

-
कञ्चनपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले खेलकुदका क्षेत्रमा नेपाल दक्षिण एशियामामा दोस्रो शक्तिका रुपमा देखापरेको बताउनुभएको छ ।
कञ्चनपुरको भीमदत्तनगरमा आयोजित ‘जैविक धार्मिक पर्यटन मार्ग म्याराथुन प्रतियोगिता’ को आज उद्घाटन गर्दै उहाँले खेलकुद क्षेत्रका प्रतिभाहरुको खोजी गरी उनीहरुलाई प्रोत्साहन गर्नुपर्ने बताउनुभयो ।
मन्त्री बाँस्कोटाले सुन्दर सुदूरपश्चिममा मनोरम पर्यटकीय क्षेत्रहरु रहेकाले यसको अध्ययन र अनुसन्धान हुनुपर्नेमा जोड दिदैं कृषि, पर्यटन र जडीबुटीको भण्डारका रुपमा रहेको सुदूरपश्चिम क्षेत्रको समृद्धि यसबाटै हुन सक्ने बताउनुभयो ।
शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको बाह्रसिङ्गा, सैपाल हिमाल, खप्तड लगायतका पर्यटकीय क्षेत्र सुदूरपश्चिम क्षेत्रमा नै पर्दछन् । “पर्यटकलाई यहाँसम्म पु¥याउनका लागि भौतिक पूर्वाधारसँगै सहज रुपमा घुम्ने वातावरण कायम गरिनुपर्छ”, उहाँले भन्नुभयो, “ऋषिमुनिहरुको चिन्तनको थलो र जडीबुटीको खानी खप्तडको विकास गरिनुपर्छ र यसका लागि सरकार प्रतिबद्ध छ ।” रासस
News Desk 0 response मङ्लबार, पुस १५, २०७६

सम्बन्धित शीर्षकहरु
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



