

-
पोखरा । राष्ट्रिय खेलकूद परिषद्का सदस्यसचिव रमेशकुमार सिलवालले नेपाललाई दक्षिण एशियाली राष्ट्रमा खेलकूदको ‘पावरहाउस’ का रूपमा स्थापित गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
उच्च शिक्षालय तथा माध्यमिक विद्यालय सङ्घ नेपाल (हिसान) कास्कीद्वारा आयोजित ‘१३औँ हिसान कास्की स्पोर्टस मिट–२०७६’ मा उहाँले मुलुक अहिले १४औँ सागको तयारीमा जुटिरहेको जानकारी दिनुभयो ।
हिसानका केन्द्रीय अध्यक्षसमेत रहनुभएका सदस्यसचिव सिलवालले अब खेलाडीलाई नियमित प्रशिक्षण गर्दै उनीहरुको सम्मान र आत्मबल बढाउनेतर्फ परिषद्ले ध्यान दिने बताउनुभयो ।
अब खेलकूदमार्फत नेपाल दक्षिण एशियाली राष्ट्रमा मात्रै नभई एशिया हुँदै ओलम्पिकमा समेत परिचित गराउने बताउँदै उहाँले पूर्वाधार विकाससँगै खेलकूदले गति लिने विश्वास व्यक्त गर्नुभयो ।
पोखरालाई गण्डकी प्रदेशकै खेलकूद ‘हब’का रूपमा विकास गर्न परिषद्ले आफ्नो तयारी थालेको बताउँदै सदस्यसचिव सिलवालले तीन महिनाभित्र पोखराको मुहार नै फेर्नेगरी २० हजार क्षमताको फुटबल रङ्गशाला तयार गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । तेह्रौँ सागलाई भव्यरूपमा सफल बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै राखेप सदस्यसचिव सिलवाललाई हिसान कास्कीले सम्मानपत्र र दोसल्लाले सम्मान गरेको थियो ।
हिसान स्पोर्टस मिटअन्तर्गत छात्रा भलिबल, छात्र–छात्रा टेबुलटेनिस र छात्रतर्फ बास्केटबल प्रतियोगिता शुरु भएको कार्यक्रम संयोजक बाबुराम पन्तले जानकारी दिनुभयो । विसं २०६४ देखि हरेक वर्ष कास्कीमा सञ्चालन हुँदै आएको हिसान कास्की स्पोर्टस् मिट २०७६ मा मावि तह छात्र भलिबलमा २९ टिम, छात्रा भलिबलमा १५ टिम, बास्केटबल मावि तह छात्रतर्फ ३३ टिम, छात्रातर्फ १७ टिम र विश्वविद्यालय बास्केटबलतर्फ छ टिमको सहभागिता रहेको छ ।
त्यसैगरी छात्र टेनिस मावि सिङ्गल्समा ७२, छात्रा सिङ्गल्समा ३८, छात्र डबल्समा ३४ टिम, छात्रा डबल्समा १३ टिमको सहभागिता रहेको छ । संस्थामा आबद्ध ६८ विद्यालयमध्ये ५३ विद्यालयले प्रतियोगितामा सहभागिता जनाएका छन् । रासस
News Desk 0 response बिहिबार, पुस १०, २०७६

सम्बन्धित शीर्षकहरु
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



