

-
पोखरा । कास्की जिल्ला टेनिस सङ्घको आयोजना तथा माछापुच्छ्रे बैंकको मुख्य प्रायोजनमा पोखरामा जारी १७औँ माछापुच्छ्रे बैंक पोखरा ओपन तथा भेट्रान्स राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत महिला एकलको उपाधिका लागि शीर्ष वरियताकी प्रेरणा कोइराला र सलोनी तामाङ भिड्ने भएका छन् ।
पोखरा रङ्गशालामा शनिबार भएको वुमन्स ओपनको सेमिफाइनल खेलमा जित हासिल गर्दै कोइराला र तामाङले उपाधि भिडन्त गर्ने भएका हुन् । सेमिफाइनलमा प्रेरणाले भगवती विकलाई ५–० र रिटायर्ड हर्टमा पराजित गर्नुभयो भने सलोनीले गङ्गा शर्मालाई ६–०, ६–२ ले पराजित गर्नुभएको हो ।
प्रतियोगिताअन्तर्गत ३५ वर्षमाथिको एकलमा डिफेण्डिङ च्याम्पियन कमल भण्डारी, छेवाङ लामा, राजु श्रेष्ठ र सिमान्त गुरुङले सेमिफाइनलमा स्थान बनाउनुभएको छ । कमलले भीष्मजङ्ग गुरुङलाई ६–१, ६–३ ले, छेवाङले लक्ष्मण लामालाई ६–१, ६–१ ले, राजुले नवीन चालिसेलाई ६–२, ६–१ ले तथा सिमान्तले अनिल सेन्चुरीलाई ७–५, ६–२ ले पराजित गर्नुभएको हो ।
त्यस्तै ४५ वर्षमाथिका एकलमा विमल गुरुङ र गोपी भट्टराई फाइनल प्रवेशका लागि आमनेसामने हुनुहुनेछ । विमलले प्रताप मोक्तानलाई ६–४, ६–४ ले तथा गोपीले अमृत कार्कीलाई ६–३, ६–३ ले पराजित गर्नुभयो भने सोही उमेर समूहको अर्को खेलमा अनु जोनले धरमबहादुर लामिछानेलाई ६–१, ६–३ ले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गर्नुभएको हो ।
प्रतियोगिताको ५५ वर्षमाथिको एकलमा कमल थापाले ध्रुव गुरुङलाई ६–३, ७–५ ले, अनिल तुलाचनले इब्राहिम मुस्लिमलाई ७–६, ६–२ ले, मनोज राणाले समिर शेरचनलाई ६–१, ६–० ले तथा प्रदीप शाहले राजकुमार गुरुङलाई ६–२, ६–२ ले पराजित गर्दै सेमिफाइनलमा स्थान सुरक्षित पार्नुभयो ।
पैँतीस वर्षमाथिको डबल्स उपाधिका लागि कमल भण्डारी र राजु श्रेष्ठ (स्विड वे) को जोडीले सिमान्त गुरुङ र राजु श्रेष्ठ (गोर्खा) सँग खेल्ने भएको छ । कमल जोडीले छेवाङ लामा र चिरायजङ्ग थापाको जोडीलाई तथा सिमान्त जोडीले शरण गुरुङ र राजन पौडेलको जोडीलाई पराजित गरेको हो ।
त्यसैगरी ४५ वर्षमाथिको डबल्सतर्फ गोपीबहादुर भट्टराई र धरमबहादुर लामिछानेको जोडीले मनोज राणा र विमल गुरुङको जोडीसँग फाइनल खेल्नेछ । भट्टराई जोडीले दोर्जे लामा र अनु जोनको जोडीमाथि ५–२ र रिटायर्ड हर्टको नतिजा निकालेको हो भने राणा जोडीले वाकओभर पाएको थियो ।
प्रतियोगिताको ५५ वर्षमाथिको डबल्समार्फत कमल थापा र झ्याम्बा ढुण्डुप जोडीले सोभितमान श्रेष्ठ र पृथ्वीमान थकालीको जोडीलाई पराजित गर्दै फाइनलमा स्थान बनायो । समीर शेरचन र अनिल तुलाचनको जोडीले प्रदीप शाह र राम रानाको जोडीलाई पराजित गर्दै थापा जोडीसँग उपाधिका लागि निश्चित गरेको छ । पैँसठ्ठी वर्षमाथिको एकलमा छेतन नर्केलले मेजर लक्ष्मीप्रसाद गुरुङलाई पराजित गर्नुभएको प्रतियोगिता संयोजक कुमार अधिकारीले जानकारी दिनुभयो । रासस
News Desk 0 response आइतवार, पुस १३, २०७६

सम्बन्धित शीर्षकहरु
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



