

-
काठमाडौँ । काठमाडौँ महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले स्वयम्भूलाई पर्यटक केन्द्रका रुपमा विकास गर्ने बताउनुभएको छ । नेपाल भ्रमण वर्ष २०२० को अवसर पारेर आजबाट शुरु भएको सप्ताहव्यापी स्वयम्भू सांस्कृतिक महोत्सवको शुभारम्भ गर्दै प्रमुख शाक्यले विश्व सम्पदा सूचीमा सूचीकृत स्वयम्भू पर्यटकको आकर्षणको केन्द्र बन्ने विश्वास व्यक्त गर्नुभयो ।
“विश्व सम्पदा सूचीमा सूचीकृत हनुमानढोका दरबार क्षेत्र र स्वयम्भूको दूरी करिब दुई दशमलव दुई किलोमिटर मात्रै छ”, उहाँले भन्नुभयो, “यी दुई सम्पदालाई जोड्ने गरी हामीले हनुमानढोकादेखि स्वयम्भूसम्मको पदमार्ग निर्माणका लागि गुरुयोजना तयार पारिसकेका छौँ ।’’ यसलाई मूर्तरुप दिने कार्य अघि बढिसकेको पनि शाक्यले थप्नुभयो ।
प्रमुख शाक्यले आजबाट नेपाल भ्रमण वर्ष २०२० शुरु भएको भन्दै कामपाले यसलाई वर्षभरि नै मनाउने र नेपाल घुम्न आएका पर्यटकको बसाई लम्ब्याउन नयाँनयाँ योजना ल्याउने पनि बताउनुभयो । नेपाल घुम्न आउने पर्यटकको बसाई लम्ब्याउने, उहाँहरुलाई मुस्कानसहितको सेवा प्रदान गर्ने, नेपाल चिनाउने केही उपहार दिएर पठाउनेजस्ता योजना पनि शुरु गरेको कामपाका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिनुभयो ।
सङ्घीय सांसद जीवनराम श्रेष्ठले पनि मूर्त–अमूर्त सम्पदा संरक्षणका लागि कामपाले सकारात्मक पहल गरिरहेको धारणा राख्नुभयो । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल भ्रमण वर्ष २०२० लाई अब एक वर्ष मात्र होइन, कम्तीमा आठ–दश वर्षसम्म अभियानकै रुपमा अघि बढाउनुपर्ने धारणा राख्नुभयो । महोत्सव पुस २२ गतेसम्म चल्नेछ । रासस
News Desk 0 response बुधबार, पुस १६, २०७६

सम्बन्धित शीर्षकहरु
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३
-
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३


