
-
भद्रपुर । झापाको मेचीनगरमा बुधबारदेखि शुरु हुने तेस्रो अन्तरराष्ट्रिय औद्योगिक, व्यापार तथा पर्यटन महोत्सवको तयारी पूरा भएको छ । हङकङ बजारको रुपमा बहुचर्चित धुलावारी बजारको बिजनेस पार्कमा सञ्चालन हुने महोत्सवमा नेपाल, भारत र बङ्गलादेशका २०० कक्ष रहने आयोजक संस्था मेची उद्योग वाणिज्य सङ्घका अध्यक्ष ऋषि तिम्सिनाले जानकारी दिनुभएको छ ।
निर्यातमूलक स्वदेशी कृषि वस्तुको व्यापारिक प्रवद्र्धनका लागि स्टलमा प्राथमिकता दिइएको महोत्सवमा सबै प्रकारका व्यापारिक र औद्योगिक उत्पादनको प्रदर्शनी हुने र पर्यटन प्रवद्र्धनका लागि समेत गतिविधि सञ्चालन गरिने अध्यक्ष तिम्सिना बताउनुहुन्छ ।
महोत्सवले निर्यातजन्य स्वदेशी कृषि वस्तुको व्यापार र नेपाल भ्रमण वर्ष २०२० को प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु-याउने अपेक्षा राखिएको जनाउँदै मेचीनगर नगरपालिकाका उपप्रमुख मीना उप्रेतीले नगरको समृद्धिका लागि महोत्सव कोशेढुङ्गा बन्ने बताउनुभएको छ ।
पुस १७ गतेसम्म सञ्चालन हुने महोत्सवमा इलामको सन्दकपुर र जौबारीमा उत्पादित बहुमूल्य केशरको कक्षसमेत राखिने भएको छ । सन्दकपुर–५ जौबारीस्थित जौबारी मल्टिपरपोज एग्रिकल्चर एण्ड इन्भाइरोेमेन्ट सेन्टरले गत वर्षदेखि इलाममा व्यावसायिक केशर खेती गरिरहेको छ । केशरको प्रवद्र्धन र व्यावसायिक सम्भावनाको पहिचान गर्न अन्तरराष्ट्रिय महोत्सवमा केशरको छुट्टै प्रदर्शनीकक्ष राखिने संस्थाका अध्यक्ष वीरबहादुर कटुवालले जानकारी दिनुभयो । रासस
News Desk 0 response मङ्लबार, पुस ८, २०७६


सम्बन्धित शीर्षकहरु

राष्ट्रपतिबाट संसदमा प्रस्तुत भएको नीति तथा कार्यक्रम यस्तो छ (पूर्ण पाठसहित )
मङ्लबार, जेष्ठ १०, २०७९
निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्न अनुमति दिनुपर्छ : मन्त्री बडू
आइतवार, जेष्ठ ८, २०७९-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
इरानमा व्यापारिक भवन भत्किँदा १९ जनाको ज्यान..
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९
-
बाजुराको बूढीगङ्गाबाहेक सबै पालिकाको नतिजा सार्वजनिक (नतिजा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
ओलीको दंभले गर्दा महानगरमा एमाले शून्य
शुक्रबार, जेष्ठ १३, २०७९ -
तिलोत्तमा नगरपालिकाको मेयरमा कांग्रेसका रामकृष्ण खाँण निर्वाचित
शुक्रबार, जेष्ठ १३, २०७९ -
काठमाण्डौ महानगरपालिकाको मेयरमा बालेन्द्र साह र उपमेयरमा..
शुक्रबार, जेष्ठ १३, २०७९ -
बाजुराको बूढीगङ्गामा फेरि मतदान हुने
बिहिबार, जेष्ठ १२, २०७९
-
गोकर्णेश्वरको नगर प्रमुख कांग्रेस र उपप्रमुखमा एमालेको..
बुधबार, जेष्ठ ४, २०७९ -
माध्यामिक तहको शिक्षकको खुला प्रतिस्पर्धामा ८८ प्रतिशत..
सोमवार, जेष्ठ ९, २०७९ -
दुई दिन बिदा हुँदा पढाईमा समय नपुग्ने
आइतवार, जेष्ठ ८, २०७९ -
प्रतिनिधिसभा नियम निलम्बन प्रस्ताव स्वीकृत
मङ्लबार, जेष्ठ ३, २०७९ -
अध्यक्षमा निर्वाचित उपाध्यायको शपथ रोक्न निर्देशन
शुक्रबार, जेष्ठ ६, २०७९