शुक्रबार, फाल्गुन ३०, २०८१ -
सडकमा फोहोर गरेको र क्षति पुर्याएको भन्दै..
सोमवार, फाल्गुन २६, २०८१ -
ताप्लेजुङका किसान सामूहिक मकैखेतीप्रति आकर्षित
बुधबार, फाल्गुन २८, २०८१