

-
चौतारा । पैँतालिस मेगावाट क्षमताको माथिल्लो भोटेकोशी जलविद्युत् आयोजनाबाट आजदेखि व्यापारिक उत्पादन शुरु भएको छ । दुई साताको परीक्षण प्रसारणपछि लामोसाँघुको सवस्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा आबद्ध गरी व्यापारिक उत्पादन सुरु भएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विक्रम स्थापितले बताउनुभयो ।
विसं २०७२ को भूकम्प र बाढीपहिरोलगायत पटकपटकको प्राकृतिक प्रकोपका कारण आयोजना पाँच वर्षसम्म बन्द रहेको थियो । निजी क्षेत्रबाट सञ्चालित उक्त आयोजनाको दुवै युनिट सञ्चालनमा ल्याइए पनि हाल नदीमा पानी बहाव कम भएकाले दैनिक सरदर २२ देखि २५ मेगावाट मात्र विद्युत् उत्पादन भएको आयोजनाले जनाएको छ ।
सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिकाअन्तर्गत फुल्पीङकट्टीको झिर्पुमा विद्युत् गृह रहेको आयोजनाको पुनःनिर्माणका लागि यही पुसको दोस्रो सातामा सम्पन्न गर्ने गरी २०७४ सालमा चिनियाँ कम्पनी सिनो हाइड्रो ११ ब्युरोलाई रु सात अर्बमा ठेक्का दिइएको थियो । रासस
News Desk 0 response आइतवार, पुस ६, २०७६


सम्बन्धित शीर्षकहरु
-
टर्की भूकम्प : अहिलेसम्म ४३ सय जनाको..
मङ्लबार, माघ २४, २०७९ -
जुम्लामा आगलागी, १४ वर्षीया बालिकाको मृत्यु
मङ्लबार, माघ २४, २०७९ -
फागुन पहिलो हप्ता कोरोनाविरुद्धको बुस्टर खोप ल्याइने
मङ्लबार, माघ २४, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदलीको संभावना
मङ्लबार, माघ २४, २०७९ -
टर्की भूकम्प : मृत्यु हुनेको संख्या ३..
मङ्लबार, माघ २४, २०७९
-
टर्की भूकम्प : अहिलेसम्म ४३ सय जनाको..
मङ्लबार, माघ २४, २०७९ -
जुम्लामा आगलागी, १४ वर्षीया बालिकाको मृत्यु
मङ्लबार, माघ २४, २०७९ -
फागुन पहिलो हप्ता कोरोनाविरुद्धको बुस्टर खोप ल्याइने
मङ्लबार, माघ २४, २०७९ -
आजको मौसम आंशिकदेखि सामान्य बदलीको संभावना
मङ्लबार, माघ २४, २०७९ -
टर्की भूकम्प : मृत्यु हुनेको संख्या ३..
मङ्लबार, माघ २४, २०७९
-
आज शहीद दिवस : विभिन्न कार्यक्रम गरी..
सोमवार, माघ १६, २०७९ -
अरुण तेस्रोको सुरुङ ‘ब्लास्टिङ’ गर्ने क्रममा एक..
मङ्लबार, माघ १७, २०७९ -
आत्मनिर्भर लघुवित्तको आइपिओ खुला
सोमवार, माघ १६, २०७९ -
त्रिशूली अस्पतालमा जनआन्दोलनका घाइतेको नि:शुल्क उपचार
मङ्लबार, माघ १७, २०७९ -
विमानस्थल सञ्चालनमा पुगेन निजी क्षेत्रको पहल
मङ्लबार, माघ १७, २०७९