

-
काठमाडौँ । ढोरपाटन स्पोर्टस् क्लबको आयोजनामा १५औँ संस्करणको ढोरपाटन महिला डबल लिग भलिबल च्याम्पियनसिप आगामी माघमा हुने भएको छ ।
आगामी माघ १६ देखि २८ गतेसम्म हुने उक्त च्याम्पियनसिपमा विभिन्न १२ टोलीले प्रतिस्पर्धा गर्ने आज यहाँ आयोजित पत्रकार सम्मेलमा आयोजक क्लबका अध्यक्ष मनवीर छन्त्यालले जानकारी दिनुभयो । सो च्याम्पियनसिपमा न्यु डायमन्ड एकेडमी, टप्स मावि, बुलबुले रारा क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब र सशस्त्र प्रहरी बल (एपिएफ) रहेका छन् । त्यसैगरी पारामाउण्ट मावि, चुली युवा क्लब, चितवन टाइगर्स, थ्री स्टार एकेडमी, जावलाखेल भलिबल प्रशिक्षण केन्द्र र आयोजक ढोरपाटन क्लबले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतियोगिताको विजेता टोलीले रु चार लाख पाँच हजार तथा उपविजेताले रु दुई लाख पाँच हजार पाउनेछन् । तेस्रो हुने टोलीले रु एक लाख पाँच हजार, चौथो हुनेले रु ७५ हजार, पाँचौँले ५५ हजार, छैठौँले ४५ हजार तथा सातौँ हुने टोलीले रु ३५ हजार पाउने छन् ।
प्रतियोगितामा उत्कृष्ट खेलाडी, उदयीमान, वर्ष खेलाडी र ‘प्लेयर अफ दि सिरिज’ घोषित हुने खेलाडीले जनही एक थान स्कुटर पाउनेछन् । प्रतियोगिताको खेल नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको भलिबल कोर्टमा हुनेछ । रासस
News Desk 0 response बिहिबार, पुस १०, २०७६


सम्बन्धित शीर्षकहरु
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
रवि लामिछानेमाथि राहदानी दुरुपयोगको मुद्दा नचल्ने
सोमवार, चैत्र ६, २०७९ -
पत्रकारबारे दिएको अभिव्यक्ति सभामुखद्वारा फिर्ता
सोमवार, चैत्र ६, २०७९ -
अब ४ दिनभित्रै सरकारलाई पूर्णता दिन्छु :..
सोमवार, चैत्र ६, २०७९ -
चिनियाँ राष्ट्रपति सी जिनपिङ रुस भ्रमणमा
सोमवार, चैत्र ६, २०७९ -
फागुनमा मात्रै झण्डै ६२ हजारले लिए श्रम..
सोमवार, चैत्र ६, २०७९
-
स्थानीय सरकारकै कर्मचारी प्रमुख प्रशासकीय अधिकृत हुनुपर्ने..
मङ्लबार, फाल्गुन ३०, २०७९ -
टर्कीमा भूकम्पले क्षति पुगेका १० वटा अस्पताल..
शनिबार, फाल्गुन २७, २०७९ -
राष्ट्रपति भण्डारीको कार्यकाल आजबाट सकियो, निजी निवासमा..
आइतवार, फाल्गुन २८, २०७९ -
फेरि पनि शक्तिशाली कम्युनिस्ट केन्द्र बन्छौं :..
आइतवार, फाल्गुन २८, २०७९ -
पीएनजीविरुद्ध नेपालको सहज जित
सोमवार, फाल्गुन २९, २०७९