

-
सप्तरी । सप्तरीको विभिन्न स्थानमा हात्तीको समूहले एक दर्जन घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पु-याएको छ । कोशी टप्पु वन्यजन्तु आरक्षबाट आएका चार/पाँच वटा हात्तीको समूहले सप्तकोशी र खड्ग नगरपालिकामा घरको पर्खाल, टाटी भत्काउनुका साथै अन्नपात खाएर क्षति पु-याएको सप्तरी प्रहरीले जनाएको छ ।
हात्तीको समूहले सप्तकोशी नगरपालिका–९ बस्ने भरत यादव, ललन खङ्ग, वडा नं ११ का सन्तोषकुमार खङ्ग, राजेन्द्रप्रसाद साह, अशोकप्रसाद साह र दिनेश सरदारको फुसको घर भत्काउनुका साथै अन्नपात खाएर क्षति पु-याएको छ । हात्तीले घर भत्काउँदा भरतको रु १० हजार, ललनको रु ७० हजार, सन्तोषको रु १५ हजार, राजेन्द्रको रु २० हजार, अशोकको रु ३० हजार र दिनेशको रु २० हजार मूल्य बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक एवं सूचना अधिकारी तिलक भारतीले जानकारी दिनुभयो ।
यसैगरी खड्क नगरपालिका–४ अमहाटोलमा हात्तीले ऐसा खातुनको घरको पर्खाल भत्काई घरमा रहेको १२ बोरा चामल खाई नष्ट गर्दा रु एक लाख २० हजार बराबरको क्षति भएको छ । सोही ठाउँका मखन चौधरीको टिनको छानो र बाँसको टाटी भएको एक घर हात्तीले पूर्णरूपमा भत्काउँदा रु एक लाख बराबरको क्षति भएको छ ।
सीताराम सदाको घर भत्काउँदा रु एक लाख ३० हजार, मखन चौधरीको टिनको छानो र बासको टाटी भएको दुई घर भत्काउँदा रु ४० हजार, मुखालाल चौधरीको तीन घर भत्काउँदा रु एक लाख बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै वीरेन्द्र सदा, रजित चौधरी, सुखैर चौधरी, लोलाइ सदा, इन्द्रजित सदा, सुरुज सदा, सुखैर चौधरीको घर भत्काउँदा रु २०/२० हजार बराबरको क्षति भएको पीडितहरुले बताउनुभयो । रासस
News Desk 0 response मङ्लबार, पुस १५, २०७६


सम्बन्धित शीर्षकहरु
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
एमाले अध्यक्ष ओलीद्वारा कालिका मन्दिरमा विशेष पूजा..
बिहिबार, मंसिर २१, २०८० -
एनसेलको शेयर खरिद–बिक्री प्रक्रिया अघि नबढाउन अल्पकालीन..
बिहिबार, मंसिर २१, २०८० -
मौसम नखुल्दा काठमाडौंमा चिसो बढ्यो, वर्षाको सम्भावना..
बिहिबार, मंसिर २१, २०८० -
ठमेलका चोकमा सिसी क्यामरा जडान
बिहिबार, मंसिर २१, २०८० -
सूचनाको हक र गोपनीयतासम्बन्धी कानुनमा संशोधन गरिनेछ..
बिहिबार, मंसिर २१, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
गोरखाका नेवारले यसरी मनाए मकै सुकाउने पर्व
मङ्लबार, मंसिर १२, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८०