

-
रुपन्देही । लाफा समूहको आयोजनामा प्रदेश नं ५ को सर्वाधिक धनराशिको ब्याडमिन्टन प्रतियोगिता बुटवलमा शुरु भएको छ । प्रतियोगितामा खुलातर्फ ८० र भेट्रानतर्फ ३२ टोलीको सहभागिता छ । खुलातर्फ उपाधि विजेता टोलीले नगद रु ५१ हजार १११, दोस्रो टोलीले नगद रु ४१ हजार १११ तथा तेस्रो टोलीले नगद रु ३१ हजार १११ नगदसहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्नेछन् ।
यसैगरी भेट्रान्सतर्फ उपाधि विजेता टोलीले नगद रु २१ हजार १११, द्वितीय टोलीले नगद रु १५ हजार १११ तथा तृतीय टोलीले नगद रु १० हजार १११ कप, मेडल तथा प्रमाणपत्रबाट पुरस्कृत गरिने क्लबका अध्यक्ष तारासिंह रेश्मीले बताउनुभयो ।
प्रतियोगिताको शनिबार उद्घाटन गर्दै प्रदेश नं ५ का सामाजिक विकासमन्त्री सुर्दशन बरालले खेलकूदको पूर्वाधार विकासमा प्रदेश प्राथमिकता दिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो “स्थानीय तहबाट जग्गा प्राप्त गर्न सके आवश्यक खेल पूर्वाधारका लागि प्रदेश सरकारले सहयोग गर्ने छ ।”
कार्यक्रममा ओलम्पिक सदस्य कुमार केसी, जिल्ला भलिबल सङ्घ रुपन्देहीका अध्यक्ष योग गुरुङ, नगर खेलकूद विकास समितिका संयोजक नन्दु काउचालगायतले प्रदेश सरकारले खेलक्षेत्रको विकासमा ध्यान दिनुपर्ने बताउनुभयो । रासस
News Desk 0 response आइतवार, पुस ६, २०७६

सम्बन्धित शीर्षकहरु
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
भेटेरिनरी अस्पताल भवन निर्माणमा भ्रष्टाचार, कार्यालय प्रमुखसहित..
बिहिबार, जेष्ठ २८, २०८३ -
मनसुनी बायु नेपालको सीमा सम्म आइपुग्यो
बिहिबार, जेष्ठ २८, २०८३ -
बजेट संविधान विपरीत छैन : अर्थमन्त्री वाग्ले
बिहिबार, जेष्ठ २८, २०८३
-
सचिव पुष्करमाथि सम्पत्ति शुद्धीकरणको छानबिन
मङ्लबार, जेष्ठ २६, २०८३ -
आइतबारको बिदा खारेज गर्न लागिएको होइन :..
आइतवार, जेष्ठ २४, २०८३ -
यस्तो बन्यो बालेन नेतृत्वको १७ सदस्यीय मन्त्रिपरिषद्
मङ्लबार, जेष्ठ २६, २०८३ -
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
नेपालमा मात्र पाइने दुर्लभ चरा काँडे भ्याकुर..
आइतवार, जेष्ठ २४, २०८३



