

-
रामपुर । रामपुर नगरपालिकामा २८ कृषक युवा स्वरोजगारमा छनोट भएका छन् । रामपुरका विभिन्न बैंक तथा नगरपालिकाले विभिन्न मापदण्डका आधारमा मूल्याङ्कन गरी ९१ जनाको आवेदनबाट स्वरोजगारका लागि ती कृषक छनोट गरेको हो ।
गत वर्षदेखि शुरु भएको स्वरोजगार कार्यक्रमअन्तर्गत तरकारी खेतीका निम्ति व्यक्तिगत रुपमा खेती गर्दा अनिवार्य दुई रोपनी तथा सामूहिक रुपमा खेती गर्दा १० रोपनी जग्गामा खेती गर्नुपर्ने प्रावधान छ । त्यस्तै कुखुरापालनका लागि व्यक्तिगत पाँच सय कुखुरा तथा सामूहिक रुपमा कुखुरा पाल्ने कृषकले तीन हजार कुखुरा पालेको हुनुपर्ने छ । नगरपालिकाले दिने सहयोगका लागि बाख्रापालनका लागि व्यक्तिगत १० बाख्राको माउ हुनुपर्ने र सामूहिक एक सय माउ बाख्रा पालेको हुनुपर्ने तथा मौरीका लागि व्यक्तिमा २० घार अनिवार्य हुनुपर्ने र सामूहिक भएमा एक सय घार हुनुपर्ने नगरपालिकाले तोकेको छ ।
भैंँसीपालन र बाख्रापालनका लागि छ–छ, गौपालनका लागि चार, कुखुरापालनका लागि आठ, च्याउ खेती र बङ्गुरपालनका लागि एक एक तथा आलुखेतीका लागि १२ फर्म चाहिन्छ । नगरपालिकामा बाहिरबाट तरकारी फलफूल र कृषि उपज नभित्र्याउनका लागि पहल गरिएको प्रशासकीय अधिकृत वाबुराम अर्यालले जानकारी दिनुभयो । नगरपालिकाले यही पुस महिनादेखि बुटवल, पोखरालगायत नारायणगढ क्षेत्रबाट रामपुरमा भित्रिने तरकारी, फलफूल तथा मासुलाई निरुत्साहन गर्ने लक्ष्य लिएको छ । अबदेखि रामपुरका कृषि हाटबजारमा रामपुरकै तरकारी बिक्री गरिने र त्यहाँका कृषकलाई व्यावसायिक बनाएर स्वरोजगार बनाउने योजना भएको नगरपालिकाका नगर प्रमुख रमणबहादुर थापाले बताउनुभयो । नगरपालिकाले गत हप्ता मात्रै रामपुरमा बाहिरबाट ल्याउने कुखुरा तथा अण्डा ल्याउन रोक लगाएको थियो । रासस
News Desk 0 response बुधबार, पुस १६, २०७६


सम्बन्धित शीर्षकहरु
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
सरकारको १० लाख पर्यटक भित्र्याउने लक्ष्य पूरा..
शनिबार, मंसिर १६, २०८०