

-
गलकोट । बागलुङ नगरलाई कृषि क्षेत्रमा आत्मनिर्भर बनाउने उद्देश्यले बागलुङ नगरपालिकाले परम्परागत बाली छाडेर सुन्तला खेती गर्नेलाई उब्जनी बराबरको रकम प्रदान गरेको छ । परम्परागत रुपमा गरिँदै आएको खाद्य बालीबाट राम्रो प्रतिफल प्राप्त हुन नसक्ने ठाउँमा सुन्तला खेती गर्न इच्छुक किसानलाई उत्पादन बराबरको रकम प्रदान गरिएको हो ।
नगरपालिकाले यसवर्ष परम्परागत बाली त्यागेर सुन्तला खेती गरेका १२ जना किसानलाई एकमुष्ठ रु दुई लाख ६२ हजार रकम हस्तान्तरण गरेको बागलुङ नगरपालिकाका नगरप्रमुख जनकराज पौडेलले जानकारी दिनुभयो । पौडेलले बागलुङ नगरपालिका–८ सिगानामा आयोजित सुन्तला महोत्सवको समापनका अवसरमा १२ जना किसानलाई सामूहिक रुपमा रकम हस्तान्तरण गर्नुभएको थियो ।
नगरभित्रका जमीनको वर्गीकरण गरी उपयुक्त बाली लगाउ प्रोत्साहन गर्ने उद्देश्यले यस्तो अभियान शुरु गरिएको नगरप्रमुख पौडेलले बताउनुभयो । परम्परागत खेती त्यागेर फलफूल खेती गर्न इच्छुक किसानलाई पहिलो वर्ष उक्त जग्गामा उत्पादन हुने बाली वापतको रकम नगरपालिकाले दिने नीतिअनुसार वितरण गरिएको थियो । नगरपालिकाले जारी गरेको कार्यविधिअनुसार किसानले तीन रोपनीभन्दा बढी जग्गामा फलफूल खेती शुरु गरे प्रति रोपनी रु चार हजारको दरले रकम प्रदान गर्नेछ ।
“ जसले खाद्य बाली लगाएपनि उपयुक्त प्रतिफल प्राप्त गर्न सकेका छैनन् उनीहरुलाई सुन्तला खेतीका लागि आकर्षित गर्न यो अभियान थालेका हौँ । अन्य कृषि उपज उत्पादन गर्न इच्छुक किसानलाई पनि यसरी नै उब्जनी बराबरको रकम प्रदान गर्ने तयारी गरिरहेका छौँ”, नगर प्रमुख पौडेलले भन्नुभयो ।
पहाडी भूभाग भएका कारण खाद्य बाली लगाउदा दुःख बढी हुने र उत्पादन कम हुने भएकाले परम्परागत बाली त्यागेर फलफूल खेती गर्नेलाई प्रोत्साहन गर्ने नगरको अभियान सकारात्मक भएको नपा ११ का किसान ओमबहादुर केसीले बताउनुभयो । उहाँले १० रोपनी जग्गामा सुन्तला तथा कागती खेती गरिरहेको भन्दै उक्त जग्गामा वर्षभरी दुःख गर्दा पनि ४० हजार आम्दानी हुन नसक्ने ठाउँमा सुन्तला खेती गरेर लाखौँ आम्दानी गर्न सकिने देखेरै यो खेती गरेको बताउनुभयो । रासस
News Desk 0 response बिहिबार, पुस १०, २०७६


सम्बन्धित शीर्षकहरु
-
मध्यरातमा त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन..
शुक्रबार, मंसिर २२, २०८० -
नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो
शुक्रबार, मंसिर २२, २०८० -
बाला चतुर्दशीमा पशुपति मन्दिर परिसरमा जथाभाबी शतबीज..
शुक्रबार, मंसिर २२, २०८० -
एसीसी १९ वर्षमुनिको एसिया कप आजदेखि युएईमा,..
शुक्रबार, मंसिर २२, २०८० -
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावका लागि दल दर्ताको..
शुक्रबार, मंसिर २२, २०८०
-
मध्यरातमा त्रिभुवन विमानस्थलबाट १४ किलो अवैध सुन..
शुक्रबार, मंसिर २२, २०८० -
नेपाली सेनामा प्राविधिक अधिकृत पदमा आवेदन खुल्यो
शुक्रबार, मंसिर २२, २०८० -
बाला चतुर्दशीमा पशुपति मन्दिर परिसरमा जथाभाबी शतबीज..
शुक्रबार, मंसिर २२, २०८० -
एसीसी १९ वर्षमुनिको एसिया कप आजदेखि युएईमा,..
शुक्रबार, मंसिर २२, २०८० -
निर्वाचन आयोगद्वारा राष्ट्रियसभा चुनावका लागि दल दर्ताको..
शुक्रबार, मंसिर २२, २०८०
-
नेकपा एमालेको मध्यपहाडी लोकमार्ग अभियान सुरु
बिहिबार, मंसिर १४, २०८० -
खागको तस्करी आरोपमा पक्राउ परेका ८ जना..
बिहिबार, मंसिर १४, २०८० -
बझाङ केन्द्रबिन्दु भएर ४.१ रेक्टरस्केलको भूकम्प
बुधबार, मंसिर १३, २०८० -
पेट्रोल र डिजेलको भाउ घट्यो, खाना पकाउने..
शुक्रबार, मंसिर १५, २०८० -
खरिदारको सरुवा फागुनसम्म रोकियो
मङ्लबार, मंसिर १२, २०८०