

-
भैरहवा । यही पुस २४, २५ र २६ गते भारतको कोलकाता उलबरियास्थित रवीन्द्र भवनमा हुने नवौँ अन्तरराष्ट्रिय कराते च्याम्पियनसिप २०२० तथा अन्तरराष्ट्रिय स्पोर्टस एक्सलेन्स अवार्डमा नेपालका तर्फबाट मिसन गोजुरियोको टोलीले भाग लिने भएको छ । जापान गोजुरियो कराते डो मिसन सङ्घ नेपालका प्रमुख प्र्रशिक्षक केबी रानाले पाँच देशका पाँच सय खेलाडीको प्रतिस्पर्धा हुने उक्त प्रतियोगितामा नेपाली टोलीको नेतृत्व मिसन गोजुरियोले गर्ने पत्रकार सम्मेलनमा बताउनुभयो । प्रतियोगितामा श्रीलङ्का, भुटान, बंगलादेश, नेपाल र भारतका खेलाडीले प्रतिसपर्धा गर्ने छन् ।
मिसन गोजुरीयाका संस्थापक अध्यक्ष रानाले प्रतितयोगितामा १० वर्ष उमेर समूहदेखि १९ वर्षभन्दा माथिको उमेर समूहका करातेका कुमुतें र काता विधामा प्रतिसपर्धा हुने बताउनुभयो । यसअघि पुना, दिल्ली र पटनामा भएको अन्तराष्ट्रिय च्याम्पीयनपिपमा टिम च्याम्पियनसमेत रहेको नेपाली टोलीले नवौँ अन्तरराष्ट्रिय प्रतियोगितामा पनि दमदार प्रतिसपर्धा गर्ने मिसन गोजुरियोका केन्द्रीय सचिव गिरीप्रसाद पुनले बताउनुभयो । प्रतियोगितामा सात महिलासहित २० खेलाडी र सात अधिकृत गरी २७ जना सहभागी हुने बताइएको छ ।
प्रतियोगितामा विगतमा अन्तरराष्ट्रिय च्याम्पियनसिपमा स्वर्णपदक विजेता रुपा राना, सन्तु थारु, सुमन परियार, साहिल गुरुङ, विपीन गुरुङलगायतको सहभागिता हुने मिसन गोजुरियो रुपन्देहीका अध्यक्ष उमेश थापाले बताउनुभयो । रासस
News Desk 0 response सोमवार, पुस १४, २०७६

सम्बन्धित शीर्षकहरु
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



