

-
लमजुङ । अलैँचीको ‘हब’ बन्दै गरेको पहाडी जिल्ला लमजुङमा कृषकहरुले अलैँची दाना बिक्रीबाट गत वर्षभन्दा यस वर्ष झण्डै दोब्बर आम्दानी गरेका छन् । जिल्लामा उत्पादित दुई हजार क्विन्टल अलैँची बिक्रीबाट कृषकले मनग्ये आम्दानी गरेका हुन् ।
गत वर्षभदा यस वर्ष रु चार करोड पाँच लाख बढी आम्दानी जिल्लाका कृषकले गरेका छन् । गत वर्ष उत्पादित ७५० क्विन्टल बिक्रीबाट कृषहरुले रु पाँच करोड २५ लाख आम्दानी गरेका थिए । यहाँका कृषकले रु १३ करोडसम्म आम्दानी लिएका थिए । त्यस्तै आर्थिक वर्ष २०७३÷७४ मा उत्पादित ६०० क्विन्टल बिक्रीबाट रु चार करोड ४८ लाख आम्दानी भएको थियो ।
जिल्लामा यस वर्ष सबैभन्दा बढी अलैँची उत्पादन गरेका दोर्दी गाउँपालिका–८ खिम्चोकका कृषक मनबहादुर तामाङले आठ क्विन्टल अलैँची उत्पादन गर्नुभयो । केही वर्षअघि अलैँची व्यवसायमा हौसिएका कृषकले विस्तारै राम्रो आम्दानी गर्न नसकेपछि निराश बन्दै गएका बेला यस वर्ष राम्रो आम्दानी भएपछि केही आशा जागेको उहाँले बताउनुभयो ।उत्पादन बढ्दा आम्दानीसमेत वृद्धि भएको नेपाल अलैँची व्यवसायी महासङ्घ गण्डकी प्रदेश संयोजक अध्यक्ष अजय तामाङले जानकारी दिनुभयो । जिल्लाका किसानले कुनै बेला प्रतिकिलो रु दुई हजार २०० सम्म अलैँची दाना बिक्री गरेका थिए । तर त्यसयता सो रकमको आधा मूल्यसमेत पाउन सकेका छैनन् । यस वर्ष प्रतिकिलो रु ६०० का दरले अलैँची बिक्री गरेका छन् । अलैँची कृषकले कम्तीमा पनि प्रतिकिलो रु एक हजार हुनुपर्ने माग गर्दै आए पनि उक्त मूल्यमै अलैँची बिक्री गर्न बाध्य हुँदै आएका छन् ।
उहाँले जिल्लामा ७०० मिटरदेखि एक हजार २०० मिटर उचाइमा साउन्ने, जिर्मले र डम्बरशाही र एक हजार २०० मिटरदेखि एक हजार ६०० मिटर उचाइमा गोलशाही र एक हजार ६०० देखि दुई हजार २०० मिटर उचाइमा रामशाही र भलाङे जातका अलैँची बिरुवा लगाउँदै आएको जानकारी दिनुभयो ।
जिल्लामा एक हजार ५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची खेती गरिँदै आए पनि ६५० हेक्टर क्षेत्रफल जमीनमा अलैँची उत्पादन हुँदै आएको छ । जिल्लामा एक नगरपालिका र चार गाउँपालिकालाई अलैँची जोन क्षेत्रसमेत घोषणा गरिएको छ । बेँसीशहर नगरपालिका, दोर्दी गाउँपालिका, क्व्होलासोथर गाउँपालिका, मस्र्याङ्दी गाउँपालिका र दूधपोखरी गाउँपालिका अलैँची जोन क्षेत्र रहेका छन् ।
जिल्लामा उत्पादित अलैँची दानाको माग उच्च रहँदै आएको छ । कृषकहरु मागअनुसार अलैँची दानाको मूल्य नपाएको कृषक बताउँछन् । “तेस्रो मुलुकमा अलैँची निकासी गर्न सक्दैनाँै तबसम्म कृषकले भनेको जति मूल्यमा बिक्री गर्न सक्दैनौँ । ” अलैँची जिल्ला शाखा लमजुङका अध्यक्ष समेत रहनुभएका तामाङले भन्नुभयो । उहाँले भन्नुभयो, “हामी तेस्रो मुलुकमा जिल्लामा उत्पादित अलैँची निकासी गर्ने प्रयासमा छौँ ।”
गत वर्ष अलैँची कृषकलाई प्रोत्साहन गर्नका लागि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत ३४ कृषकलाई अलैँची भट्टी वितरण गरिएको थियो । रासस
News Desk 0 response मङ्लबार, पुस ८, २०७६

सम्बन्धित शीर्षकहरु
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३
-
नेपालका लागि भारतका राजदूत फेरिए, सुधाकर दलेला..
शुक्रबार, अशोज ३०, २०८३ -
प्रहरी कार्यालय बाँकेका प्रमुख अंगुर जीसीले..
शुक्रबार, अशोज ३०, २०८३ -
रुकुम पश्चिमका दीपक पुनले अर्काको नाममा अख्तियारमा..
बिहिबार, अशोज २९, २०८३ -
दशैंको विदा मनाउने उत्कृष्ठ गन्तब्य तनहुँको झाँगाझोली
बिहिबार, अशोज २९, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
नवराज थपलियाको स्पष्टीकरण : ‘आरोपको निष्कर्षमा पुग्नुअघि..
शुक्रबार, अशोज २३, २०८३ -
दशैँको मुखमा अरनिको यातायातको सेवा अस्तव्यस्त, यात्रु..
बिहिबार, अशोज २९, २०८३ -
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि
मङ्लबार, अशोज २७, २०८३


