
-
काठमाडौँ । नेपालका जेसिका गुरुङ र रशिला महर्जनको जोडीले बङ्गलादेशको राजधानी ढाकामा भएको ‘बङ्गलादेश जुनियर इन्टरनेशनल सिरिज ब्याडमिन्टन प्रतियोगिता’मा रजत पदक प्राप्त गरेको छ । ढाकास्थित शहीद ताजुद्धिन अहमद रङ्गशालामा आइतबार सम्पन्न अन्तिम स्पर्धामा जेसिका र रशिलाको जोडी मलेसियाको खेलाडीसँग पराजित भएको थियो ।
सो जोडी मलेसियाका चेङ सु यिन र चेङ सु हुईसित २१–८ र २१–७ अङ्कले पराजित भएको प्रशिक्षक किरण थापाले जानकारी दिनुभयो । यसअघि जेसिका र रशिलाको जोडीले सेमिफाइनलमा बङ्गलादेशका खेलाडीलाई हराएको थियो । सो ब्याडमिन्टन प्रतियोगिता खेल्न नेपाली टोली गत मङ्सिर २९ गते बङ्गलादेशतर्फ प्रस्थान गरेको थियो ।
बङ्गलादेश जुनियर इन्टरनेशनल सिरिजमा जेसिका र रशिलासँगै प्रिन्स दाहाल र देवराज रानाले सहभागिता जनाउनुभएको थियो । नेपाली खेलाडीले पुरुष र महिला एकल तथा युगल र मिक्स युगल विधामा स्पर्धा गर्नुभएको थियो । उक्त प्रतियोगितामा बङ्गलादेश, नेपाल, भारत, मलेसिया, थाइल्याण्डलगायत देशका खेलाडी सहभागी थिए । रासस
News Desk 0 response सोमवार, पुस ७, २०७६


सम्बन्धित शीर्षकहरु
-
भरतपुरमा रेनु दाहालको मतान्तर बढ्यो, २२०५ मतको..
बुधबार, जेष्ठ ४, २०७९ -
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
पूर्व अध्यक्ष थापालाई फिफाको चेतावनी
बुधबार, जेष्ठ ४, २०७९ -
ड्रग्स तस्करीका लागि मेक्सिको–अमेरिका सिमानामा रेल चल्ने..
बुधबार, जेष्ठ ४, २०७९ -
श्रीलङ्कालाई विश्व बैंकको १६ करोड डलर सहयोग,..
बुधबार, जेष्ठ ४, २०७९
-
बालेन शाहलाई ८ हजार ७८३ मतको अग्रता
बुधबार, जेष्ठ ४, २०७९ -
स्वास्थ्यकर्मीलाई कुटपिट गरे तीन वर्ष कैद वा..
बुधबार, जेष्ठ ४, २०७९ -
‘बजेटको प्राथमिकता कृषिको आधुनिकीकरण र यान्त्रीकरणमा हुनुपर्छ’
बुधबार, जेष्ठ ४, २०७९ -
पाँच दिनभित्र मतगणना कार्य सम्पन्न गर्न–गराउन आयोगको..
बुधबार, जेष्ठ ४, २०७९ -
गृहमन्त्री खाणसँग चिनियाँ राजदूत यान्छीको शिष्टाचार भेटघाट
बुधबार, जेष्ठ ४, २०७९
-
भोटेकोशीमा माओवादी जगाउने राजकुमार माओवादीकै कारण..
सोमवार, जेष्ठ २, २०७९ -
श्रीलङ्काका प्रधानमन्त्रीद्वारा राजीनामा
सोमवार, बैशाख २६, २०७९ -
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
बिहिबार, बैशाख २९, २०७९ -
इलाममा गाडी भित्रै १७ वर्षीया किशोरी बलात्कृत
सोमवार, बैशाख २६, २०७९ -
उम्मेदवार मृत्युपछि तुलसीपुरमा आज मनोनयन दर्ता, जेठ..
बुधबार, बैशाख २८, २०७९