

-
भद्रपुर । सन् २०२० को जनवरी १ तारिखका दिन पूर्वीनाका काँकडभिट्टाबाट नेपाल प्रवेश गर्ने पाँच विदेशी पाहुनालाई सम्मान गरिने भएको छ । मेचीनगर नगरपालिकाले नाकामा विशेष कार्यक्रमको आयोजना गरी उनीहरुलाई सम्मान गर्ने भएको हो ।
नाकाबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई नेपाली ढाकाटोपी, अबिर र मालाले सम्मान गरिनेछ । प्रवेशद्वारमै कार्यक्रमको आयोजना गरी सो दिन विभिन्न जातजातिको झाँकीसहितको विशाल ¥याली निकालिने र उनीहरुको जातीय पहिचान, कला संस्कृति झल्कने सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिने नगर पर्यटन विकास समितिका संयोजक तथा नगरउपप्रमुख मीना उप्रेतीले बताउनुभयो ।
उहाँले यस नाकाबाट नेपाल आउने पर्यटकलाई मेचीनगरका पर्यटकीयस्थलका बारेमा जानकारी दिन होर्डिङबोर्ड राख्ने र घरबासको व्यवस्थाका बारेमा जानकारी दिने बताउनुभयो । उहाँले सुरक्षाकर्मीसँगको समन्वयमा सुरक्षा संयन्त्रलाई मजबुत बनाएको बताउनुभयो ।
त्यसैगरी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटीले सोही दिन भद्रपुर विमानस्थल भएर आउने पहिलो हवाईयात्रुलाई सम्मान गर्ने जनाएको छ । झापाका पर्यटकीयस्थलको बारेमा जानकारी दिने र एकपटक घुम्नका लागि निम्तोसमेत दिने नेकपा जिल्ला सदस्य शिव ढुङ्गेलले बताउनुभयो ।
भद्रपुर नगरपालिकाले विमानस्थलमै नगरका पर्यटकीय स्थानको बारेमा जानकारी दिन दृश्य बोर्ड राख्ने जनाएको छ । नगरमै रहेको महाभारतकालीन महत्व बोकेको किच्चक बध, महेन्द्र उद्यान, विभिन्न जातजातिका धार्मिक मठमन्दिर रहेको कमलधापलगायका बारेमा बोर्डमा जानकारी दिइने नगरका प्रशासकीय अधिकृत तुलसी श्रेष्ठले बताउनुभयो । रासस
News Desk 0 response मङ्लबार, पुस १५, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३



