

-
भद्रपुर । झापाको मेचीनगरमा बुधबारदेखि शुरु हुने तेस्रो अन्तरराष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ । हङकङ बजारको रुपमा बहुचर्चित धुलावारी बजारको बिजनेस पार्कमा सञ्चालन हुने महोत्सवमा नेपाल, भारत र बङ्गलादेशका २०० कक्ष रहने आयोजक संस्था मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले जानकारी दिनुभएको छ ।
निर्यातमूलक स्वदेशी कृषि वस्तुको व्यापारिक प्रवद्र्धनका लागि स्टलमा प्राथमिकता दिइएको महोत्सवमा सबै प्रकारका व्यापारिक र औद्योगिक उत्पादनको प्रदर्शनी हुने र पर्यटन प्रवद्र्धनका लागि समेत गतिविधि सञ्चालन गरिने अध्यक्ष तिम्सिना बताउनुहुन्छ ।
महोत्सवले निर्यातजन्य स्वदेशी कृषि वस्तुको व्यापार र नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु-याउने अपेक्षा राखिएको जनाउँदै मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले नगरको समृद्धिका लागि महोत्सव कोशेढुङ्गा बन्ने बताउनुभएको छ ।
पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा इलामको सन्दकपुर र जौबारीमा उत्पादित बहुमूल्य केशरको कक्षसमेत राखिने भएको छ । सन्दकपुर–५ जौबारीस्थित जौबारी मल्टिपरपोज एग्रिकल्चर एण्ड इन्भाइरोेमेन्ट सेन्टरले गत वर्षदेखि इलाममा व्यावसायिक केशर खेती गरिरहेको छ । केशरको प्रवद्र्धन र व्यावसायिक सम्भावनाको पहिचान गर्न अन्तरराष्ट्रिय महोत्सवमा केशरको छुट्टै प्रदर्शनीकक्ष राखिने संस्थाका अध्यक्ष वीरबहादुर कटुवालले जानकारी दिनुभयो । रासस
News Desk 0 response मङ्लबार, पुस ८, २०७६

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
पूर्वतयारीका काम सक्न सम्बद्ध निकायलाई अनुरोध
बुधबार, असार १०, २०८३ -
बयान फेरेको आरोपमा भ्रष्टाचार मुद्दा, ५० लाख..
बुधबार, असार १०, २०८३ -
डेङ्गी नियन्त्रण गर्न श्रीलङ्कामा सेना परिचालन
मङ्लबार, असार ९, २०८३ -
काठमाडौं उपत्यकासहित ११ जिल्लामा फैलियो बर्डफ्लु
मङ्लबार, असार ९, २०८३ -
राहदानी छपाइ प्रकरणः १८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
सोमवार, असार ८, २०८३
-
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
ई–पासपोर्ट प्रकरणमा देउवाका छोरा जयविर पनि तानिदै
मङ्लबार, असार २, २०८३ -
होल्डिङ सेन्टरमा रहेका सुकुम्वासीका लागि खाना व्यवस्थापनमा..
सोमवार, असार १, २०८३



