

-
काठमाडौँ । कास्कीको पर्यटकीय नगरी पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा धनगढी एक्सपर्ट र पोखरा राइनोज प्रतियोगिताबाट बाहिरिएको छ । पोखराले पाँच खेलमा एउटामा मात्र जित हात पा¥यो । अङ्क तालिकाको पुछारमा रह्यो । धनगढीले दुई खेलमा जित निकाले पनि अङ्क तालिकाको चौथो स्थानमा रहेसँगै प्रतियोगिताबाटै बाहिरिएको हो ।
पहिलो स्थानमा रहेको चितवन राइनोज र तेस्रो स्थानमा रहेको काठमाडौँ गोल्डेन्सले आज लिग चरणको आफ्नो अन्तिम खेल खेल्दैछन् । चितवन अहिलेसम्म अपराजित रहेको छ । आठ अङ्कसहित ऊ शीर्षस्थानमा छ । पारस खड्का नेतृत्वको चितवनको ध्यान फाइनल खेल्नेमा मात्र छ । ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको काठमाडौँ विजयी भए उसको प्लेअफमा पुग्ने सम्भावना जीवितै रहनेछ । पराजित भयो भने विराटनगर र बुटवलबीचको खेलको नतिजा कुर्नुपर्ने छ । प्रतियोगिताको शीर्षटोलीले उपाधि जित्नका लागि शनिबार खेल्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि बिहीबार इलिमिनेटर खेल खेल्नेछ ।
पोखरा प्रिमियर लिगको उपाधि विजेता टालीले रु २७ लाख पुरस्कार पाउनेछ । उपविजेताले रु १० लाख प्राप्त गर्नेछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा शुरु भएको प्रतियोगिता पुस १२ गते सकिनेछ । प्रतियोगितमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन्स वारीयर्स र धनगढी एक्सपर्ट खेलिरहेका छन् । प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउनेछन् । यस्तै मोस्ट भ्यालुएवल खेलाडीले रु एक लाख तथा उदीयमान खेलाडीले रु ५० हजार पुरस्कार पाउनेछन् । रासस
News Desk 0 response मङ्लबार, पुस ८, २०७६


सम्बन्धित शीर्षकहरु

युरोकप छनोट : रोनाल्डोको कीर्तिमानमा पोर्चुगल तथा केनको कीर्तिमानमा इङ्ल्यान्डको जित
शुक्रबार, चैत्र १०, २०७९-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
एपीएफ क्लब ललितपुर मेयर्स कप महिला टी–२०..
शनिबार, चैत्र ११, २०७९ -
माओवादीको पदाधिकारी बैठक पेरिसडाँडामा सुरु
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९
-
सुपर मादी हाइड्रोपावरको विद्युत् राष्ट्रिय प्रसारण लाइनमा..
शनिबार, चैत्र ११, २०७९ -
समाजका हरेक क्षेत्रमा महिला सहभागिता आवश्यक :..
शनिबार, चैत्र ११, २०७९ -
धनुषामा दुईवटा ट्रक ठोक्किँदा तीन जनाको ज्यान..
शनिबार, चैत्र ११, २०७९ -
पर्यटकीय तथा धार्मिकस्थल खप्तड घुम्न ‘हेली टुर’
शनिबार, चैत्र ११, २०७९ -
नदी किनारमा बनेका अनधिकृत संरचना सात दिनभित्र..
शनिबार, चैत्र ११, २०७९
-
सिंगापुरको छाङ्गी एयरपोर्ट विश्वकै उत्कृष्ट
शुक्रबार, चैत्र ३, २०७९ -
स्थानीय सरकारसँग सहकार्य गर्दै काठमाडौँ विश्वविद्यालय
मङ्लबार, चैत्र ७, २०७९ -
नेपाल विश्व कप छनोटमा पुग्न यूएईसँगको खेल..
बिहिबार, चैत्र २, २०७९ -
रासायनिक मलको रित्तो गोदाममा सरकारी टोलीको अनुगमन
शनिबार, चैत्र ४, २०७९ -
उपराष्ट्रपतिको निर्वाचनको मतगणना सुरु
शुक्रबार, चैत्र ३, २०७९