

-
काठमाडौँ । कास्कीको पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा चितवन राइनोज बलियो स्थितिमा उक्लेको छ । लिग चरणका चार खेल सकिँदासम्म चितवन अपराजित यात्रामा रहेको छ । एक खेल खेल्नु अगाडि नै चितवन प्ले अफमा पुगेको छ । चितवनले अब्बल खेल प्रदर्शन गर्दै आठ अङ्कसहित शीर्ष स्थान कायम गरेको छ । प्रतियोगितामा सहभागी छवटै टोलीले अब एक एक खेल खेल्न बाँकी छ ।
यस्तै बुटवल ब्लास्टर्स चार खेलमा तीनमा जीत निकाल्दै छ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । काठमाडौँ गोल्डेन्स वारियर्स दुई खेलमा जीत तथा दुई खेलमा हार ब्यहोर्दै अङ्क तालिकाको तेस्रो स्थानमा छ ।
यस्तै विराटनगर टाइटन, पोखरा पल्टन र धनगढी एक्सपर्ट क्रमशः चौथो, पाँचौँ र छैटौँ स्थान कायम गरेकाछन् । तीनै टोलीले एक खेलमा जित तथा तीन खेलमा हार ब्यहोरेका छन् । शीर्ष स्थानमा रहेको चितवनले मङ्गलबार लिग चरणको अन्तिम खेल काठमाडौँ गोल्डेन्ससित खेल्नेछ । उक्त खेलमा हार जीत जे भए पनि चितवन फाइनल पुग्नेछ ।दोस्रो स्थानमा रहेको बुटवलले बुधबार विराटनगर टाइटन्ससँग खेल्ने छ । बुटवलले उक्त खेल जिते फाइनल यात्रा सुरक्षित रहनेछ । पराजित भएमा अरु टोलीको नतिजामा भर पर्नुपर्नेछ । काठमाडौँले अन्तिम खेलमा चितवनलाई हराउनैपर्ने स्थिति छ । काठमाडौँले जित हासिल गरे विराटनगर र पोखराको यात्रा समाप्त हुनेछ । चौथो स्थानमा रहेको विराटनगरले अन्तिम खेलमा बुटवललाई हराए पनि प्ले अफको यात्रा सहज देखिँदैन ।
पाँचाँै स्थानमा रहेको पोखरा पल्टनले आज अन्तिम स्थानमा रहेको धनगढीसँग खेल्दैछ । धनगढी प्रतियोगिताबाट बाहिरिएको छ भने पोखराको पनि प्ले अफमा पुग्ने सम्भावना न्यून छ । मङ्गलबार चितवन र काठमाडौँबीच तथा बुधबार बुटवल र विराटनगरबीच लिग चरणको अन्तिम खेल हुनेछ । प्रतियोगिताको फाइनल खेल शनिबार तय गरिएको छ ।दश दिनअघि शुरु भएको पोखरा प्रिमियर लिगको उपाधि विजेता टालीले रु २७ लाख पुरस्कार हात पार्नेछन् । उपविजेताले रु १० लाख प्राप्त गर्नेछन्। क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा शुरु भएको प्रतियोगिता पुस १२ गते सकिनेछ । प्रतियोगितमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन्स वारीयर्स र धनगढी एक्सपर्ट खेलिरहेका छन् । प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउने छन् । यस्तै मोस्ट भ्यालुएबल खेलाडीले रु एक लाख तथा उदियमान खेलाडीले रु ५० हजार पुरस्कार पाउने छन् । रासस
News Desk 0 response सोमवार, पुस ७, २०७६

सम्बन्धित शीर्षकहरु
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालतको अन्तरिम..
बुधबार, भदौ ३, २०८३ -
शिक्षक र विद्यालय कर्मचारीको पारिश्रमिक अनुदान वृद्धि..
बुधबार, भदौ ३, २०८३ -
४ महिनामा ११ हजार कर्मचारीलाई कारबाही
बुधबार, भदौ ३, २०८३ -
त्रिवि प्रश्नपत्र ‘आउट’ प्रकरण : शिक्षक र..
मङ्लबार, भदौ २, २०८३ -
३५० रुपैयाँको सामान किने, १० लाखको बम्पर..
सोमवार, भदौ १, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



