

-
कास्की । विराटनगर टाइटन्स पोखरामा जारी दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग(पीपीएल) टी २० क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा आज भएको ‘इलिमिनेटर’ खेलमा बुटवल ब्लास्टर्सलाई २१ रनले पराजित गर्दै विराटनगरले फाइनलमा चितवन राइनोजसँगको भेट पक्का गरेको हो । खेलमा बुटवलले टस जितेर पहिला ब्याटिङ्को निम्ता दिएपछि निर्धारित २० ओभर पूरै खेल्दै पाँच विकेटको पतनमा विराटनगरले १६५ रन जोडेको थियो ।
अघिल्लो दिनको हारको बदला लिँदै प्रतियोगिताको फाइनल प्रवेशका लागि १६६ रनको मध्यमस्तरको लक्ष्य पछ्याएको बुटवल पूरै ओभर खेल्दै १४४ रनमा समेटियो । समूह चरणको आफ्नो अन्तिम खेलमा बुधबार बुटवललाई नै चार विकेटले पराजित गरेर नेट रनरेटमा अघि हुँदै विराटनगरले प्लेअफमा स्थान बनाएको थियो । उसले प्लेअफमासमेत आफ्नो रोमाञ्चक खेल पस्कदै पहिलो पटक पीपीएलको उपाधि नजिक पुग्न सफल भयो ।
खेलमा राम्रो शुरुआत गरे पनि अन्तिम क्रममा ब्याट्सम्यानहरुले दोहोरो अङ्कको रन लिन नसक्दा बुटवलको फाइनल प्रवेशको सपना पूरा हुन पाएन ।
शुरुआती ब्याट्सम्यान अफ्ताबुदिन अहमद चार दशमलव पाँच ओभरमा २२ बलमा ४३ रन जोडेर राम्रो शुरुआत गर्दै सहाव आलमबाट बोल्ड आउट हुनुभएको थियो । आलम र शङ्कर रानाले पहिलो विकेटका लागि ५३ रनको साझेदारी गर्नुभएपछि बुटवलको आश बढेको थियो ।
भीम सार्कीले ३४ बलमा ४४, पुरन विकले १६ बलमा १५ तथा शिभम् सिंहले ११ बलमा १४ रन जोड्नु बाहेक अन्य पाँच जना ब्याट्सम्यानले दोहोरो अङ्कको रन लिन सक्नुभएन भने दुई जनाले रनको खातानै नखोलिकन पेभिलियन फर्किएपछि फाइनलमा प्रवेश गरेर उपाधि जित्ने बुटवलको सपना अधूरै रहन पुग्यो ।
विराटनगरका साहव आलम र पुनित मेहराले समान तीन÷तीन तथा किशोर महतो, जीतेन्द्र मुखिया र आलमले एक÷एक विकेट लिनुभयो । विराटनगरका शुरुआती ब्याट्सम्यान सुनिल धमलाले ५४ बलमा ६१ रनको अर्धशतकीय पारी खेल्नुभयो भने कप्तान प्रदीप ऐरी १३ बलमा ३३ तथा मुहमद जैद आलमले १३ बलमा २०,लोकेश बम १६ बलमा १९ तथा पुनित मेहराले २१ बलमा १९ रनको योगदान दिनुभएको थियो ।
बुटवलका हर्ष टङ्कले दुई तथा ललित भण्डारी र अविनाश बोहराले एक/एक विकेट लिनुभएको थियो । फाइनल प्रवेश गरेको विराटनगरले पुस १२ गते उपाधिका लागि चितवनसँग स्पर्धा गर्नेछ । क्वीन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा मङ्सिर २९ गतेदेखि जारी प्रतियोगिताको विजेताले रु २७ लाख तथा उपविजेताले रु १० लाख पुरस्कार पाउनेछन् ।
त्यसैगरी ‘म्यान अफ दि सिरिज’,‘उत्कृष्ट ब्याट्सम्यान’ र ‘उत्कृष्ट बलर’ गरी तीन जना खेलाडीलाई टिभिएस मोटरसाइकल पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिताको ‘मोस्ट भ्यालुएवल’ खेलाडीलाई रु एक लाख, ‘इमर्जिङ’ खेलाडीलाई रु ५० हजार पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । रासस
News Desk 0 response बिहिबार, पुस १०, २०७६


सम्बन्धित शीर्षकहरु
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
भन्सार शुल्क बढाउने अमेरिकाको धम्कीपछि युरोपेली सङ्घ..
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२
-
यी पाँच प्रदेशमा ठूलो पानी पर्ने सम्भावना
सोमवार, असार ३०, २०८२ -
फिफा क्लब विश्वकपको उपाधि चेल्सीलाई
सोमवार, असार ३०, २०८२ -
२० वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपाल बङ्गलादेशसँग..
सोमवार, असार ३०, २०८२ -
स्पेन प्रकरण र मन्त्रीको घुस ‘डिल’ बारे..
आइतवार, असार २९, २०८२ -
काठमाडौं महानगरको २५ अर्ब ७६ करोड रुपैयाँको..
आइतवार, असार २९, २०८२
-
पर्यटकीय केन्द्र बन्दै ‘तीनखोले मन्दिर र झाँगाझोली..
आइतवार, असार २२, २०८२ -
सिङ्गापुरलाई २ विकेटले हराउँदै नेपालले जित्यो यू–१६..
शनिबार, असार २१, २०८२ -
सर्वोच्च अदालतमा तीन जना न्यायाधीश नियुक्त
सोमवार, असार २३, २०८२ -
बेलायतले इरानबाट बढ्दो र अप्रत्याशित खतराको सामना..
बिहिबार, असार २६, २०८२ -
मिथेन ग्यासको सम्पर्कमा आएर इराकमा १२ टर्किए..
सोमवार, असार २३, २०८२