

-
भद्रपुर । च्याउ उत्पादक किसान सङ्घ नेपालले अनाधिकृत रुपमा भारतबाट आयत हुने कम गुणस्तरका च्याउको आयात बन्द गर्न, स्वदेशमै भइरहेका गुणस्तरीय च्याउ उत्पादन र बजारीकरणमा सहजीकरण गर्न सरकारसँग माग गर्दै आजदेखि मेची महाकाली यात्रा शुरु गरेको छ ।
आज बिहान पूर्वी नाका काँकडभिट्टाबाट राष्ट्रिय च्याउ जागरण अभियान २०७६ को उद्घाटन जिल्ला समन्वय समिति झापाका प्रमुख सोमनाथ पोर्तेलले गर्नुभयो । देशभरका ३५ हजार च्याउ किसान सङ्गठित भएको संस्थाले पहिलोपटक जागरण अभियान सञ्चालन गरेको सङ्घका अध्यक्ष प्रेमनारायण अधिकारीले बताउनुभयो ।
उहाँले यात्रामा मेचीदेखि महाकालीसम्मका २९ वटा स्थानमा च्याउ किसान, व्यवसायी, स्थानीय तहहरुसँग अन्तरक्रिया गर्दै उत्पादनमा आधारित अनुदानलाई प्रभावकारी बनाउन, बैंक तथा वित्तीय संस्थाबाट प्रदान गरिने सहुलियत दरको कर्जा सहजरुपमा उपलब्ध गराउन, च्याउ बीमा प्रभावकारी रुपमा लागू गराउन, पोष्ट हार्भेस्टसम्बन्धी उच्च ज्ञानको आदानप्रदान गर्नुका साथै किसानको समस्या पहिचान गरी समाधानको पहल गरिने बताउनुभयो ।
सरकारलाई राष्ट्रिय च्याउ केन्द्र स्थापनाका लागि नीति बनाउन दबाब सिर्जना गर्नका लागि यात्राकै क्रममा यही पुस १५ गते हेटौँडामा बृहत् -यालीसहित दबाबमूलक कार्यक्रम गरिने सङ्घका सहअध्यक्ष चित्रराज तिम्सिनाले बताउनुभयो । उहाँले २९ गते डडेलधुरा पुगेर यात्रा सकिने र पुनः काठमाडौँ नै पुगेर भव्य कार्यक्रम आयोजना गरी समापन गरिने बताउनुभयो ।
यात्रामा नेपाल सरकार कीट विकास केन्द्र हरिहरभवन ललितपुर, कृषक समूह महासङ्घ नेपाल, अष्टअभियान नेपाल र नेपाल कृषि उत्पादन तथा बजारीकरण सञ्जालको सहकार्य तथा एक्यबद्धता जनाएका छन् । यात्रामा देशभरका च्याउ किसान सहभागी रहेको अध्यक्ष अधिकारीको भनाइ छ । रासस
News Desk 0 response बुधबार, पुस ९, २०७६

सम्बन्धित शीर्षकहरु
वैदेशिक व्यापार २४ खर्ब ११ अर्ब रुपैयाँ नाघ्यो, आयातको हिस्सा झन्डै ८७ प्रतिशत
बिहिबार, साउन ७, २०८३-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
टप एन्ड टी–२० सिरिजमा नेपालको पहिलो जित
सोमवार, भदौ ८, २०८३ -
एमाले–नेकपा गठबन्धनलाई समर्थन गरेपछि उद्धव थापा कारबाहीमा
बिहिबार, भदौ ४, २०८३ -
सरकारको दबावमा काम गरेको भन्दै अख्तियार प्रमुख..
बिहिबार, भदौ ४, २०८३ -
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३



